×

NMB BANK
NIC ASIA

प्रतिक्षा : कोरोनाविरुद्धको खोपको

कोरोना महामारी : खोप के हो, कसरी बनाइन्छ ? यी हुन् चलनचल्तीका ६ विधि

असोज १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मानवको उत्पत्तिपछि रोग र उपचारको इतिहास कोट्याउँदा ठ्याक्कै कहिलेदेखि मानिसहरू रोगका शिकार हुन पुगे भन्न गाह्रो छ । किनकि मानिसले आफ्नो शरीरमा हुने कठिनाइलाई रोगको रूपमा धेरैपछि मात्र व्याख्या गरे ।

Muktinath Bank

रोग लागिसकेपछि उपचार गर्न गाह्रो पर्छ भनी रोग नै नलाग्ने पद्धतिहरू अनुशरण गर्न पनि थाले । सन्तुलित खाना, शारीरिक व्यायाम, सकारात्मक सोचाइले पनि रोग लाग्दैन भन्ने सिके । तर अनौठो प्राकृतिक नियम जसले मानिसलाई विभिन्न रोग–व्याधि र महामारीबाट पिरोल्न थाल्यो र समय–समयमा मानव सभ्यतामाथि नै प्रहार गरिराखेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मानिस पनि आफ्नो लगातारको कर्म र आफैंले विकास गरेको विज्ञानमार्फत ती केही रोगलाई उपचार, नियन्त्रण तथा सकेसम्म निर्मूल गर्नसम्म पनि सफल भए ।  त्यस्ता रोग लाग्नै नदिन केही खोपको आविष्कार पनि गरे ।


Advertisment
Nabil box
Kumari

अहिलेको कोरोना महामारीमा पनि मानवजीवन आक्रान्त छ । जताततै डर र त्रासको वातावरण सिर्जना भएको छ । सबै जनाको चिन्ता यसको खोप कहिले तयार होला, यो भयबाट कसरी बाँचिएला भन्ने छ ।

Vianet communication
Laxmi Bank

खोप आफैंमा औषधि होइन, रोग लागिसकेपछि यसले उपचार गर्न मिल्दैन । यसको प्रयोग रोग लाग्नुभन्दा पहिले नै गर्नुपर्छ । यसले प्राणीलाई रोग लाग्नबाट बचाउँछ । महामारीजन्य रोगहरू समुदायमा फैलिसकेपछि त्यसलाई रोक्न वा उपचार गर्न ज्यादै मुस्किल पर्छ र आर्थिक रूपमा पनि ज्यादै महंगो पर्छ । त्यसैले यस्ता रोगहरू नियन्त्रण गर्न खोप एउटा राम्रो उपाय हो ।

खोप रोग रोकथामको त्यस्तो प्रविधि हो, जुन हामीलाई रोग लगाउने जीवाणुहरू, उसैले उत्पादन गर्ने विषाक्त पदार्थ, उसको  शरीरको बाहिरी भागको प्रोटिन वा उसकै शरीरका यौगिकहरूबाट नै बनाउने गरिन्छ । यो पद्धतिमा जीवाणु वा जीवाणुका तत्वहरू शरीरभित्र प्रवेश गराइन्छ ।

यी बाह्य पदार्थहरू शरीरमा प्रवेश गरेपछि हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले तिनीहरूविरुद्ध एन्टीबडीहरू बनाउँछ । यिनै एन्टीबडीले ती रोगका जीवाणुलाई मार्ने वा फैलिन नदिने काम गर्छन् । यसरी रोग लाग्नुभन्दा पहिले नै एन्टीबडी बनाउन सिकाउने र साँच्चै त्यही जीवाणु शरीरभित्र प्रवेश गरेमा त्यसलाई परास्त गर्न सक्ने प्रविधि नै खोप हो । 

खोप उत्पादन गर्दा सर्वप्रथम जुन रोगको लागि बनाइँदैछ, त्यही रोग लगाउने जीवाणुको पहिचान गरी ती जीवाणुकै बढीभन्दा बढी प्रजनन (कल्चर) गरिन्छ । तिनीहरूको आनुवांशिक वा केमिकल परिवर्तन गरी जनावरहरू जस्तैः मुसा, खरायो, सुगुर, बादर जस्ता जीवमा परीक्षण गरिन्छ । यी जीरूहरूमा राम्रो परिणाम (एन्टीबडी बनेपछि) देखिए सम्बन्धित देश तथा मानिसको कानूनी स्वीकृति लिएर केही मानिसमा नै ट्रायल परीक्षण गरिन्छ ।

