×

NMB BANK
NIC ASIA

गीतसंगीतमा जमेका संघर्षशील ‘बागलुङे ठिटो’ अर्पणको प्रेरक कहानी

असोज १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel


केटा :
सागरको पानी नुनिलो, कुवाको पानी धमिलो
मायाको स्वाद थाहा छैन गुलियो छ कि अमिलो ।।
पटुकी पोकोमा के होला ?
चाखम् न मायालु जे होला ।” 

Muktinath Bank

केटी :
मूलको पानी सम्झिएँ, उकाली बाटो आएसी
पिरती भन्नु के रैछ, थाहा होला पक्कै लाएसी
पटुकी पोकोमा जे होला
चाखेर हेर न के होला ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

... ... 


Advertisment
Nabil box
Kumari

मायाप्रीतिको अन्तर्घुलन बोकेको यो गीतको सफलताले उनको चिनारी ह्वात्तै माथि उठायो । नेपाली गीतसंगीतमा उनी स्थापित हुन सके । गीतको सफलतासँगै एउटा खुड्किलो माथि चढे ।

Vianet communication
Laxmi Bank

गायक, संगीतकार, रचनाकार, मोडल, संगीत प्रशिक्षकको चिनारी बनाइसकेका उनै अर्पणराज गिरी भन्छन्, ‘कैयौं खुड्किला चढ्न बाँकी छ ।’

प्रल्हाद सुवेदीको शब्द, एकनारायण भण्डारीको संगीतमा अर्पणले ४ वर्षअघि पूर्णकला बिसीको साथ लिएर स्वर भरेका हुन् । माया गुरुङ र आफ्नो फिचर्ड रहेको गीतको भिडियो पनि खुबै चल्यो । गीत सबैको ओठओठमा झुन्डियो ।

अत्याधिक रुचाइएको यहीँ गीत २०७२ सालमा विन्ध्यावासिनी म्यूजिक अवार्डका ३ विधा (शब्द, लय र नवगायक) मनोनयनमा पर्‍यो र उत्कृष्ट शब्दले अवार्ड नै जित्यो । त्यसयता भने अर्पणलाई पछाडि फर्केर हेर्नुपरेको छैन । एकपछि अर्को काम हातमा परे । 

सांगीतिक कार्यक्रमका लागि देशका विभिन्न भागमा व्यस्त हुन थाले उनी । मेला महोत्सवमा जिल्ला–जिल्ला घुमे । गृहजिल्ला बागलुङकै कार्यक्रममा उनी १२ पटक प्रस्तुति दिइसके । एक दर्जन बढी गीत पस्किसकेका उनलाई लोकगीत ‘हातको सिरानी ..’, ‘मीठो पिरती...’ले पनि थप चिनायो । सांगीतिक आकाशमा १० वर्ष बिताइसकेका उनी यहाँसम्म आइपुग्न निकै संघर्ष गरे । उनको दुःखको कहानी र संघर्षको कथा लामो छ ।

बागलुङबाट पोखरा

अर्पणको जन्म बागलुङको जैदीमा २०४९ सालमा भएको हो । बुवा जगन्नाथ र आमा सुमित्राका ६ सन्तानमध्ये उनी सबैभन्दा कान्छा हुन् । ३ दाजु र २ दिदी छन् । गाउँमा हुने विभिन्न पूजाआजा, विवाह, ब्रतबन्ध अवसरमा हुने भजनकीर्तन लगायत कार्यक्रममा नियमितजसो भाग लिन थाले । घरबाट घण्टौं हिडेर टाढाटाढासम्म पनि गाउन जान्थे उनी ।

स्कूल पढ्दा नै उनमा सांगीतिक भोक जागेको रहेछ । ८ कक्षा पढ्दाताका मात्र पहिलो पटक माइक समाते उनले । विष्णु खत्रीको ‘सम्झेर यो मन रोको छ ...’ गीत गाउँदा उनको समर्थनमा लामो समयसम्म तालीको गड्गडाहट सुनिएको गिरी अझै सम्झिन्छन् । सानैदेखि गायनमा रुची राख्ने गिरीले गाउँमा छँदा स्थानीय कार्यक्रममा भाग मात्र लिएनन्, जहाँ प्रतिस्र्धामा भाग लिन्थे त्यहीँ पुरस्कार जितेर फर्किन्थे ।

