×

NMB BANK
NIC ASIA

पौडेल पक्षलाई फकाउन देउवाले थाले पहल

असोज १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कांग्रेसमा उत्पन्न आन्तरिक अविश्वास हटाउन सभापति शेरबहादुर देउवाले अग्रसरता लिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी कार्यालयमा दर्ता गरेको ज्ञापनपत्रमार्फत उठाएका मुद्दामा सहमति जुटाउन शनिबार दुवै पक्षका पदाधिकारी, पूर्वपदाधिकारीसहित केही केन्द्रीय सदस्यहरूको अनौपचारिक बैठक उनले राखेका छन् ।

Muktinath Bank

महाधिवेशनको मुखमा पार्टीका केन्द्रीय विभाग गठन र तिनमा सदस्यको मनोनयन, क्रियाशील सदस्यता वितरणमा अनियमितता भएको मुद्दा उठाउँदै पौडेल पक्षले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा ज्ञापनपत्र दर्ता गराएको थियो । पौडेल पक्षले आगामी १९ गतेको केन्द्रीय कार्यसमिति बैठकसम्म आफूले उठाएका मुद्दाहरूको सम्बोधन गर्न अल्टिमेटम दिएको छ । माग सम्बोधन नभए पार्टी नेतृत्वविरुद्ध चरणबद्ध विरोध गर्ने चेतावनी दिइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिबारको बैठकमा सुरुमै वरिष्ठ नेता पौडेल र उनी पक्षीय नेताहरूले केन्द्रीय कार्यसमितिमा दर्ता गराइएको ज्ञापनपत्रमा उल्लिखित मुद्दाबारे प्रस्ट्याएका थिए । पौडेल पक्षले ज्ञापनपत्रमा महाधिवेशनको तालिका घोषणा भएर प्रक्रिया अघि बढिसकेपछि गठन भएका केन्द्रीय विभागहरू खारेज गर्नुपर्ने मुद्दा उठाएको छ । विभाग गठन पार्टीको विधानविपरीतसमेत रहेको पौडेल पक्षको तर्क छ । पार्टी सभापति देउवाले विधानअनुसार ६ महिनाभित्र गठन गर्नुपर्ने विभाग चार वर्षको कार्यकाल सकिएपछि गठन गरेका थिए । देउवाले २० विभागमा करिब ९ सय जनालाई मनोनयन गरेका छन् । देउवाले क्रियाशील सदस्यतालगायत अन्य मुद्दामा अविश्वास हटाउन सकिने बताउँदै आएका छन् तर विभाग खारेज गर्न उनी तयार छैनन् ।


Advertisment
Nabil box
Kumari

पौडेल पक्षले उठाएको अर्को प्रमुख मुद्दा क्रियाशील सदस्यताबारे हो । अन्य राजनीतिक दलबाट कांग्रेस प्रवेश गर्ने नेता–कार्यकर्ता समायोजनका नाममा क्रियाशील सदस्यता वितरणमा ‘मनलाग्दी’ गरिएको आरोप पौडेल पक्षको छ । चुनावताका कांग्रेसमा आएका रसुवाका तत्कालीन जनशक्ति पार्टीका नेता तथा कार्यकर्ता, डडेलधुराका तत्कालीन माओवादी केन्द्रका नेता तथा कार्यकर्तालगायत अखण्ड नेपाल, अखण्ड नेपाल समानान्तरका नाममा सभापति देउवाको ठाडो निर्देशनमा केन्द्रबाट सिधै क्रियाशील सदस्यता दिइएको उनीहरूको भनाइ छ । उनीहरूका लागि मात्रै करिब ५ हजार क्रियाशील सदस्यता गएको छ । यो सबै काम पार्टीको विधि र विधानविपरीत रहेको उनीहरूको जिकिर छ । अन्य राजनीतिक दलबाट आएका नेता विशेषका हकमा केन्द्रले र अरूका हकमा सम्बन्धित वडा र गाउँबाटै निर्णय लिनुपर्ने अडान उनीहरूले राखेका छन् ।

Vianet communication
Laxmi Bank

अधिवेशन नगराएर वर्षौंदेखि तदर्थमा चलेका भ्रातृ तथा शुभेच्छुक संस्थाबाट महाधिवेशनका प्रतिनिधि चयन गर्न निमल्ने तर्कसमेत पौडेल पक्षको छ । कतिपय भ्रातृ संस्था तीन कार्यकाल सकिने बेलासम्म एउटै कार्यसमितिबाट चल्दै आएका छन् । विधानले अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाबाट महाधिवेशनमा प्रतिनिधित्व हुन नसक्ने व्यवस्था गरेको छ । विदेशस्थित जनसम्पर्क समितिमा समेत विधानविपरीतका गतिविधि भएको आरोप उनीहरूको छ ।

पौडेल पक्षमा रहेका केन्द्रीय सदस्य बलबहादुर केसीले शनिबार दुवै पक्षले आआफ्नो धारणा मात्रै राखेको बताए । ‘हामीले प्रस्तावका विषयमा धारणा राख्यौं, उहाँहरूले त्यसमा जवाफ दिनुभयो तर समझदारी हुन सकेको छैन,’ उनले भने । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कोरोना संक्रमणका कारण महाधिवेशनको तालिका प्रभावित भइसकेकाले सार्नुपर्ने धारणा राखेका थिए ।

उनले तल्लो तहसम्मकै तालिका सार्नुपर्ने प्रस्ताव गरेका थिए । पौडेल पक्ष भने फागुनमै महाधिवेशन हुनुपर्ने अडानमा छ । ‘आज पौडेलजीहरूले दर्ता गराएको ज्ञापनपत्रको विषयमै बुंँदागत रूपमै छलफल भयो । धेरै समस्या छैनन् । केही गुनासा र अविश्वासका कुरा छन् । असमझदारी हटाएर जान सकिन्छ,’ बैठकमा सहभागी संस्थापनपक्षीय नेता एनपी सावदले भने । पौडेल पक्षले उठाएका मुद्दामा सभापति देउवाले अर्को बैठकमा जवाफ दिनेछन् । बोल्ने क्रम सकिएपछि समझदारीका लागि प्रयास हुने सावदले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x