मानिसमा गरिने यस्ता ट्रायल परीक्षण ३–४ चरणसम्म विभिन्न देशका विभिन्न मानिसमा गरिन्छ । परीक्षण गरिएका मानिसमा पनि राम्रो नतिजा प्राप्त भएमा मात्र खोपको रूपमा विकास गरी आममानिसमा प्रयोग गरिन्छ ।

भ्याक्सिन धेरै प्रकार हुन्छन् । तीमध्ये कोभिड–१९ रोग का विरुद्धमा भ्याक्सिन बनाउन प्रयोग  गरिएका प्रविधिका केही प्रकारहरूको जानकारी दिन खोजिएको छ ।

परम्परागत तथा हाल प्रयोग भइरहेका विधि

क) इनएक्टिभेटेड खोप 

यसमा भाइरस वा रोग लगाउने किटाणुहरूलाई मारेर रोग लगाउने क्षमतालाई हटाएर प्रयोग गरिन्छ । यस तरिकामा किटाणुलाई तापक्रम, विकिरण वा केमिकलको प्रयोग गरेर मारिन्छ । खोप बनाउँदा जीवाणुहरूको पूरै भाग वा अलिकति मात्र पनि प्रयोग गर्न सकिन्छ । यी जीवाणुहरूलाई मारिएकाले हाम्रो शरीरभित्र प्रजनन वा संख्या वृद्धि हुँदैन । यसमा शरीरको प्रतिरक्षा प्रणालीले चिन्ने गुण मात्र राखिएको हुन्छ । 

यो विधि प्रयोग गरेर यसभन्दा पहिला नै पोलियो, इन्फ्लुएन्जा, टाइफाइड, हैजा, लहरे खोकी, प्लेग आदि रोगविरुद्ध खोपहरू बनाइसकिएको छ । कोरोना महामारीमा पनि यो विधि प्रयोग गरेर चाइनिज सिनोभेक र वुहान इन्स्टिच्युट कम्पनी खोप बनाउने  अन्तिम चरणमा पुगेको दावी गरेका छन् ।

ख) जीवित सुसुप्त (एटेनुएटेड) खोप

यो प्रविधिमा रोग लगाउने जीवाणुलाई जिउँदै तर कमजोर बनाएर प्रयोग गरिएको हुन्छ । यसको पनि शरीरभित्र प्रजनन वा संख्या वृद्धि हुँदैन । यो प्रविधिबाट बनेका खोपले प्रतिरक्षा प्रणालीका बी र टी कोषहरू बनाउन सहयोग गर्छ । यी प्रतिरक्षा कोषिकाले रोग लगाउने जीवाणुलाई मार्ने गर्छन् । जिउँदो खोप भएकाले यसलाई संरक्षण गर्न रेफ्रीजेरेटरको प्रयोग अनिवार्य हुन्छ । दुर्गम र टाढाका बस्तीमा पुर्‍याउन गाह्रो मानिन्छ ।

यस्ता जिउँदा किटाणुयुक्त खोप लगाउँदा उत्परिवर्तन भई उल्टै उही रोग लागिहाल्छ कि भन्ने शंकाले प्रतिरक्षा प्रणाली कमजोर भएका मानिसलाई दिइँदैन । यो प्रविधिबाट दादुरा, हाडे, रुबेला, चिकेन पोक्स्, ओरल पोलियो, एलोफिवर जस्ता खोप बनेर प्रयोग भइराखेका छन् । कोरोना महामारीमा यो विधि प्रयोग गरेर अमेरिकन कोडाजेनिक्स  कम्पनीले खोप बनाउन राम्रो प्रयास गरिराखेको छ ।

आधुनिक विधिहरू

क) आरएनए वा यम आरएनए खोप

खोप बनाउने प्रयासमध्ये यसलाई आधुनिक र नयाँ प्रविधि मानिन्छ । यसमा आरएनए भन्ने आनुवांशिक यौगिकको प्रयोग गरिन्छ । यो खोपले मानिसको शरीरभित्र आईजीजी एन्टिबडी बनाउन निकै सहयोग गर्ने मानिएको छ । आरएनए साइटोप्लाज्मामा नै बस्ने र यहीबाट एन्टिजेन बनाउने, न्यूक्लियसभित्र नजाने र मानिसका कोषिकाको डीएनएको सिक्वेन्सलाई नबिगार्ने हुँदा सुरक्षित मानिएको छ । लगानी, उत्पादन र सुरक्षाको हिसाबमा यो डीएनए भ्याक्सिनभन्दा पनि राम्रो मानिएको छ । 

