यी हुन् ४ लाख भन्दा माथि कोरोना संक्रमित रहेका विश्वका १४ देश (सूचीसहित)

काठमाडौं । बेलायतसहित १४ देशहरुमा ४ लाखभन्दा बढी कोरोना संक्रमित रहेको एक तथ्यांकले देखाएको छ । वर्ल्डोमिटर्सका अनुसार बेलायतमा हालसम्म ४ लाख ६० हजारको हाराहारीमा संक्रमित रहेका छन् भने सर्वाधिक कारोना संक्रमित रहेको अमेरिका पहिलो स्थानमा रहेको छ ।

हालसम्म अमेरिकामा ७४ लाख ६१ हजार, भारतमा ६३ लाख ६८ हजार, ब्राजिलमा ४८ लाख २० हजार, रसियामा ११ लाख ८५ हजार, कोलोम्बियामा ८ लाख २९ हजार, पेरुमा ८ लाख १४ हजार संक्रमित रहेका छन् ।


Advertisement

यसैगरी स्पेनमा ७ लाख ७८ हजार, अर्जेन्टीनामा ७ लाख ५१ हजार, मेक्सिकोमा ७ लाख ४३ हजार, साउथ अफ्रिकामा ६ लाख ७४ हजार, फ्रान्समा ५ लाख ६३ हजार, चिलीमा ४ लाख ६२ हजार र इरानमा ६ लाख ६१ हजार संक्रमित रहेका छन् । यी देशबाहेक अन्य देशमा ४ लाख बढी संक्रमित रहेका छैनन् भने हाल विश्वभर संक्रमितको कुल संख्या ३ करोड ४३ लाख २१ हजार नाघेको छ।  


Advertisement

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्