२०६६ सालमा एसएलसीपछि रेडियो दिदीबहिनी एफएमले ११ दिने आरजे तालिम दियो । उनी त्यसमा भाग लिए । स्वर केही निखारियो । बागलुङ सदरमुकामको सयपत्री एफएममा काम पाए । समाचार रिपोर्टिङ र वाचन दुवै गरे । सानोतिनो कमाइसँगै ‘प्ल टु’ अध्ययन जारी राखे । ‘प्लस टु’ सकेपछि उनी अलि ठूलो बजार पोखरा झरे । पोखरामा उनकी दिदी थिइन् । पोखराकै रेडियो बाराहीमा आरजे बने । रेडियो बाराहीका कार्यकारी निर्देशक पत्रकार रमेश पौडेलले उनलाई ‘प्लेट फर्म’ दिलाए । त्यहाँ समाचार वाचन थाले । सँगसँगै लोकदोहोरी कार्यक्रम प्रस्तोता पनि बने । 

उनमा गीतसंगीतप्रतिको रुची अझ फराकिलो बन्दै गयो । त्यसैक्रममा उनले आफ्नै रचनाको ‘सम्झेर यो मन रोको छ ...’ लोकगीत रेकर्ड गरे । पोखरामै रेकर्ड भएकाले मिक्सिङमा समस्या देखियो । गीत सोचेजति चलेन । तैपनि हरेश खाएनन् । रेडियो बाराहीकै अर्का प्रस्ताव नवराज गौतमले उनलाई उत्प्रेरणा दिए ।

पोखराबाट गीत रेकर्डकै लागि काठमाडौंसम्म पुगे । २–४ दिनमै रेकर्ड गरेर फर्किने भनी गएका उनले रेकर्डिङ स्टूडियोमा आजभोलि भन्दाभन्दै १८ दिनसम्म गुजारे । विभिन्न समस्या देखाउँदै भोलि आउनू भन्दै फर्काइएपछि उनले ल्याएको खर्च पनि सकियो । नवराजले नै चिनेजानेको हुँदा गीत रेकर्ड बापतको शुल्क पछि तिर्ने शर्तमा ‘मलाई मेरै हालतमा बाँच्न दिए हुन्छ ...’ गीत रेकर्ड गरी पोखरा फर्केको दुःख उनलाई झल्झली सम्झना छ । 

दोहोरी साँझ प्रवेश

लोकदोहोरी गीतमा निखारता ल्याउने र आफ्नो प्रतिभा प्रस्फुटन गर्ने गतिलो माध्यम हो – दोहोरी साँझ । २०६८ सालतिर पोखरामा ठूलो संख्यामा दोहोरी साँझ खुलेका थिए । पोखराकै शिवालय चोकस्थित भञ्ज्याङ दोहोरी साँझमा उनले ग्राहकमाझ गीत गाउने काम पाए । रेडियो काम सकेर साँझमा उनी त्यता व्यस्त हुन थाले । त्यसबेला सञ्चालक थिए, पदम थापा । उनैले अर्पणलाई अवसर उपलब्ध गराइदिएका हुन् ।

त्यसबेला उनीसँगै घनश्याम रिजाल, नरजंग गुरुङ पनि थिए । एक दिनको कुरा हो, घनश्यामले अर्पणको स्वरको आलोचना गर्दै भनेछन्, ‘दोहोरीमा गाउन नसक्नेले के–कसरी रेडियोमा बोलेको होला ?’ लोकान्तरसँगको कुराकानीमा अर्पण त्यो घटना अहिले पनि सम्झन्छन् । त्यो तिखो वचनले अर्पणलाई त्यो रातभर निद्रा लागेन । उनले अटल विश्वास लिए, यही क्षेत्रमै केही गर्छु भन्ने । भोलिपल्टै त्रिवेणी संगीतालय पोखरामा नवराज बरालसँग संगीत सिक्न थाले । २ वर्षको बेसिक कोर्स पूरा गरे । त्यसबेला उनले चौतारी दोहोरी साँझमा स्टेज को–अर्डिनेटरको जिम्मा पाए । टप राजधानी दोहोरी साँझसम्म आइपुग्दा उनी साधनारत छन् । 

