प्रधानसेनापतिद्वारा श्रेष्ठलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

हालै उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले आज जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । 
पदोन्नति भएका प्राविधिक उपरथी श्रेष्ठलाई     इन्जिनियरिङ विभागको विभागीय प्रमुखको जिम्मेवारी दिइएको छ ।
दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो । श्रेष्ठलाई आश्विन १२ गतेको मन्त्रीपरिषद् बैठकले बढुवाको निर्णय गरेको थियो ।

 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्