भदौ ३, २०७९
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति छ । यस अवसरमा पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिर, राजधानीको...
पहिलेको जमानामा माटोको भाँडोमा खाना पकाइन्थ्यो तर आजकल जमाना बदलिँदै जाँदा मानिसहरू नयाँ भाँडाकुँडामा खाना पकाउन थालेका छन् ।
खाना पकाउनका लागि पीतल, काँस, चाँदी, फलाम, आलुमिनियम, स्टील र ननस्टिक कूकवेयरको उपयोग हुन्छ । यी सबै भाँडामा खाना पकाउनुका आआफ्नै फाइदा र नोक्सानी छन् तर आलुमिनियममा खाना पकाएर खानु चाहिँ स्वास्थ्यमा खेलवाड गर्नु नै हो ।
तर अचम्मको कुरा चाहिँ आलुमिनियम नै आजभोलि भान्सामा अत्यधिक उपयोग हुन्छ । यो दुई कारणले हुन्छ : पहिलो, यसमा खाना छिट्टो पाक्छ र दोस्रो, यो अरू भाँडोभन्दा सस्तो हुन्छ । तर सस्तो खोज्ने नाममा स्वास्थ्यसँग सम्झौता गर्नु ठीक होला त ?
आलुमिनियमको भाँडोमा पकाएको खानाको स्वाद र रंग दुवै बदलिन्छ किनकि चारदेखि पाँच मिलिग्राम आलुमिनियमको मात्रा प्रत्येक दिन हाम्रो भोजनमा पर्छ र त्यसले भोजनको प्राकृतिक पोषणलाई नष्ट गर्छ ।
अझ महत्त्वपूर्ण त, यो धातुलाई हाम्रो शरीरले निकाल्न पनि सक्दैन र अलि अलि गर्र्दै हाम्रो शरीरमा जम्मा हुन थाल्छ । यसले स्लो पोइजनको काम गर्छ ।
आलुमिनियम बक्साइटबाट बन्छ । शरीरका अन्य विषाक्त पदार्थ मलमूत्रद्वारा शरीरबाट निस्केपनि आलुमिनियमको कण चाहिँ शरीरबाट निस्कँदैन । यो त पेटमा जम्मा भएर शरीरको कार्यप्रणालीलाई बिगार्न थाल्छ ।
लामो समयसम्म यस्तो भाँडोमा खाना खाँदा यो धातु कलेजो र नर्भस सिस्टममा पस्छ र अनेकौं रोगको कारण बन्छ । दम, पेटको रोग, अल्झाइमर्स, बाथ, मानसिक रोग, क्षयरोग र हाडको रोग पनि यसले गराउँछ ।
यसले मिर्गौला र मस्तिष्कका कोशिकाहरूमा क्षति पु–याउँछ ।
आलुमिनियम नून र एसिडको सम्पर्कमा आउनेबित्तिकै पग्लिन थाल्छ र यसको कण खानेकुरामा सजिलै मिसिन्छ ।
भोजनमा भएको आइरन र क्याल्सियमलाई आलुमिनियमले सजिलै सोसिदिन्छ । यसले गर्दा हाड कमजोर हुन्छ ।
बच्चाहरूलाई यसले अत्यधिक असर गर्छ । अनुसन्धानले देखाएअनुसार, आलुमिनियमले बालबालिकाको मानसिक विकासलाई रोकिदिन्छ । उनीहरू मानसिक रूपमा थाक्छन् र खेल्न तथा अरू काम गर्न उनीहरूलाई मन लाग्दैन ।
आलुमिनियमभन्दा फलामको भाँडो ठीक हुन्छ । यसमा खाना पकाउँदा भरपूर आइरन पाइन्छ । तर फलामको भाँडोमा पकाउँदा अमिलो प्रयोग नगर्नुहोला । स्टेनलेस स्टील पनि सुरक्षित भाँडोमा पर्छ ।
आफू र आफ्नो परिवारको स्वास्थ्यका लागि आजैबाट आलुमिनियमको भाँडो त्यागिहाल्नुस् ।
एजेन्सी
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति छ । यस अवसरमा पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिर, राजधानीको...
जिल्ला प्रशासन कार्यालय कैलालीले नजिकिँदै गरेको महिलाहरूको महान् चाड हरितालिका तीज कार्यक्रम खर्चिलो तथा भड्किलो रूपमा नगर्न आग्रह गरेको छ । विगत केही वर्षयता हरितालिका तीज पर्व मनाउने नाममा विभिन्न तड...
मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलमा ८८ वर्षपछि यस वर्ष प्रदर्शनमा आएको प्राचीन महाकाली नाच सम्पन्न भएको छ । गाईजात्राको भोलिपल्ट अर्थात भाद्र द्वितीयाको साँझ ६ बजेदेखि राति १ बजेसम्म दैनिक सञ्चालन हुँदै आएको ...
काठमाडौं — धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दि...
पछिल्लो २४ घण्टामा मुलुकभर ६२३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार ९४५ नमूना परीक्षण गर्दा ६२३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १ हज...
संसारमा लगभग ६० करोड मानिस नङ टोक्ने गर्छन् । मनोवैज्ञानिकहरूका अनुसार, मानिसहरू चिन्तित वा बोर हुँदा अनायासै नङलाई दाँतमुनि पार्छन् । यो एक प्रवृत्ति मात्र हो । नङ चपाउनु गलत भएको भनी बच्चाहरूलाई...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...