उनले भने, ‘दाइ (घनश्याम) को त्यो भनाइले मलाई अहिले यो क्षेत्रमा जम्ने मौका मिल्यो । नभए म हराउँथें होला । यो क्षेत्रमा खासै मिहिनेत गरिन्थेन कि ! उहाँलाई पनि धन्यवाद दिन चाहन्छु ।’  

पोखराबाट भारत हुँदै काठमाडौं

पोखरामा झण्डै ३ वर्ष बिताइसकेपछि उनी केही समय भारतको मद्रास गए । पोखरा आवाज दैनिकको रिपोर्टिङ तथा दोहोरी साँझको जागिर छाडेर गाउँकै दाइको लहैलहैमा उनी मुग्लान पसे । चिनेजानेका दाइले चेन्नाइमा गाई फर्म चलाउँथे । उनी त्यही काम गर्न थाले । त्यहाँको दुःख देखेर उनलाई फेरि नेपालमै केही गर्छु भन्ने हुटहुटी जाग्यो । १ वर्ष नबित्दै चटक्कै छाडेर उनी राजधानी काठमाडौंको भीडमा छिरे ।

सानो कोठा भाडामा लिए । सामान जोरजाम गरे । पैसा खासै कमाएका थिएनन् । भएको पनि सकिन लाग्यो । कति छाक भोकै पनि बसे । पोखरामा विगतमा दोहोरी साँझ गाएको अनुभव थियो । तैपनि लामो समय ‘ब्रेक’ भएको थियो । पोखरामा गाए पनि काठमाडौंका दोहोरी साँझमा गाउन सहज भने हुँदैन्थ्यो । उनले दोहोरी साँझ खोज्दै हिँडे । बसपार्कको यानीमाया दोहोरी साँझको बोर्ड आँखा टक्क अडियो । उनले बोर्ड लेखेको फोन नम्बर टिपे र कोठामा फर्किएर फोन हाने । सञ्चालक दिलु सलामी मगरले फोन उठाइन् ।

कुराकानीकै क्रममा थाहा लाग्यो, उनी पनि बागलुङबाटै काठमाडौं प्रवेश गरेकी । दिलुले अर्पणलाई भोलि अफिसमा आएर कुराकानी गर्न भनिन् । अर्पणले काठमाडौंको दोहोरी साँझमा काम पाए । महिनाको ४ हजार रुपैयाँ मात्र कमाइ हुन्थ्यो । केही समय उनले त्यही काम गरे । पछि वानेश्वरको सालीभेना, चावहिलको भेटघाट रोधी हुँदै सुन्धाराको सुन्धारा दोहोरी साँझ छिरे । अन्यको तुलनामा सुन्धारामा उनले बढी समय बिताए । ४ वर्षसम्म त्यहाँ काम गर्दा उनको स्वर झनै निखारिएर आयो । गीतसंगीतको मोह गढेरै बस्यो । हाल उनी बसपार्कको टप राजधानी दोहोरी साँझमा छन् । अहिले भने उनलाई कमाइसँगै कामप्रतिको सन्तृष्टि बढी छ । 

अर्पणका गीतसंगीत

उनको पहिलो गीत हो ‘सम्झेर यो मन रोको छ ...’ आफ्नै रचना र स्वरको सो गीत २०६८ सालतिर बजारमा आएको हो । त्यसपछि उनको देवी घर्तीसँग मिलेर ‘चोखो माया ला’छ ...’ गाए । शब्द, संगीत उनकै थियो । माया, पिरती र विवाह लगनसँग सम्बन्धित सो गीत भिडियो पोखरामै गरे । त्यसबेला सीडी चक्का बिक्थ्यो । शुरूवातको गीतको तुलनामा उनी बढी सन्तुष्टि बने । 

तेस्रो गीत हो – आफ्नै शब्दसंगीतको ‘मलाई मेरै हालतमा बाँच्न दिए हुन्छ ...’ टीका पुनसँग गाएको सो गीत काठमाडौंको मालाश्री रेकर्डिङ स्टूडियो घण्टाघरमा रेकर्ड भयो । त्यही गीतको लागि उनले १८ दिन काठमाडौंमै गुजारेका हुन् । तैपनि सो दुःख बिर्साउँदै गीत भने खुबै चल्यो । पोखराका रेडियोले बजाउने लोकदोहोरीका टप–१० गीतमा केही हप्तासम्म टप–१ मै दर्ज रह्यो । 

आफ्नो परिश्रम सदुपयोग हुन थालेपछि उनले थप मिहिनेत गर्दै गए । पूर्णकला बिसीसँग मिलेर ‘लाजले पो मार्‍यो ...’ गाए । प्रह्लाद सुवेदीले लेखेको सो गीतमा अर्पणले संगीत पनि दिए । त्यसपछि मात्र आएको हो, उनले अत्याधिक रुचाइएको गीत ‘पटुकी पोको ...’ ।

एकनारायणले अर्पणलाई अर्को गीत दिए ‘मेरो दबाई गर मायालु ...’ । अर्पणले शोभा गुरुङसँग गाएको गीतले पनि चर्चा बटुल्यो । एकनारायणकै शब्द संगीतको लोकगीत ‘हातको सिरानी ...’ आयो । 
एकपछि अर्को गर्दै अर्पणले सालैजोमा पनि स्वर दिए । शोभासँगको गायन तथा अर्पणकै शब्द संगीतमा ‘कलंकीमा जाम पर्‍यो ...’ आयो । आफ्नै शब्दसंगीतमा तीज गीत ‘दिदीबहिनी हो ...’ बजारमा ल्याए । यहाँ पनि शोभाले नै साथ दिइन् ।

यति मात्र कहाँ हो, उनले शर्मिला कँडेलसँग मिलेर तीज गीत ‘त्यही बानी सही लाग्यो ...’ पस्के । आफ्नै शब्द संगीतमा शोभा गुरुङसँग मिलेर उनले लोकदोहारी गीत ‘जताजता गुलियो, उतै भुलियो ...’ ल्याए । 

पछिल्लो समय प्रह्लाद सुवेदीको शब्द र उनको संगीतमा ‘मीठो पिरती ...’ आएको छ । यहाँ उनलाई वीरता पुनले गायनमा साथ दिएकी हुन् । यो गीत पनि खुबै रुचाइएको गीत बनेको छ ।

गत फागुनमा ल्याउने भनिएको ‘ट्रेन्डिङ नम्बर ...’ कोरोना प्रभावले अड्किएर बसेको छ । यो गीतबाट पनि उनले खुबै आशा गरेका छन् । फ्यूजन टाइपको सो गीतमा पनि उनैको शब्दसंगीत छ । लक्ष्मी दाहालले गायनमा साथ दिएको सो गीत दशैंतिहारपछि बजारमा ल्याउने योजना रहेको अर्पणले बताए । 

‘पटुकी पोको ...’ र ‘मीठो पिरती ...’ बोलका गीतमा अर्पणले नै दमदार अभिनय गरेका छन् । उनका अनुसार संख्यात्मक रुपमा वृद्धिभन्दा गुणात्मक वृद्धि गर्दै वर्षमा एउटा मात्र एल्बम ल्याउने उनले योजना बनाएका छन् । 

संगीतमा साधनारत 

अर्पणको हालसम्मको बुझाइमा ‘गीतसंगीतमा लाग्दा केही सिकेरै लाग्नुपर्छ ।’ नेपाली लोकदोहारी गीत गाउने अधिकांश नसिकिकनै लाग्ने गरेको भन्ने आममानिसको बुझाइ उनी चिर्न चाहन्छन् । त्यसैले पनि उनी १० वर्षदेखि लगातार संगीत सिकिरहेका छन् ।

पोखरामा नवराज बरालसँग सिकेका उनले काठमाडौंमा मनोजराज शिवाकोटी, चण्डिप्रसाद काफ्ले, नरहरि प्रेमीसँग सिके । हाल उनी नरहरि प्रेमीसँग नियमित संगीत सिकिरहेको बताउँछन् । यसका साथै श्रृतिसंगीत अनामनगरमा बेसिक कोर्स सिकाउँछन् पनि । सिक्ने र सिकाउने क्रम जारी छ । 

हालसम्म ‘सिंगल लाइफ’ बिताइरहेका उनी बिहानमा २ घण्टा दैनिक रियाजलाई समय छुट्याउँछन् । धेरैले लोकगीतलाई हल्का रूपमा हेर्ने गरेको उनको भनाइ छ । आधुनिक सुगम संगीतमाझै यहाँ पनि प्रशस्त साधना चाहिन्छ । उनी भन्छन्, ‘सारेगम थाहा नभएका पनि छन् । हल्का रूपमा हेरेका छन् । लोकसंगीतमा लागेका मान्छेलाई साधना केही थाहा हुन्न भन्ने बुझाइ छ । त्यसैले म यही क्षेत्रमा कठोर परिश्रम गरे सबैलाई चिनाउन चाहन्छु ।’ 

५ वर्षअघि बागलुङ महोत्सवमा उनी सांगीतिक कार्यक्रमको आमन्त्रित भए । शुरूआतमा उनलाई फुच्चे केटोले के गाउला र भनेर आयोजकले नै हेयको भावले हेरेछन् । पछि स्टेज उक्लेर लगातार दमदार गायन पस्केपछि दर्शकको हुटहुटीले आयोजकले नै दंग परेछन् । अर्पणले त्यो दिनको घटना सुनाए, ‘पछि मलाई राम्रो रेस्पोन्स गरियो । दर्शकले पनि औधी रुचाउनुभयो । एक दिनको लागि भनेर गएको भोलिपल्ट पनि गाउनुपर्‍यो भनी त्यही बसें ।’

गाउँबाट शहर छिरेको एउटा ठिटोले नेपाली गीतसंगीतमा जम्न के–कति साधना गर्नुपर्ने रहेछ, कति पापड बेल्नुपर्ने रहेछ भन्ने उनले राम्ररी चिनिसकेका छन्, निकै खारिएका छन् । मेला महोत्सवको लागि कलाकारको सूचीमा उनको नाम नियमितजसो पर्छ । कतिपय कार्यक्रमलाई समय दिनै भ्याउन्नन्, समय मिल्दैन ।

गत वर्ष उनी आईएमई लोकस्टार–१ को प्रिजजको भूमिकाको लागि देशका विभिन्न शहर घुमे । सांगीतिक कार्यक्रमका लागि विदेश गइसकेका छैनन् । जापान, दुबई, बेल्जियमको कार्यक्रम तय भइसकेकोमा कोरोना प्रभावले छेकिएको छ । 

कुराकानीको अन्त्यतिर अर्पणले भने, ‘प्रशंसाले म कहिल्यै घमण्डी बनिनँ । युरोपियन कन्ट्री तथा जापानतिर बस्ने गरी बोलाएका छन् । तैपनि अहिले नै देश छोडेर जाने मन छैन । प्रारम्भिक दिनमा जति दुःख गरियो, सानोतिनो नाम कमाइसकेर यसको स्वाद चाख्ने बेलामा विदेशको मोह छैन । ऊर्जाशील समय ४० वर्ष उमेर पुग्दासम्म देश छोडेर पलायन हुन्न भन्ने प्रण छ । हेरौं त्यसपछि के कस्तो हुन्छ ? समयले कहाँ पुर्‍याउँछ ?’


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x