कोरोना महामारीमा यही प्रविधिको प्रयोग गर्दै खोप बनाउन जर्मनीको क्योरभ्याक र अमेरिकाको मोडर्ना कम्पनी अगाडि बढेका छन् । यसको प्रभाव र परिणाम देखेर जर्मनीको क्योरभ्याक कम्पनीलाई बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले समेत ५३ मिलियन डलर सहयोग गरेको छ । यसअघि पनि इन्फ्लुएन्जाविरुद्ध खोप बनाउँदा डब्ल्यूएचओले ५–६ महिना लाग्ने अनुमान गर्दा जर्मनीको क्योरभ्याक कम्पनीले यो प्रविधिबाट २ महिनामै खोप बनाउने दाबी गरेको थियो । तर अहिलेसम्म यो प्रविधिबाट बनाइएका खोपहरू मानिसमा लगाइएका छैनन् । क्यान्सर र अरु सरुवा रोगविरुद्ध पनि यो प्रविधि निकै राम्रो हुने मानिएको छ र केही ट्रायलहरू भइराखेका छन् ।

ख) रिकम्बिनेन्ट खोप

यो प्रविधिलाई रिकम्बिनेन्ट डीएनए टेक्नोलोजी वा जेनेटिक इन्जिनीयरिङ पनि भनिन्छ । यसमा २ वटा प्राणीका डीएनए मिसाएर एउटा नयाँ किसिमको डीएनए बनाइन्छ । यो तरिकामा प्रतिरक्षा प्रोटिन प्रयोगशालामा नै बनाएर प्रयोग गरिन्छ खोपको रूपमा । त्यसैले यसलाई रिकम्बिनेन्ट डीएनए वा प्रोटिन खोप पनि भनिन्छ ।

यस प्रविधिबाट बीसीजी, टीबीका खोपहरू बनाइएका छन् । कोभिड १९ विरुद्धमा पनि यो विधिबाट अस्ट्रेलियाको क्विन्सल्यान्ड विश्वविद्यालयले नोभाभ्याक्स, चाइनाको क्लोभर बायोफर्मासिउटिकल्सले खोप बनाउन राम्रो प्रयास गरेका छन् ।

ग) भाइरस भेक्टर आधारित खोप

यो प्रविधिमा केही जिउँदा भाइरसलाई प्रयोग गरेर एन्टिजिन बनाउने डीएनए मानिसको शरीरमा पुर्‍याइन्छ । यो प्रविधिमा पनि जेनेटिकल्ली इन्जिनीयरिङ गरेको जीवित भाइरसलाई डीएनए बोक्न र मानिसको शरीरमा पुर्‍याउन प्रयोग गरिन्छ । यसको लागि भेक्टरको रूपमा एडेनो भाइरसलाई प्रयोग गरिएको देखिन्छ । यो विधिलाई रिकम्बिनेन्ट विधि अन्तर्गत नै पनि ब्याख्या गरिएको हुन्छ । हालसम्म यो प्रविधिबाट बनाइएका भ्याक्सिनहरू मानिसमा प्रयोग गरिएको छैन । यो प्रविधिका करीब १ दर्जनजति खोप भेटेनरीमा भने प्रयोग भइराखेका छन् । 

एडेनो भाइरस, एल्लो फिवर र चिकेन पोक्सविरुद्ध मनिसलाई दिन पनि सकिने खोपको विकास यही प्रविधिबाट सम्भव हुने देखिएको छ । कोरोना महामारीमा यही विधि प्रयोग गरेर रसियाले स्पुत्निक भि, एस्ट्राजेनेका यु के ले ए जेड डी १२२२, चाइनाको क्यान्सिनो र अमेरिकाको जोहन्सोन एण्ड जोहन्सोन खोप बनाउने दौडमा आफूलाई अग्रपंक्तिमा राखेका छन् । 

घ) डीएनए खोप 

सिद्धान्ततः यो खोप सबैभन्दा राम्रो मानिन्छ । तर यो खोप मानिसलाई नै लगाउन मिल्ने बनाउन निकै चुनौती भएको स्वीकार्छन् यसका विज्ञहरू । डीएनए ज्यादै स्टेबल यौगिक भएकाले यस्तो खोपको भण्डारण, वितरण र प्रयोग सबैभन्दा सजिलो हुने मानिन्छ । यसलाई सामान्य कोठाकै तापक्रममा राखेर प्रयोग गर्न मिल्ने हुन्छ । अरु परम्परागत रूपमा बनाइने खोपहरूभन्दा यो आर्थिक रूपमा पनि सस्तो हुने मानिएको छ ।

डीएनए खोप लगाएपछि डीएनएकै विरुद्धमा एन्टीडीएनए एन्टीबडी बनायो भने के गर्ने भन्ने द्विविधामा छन् वैज्ञानिकहरू । यद्यपि यस्ता खोपहरू जनावरका रोगविरुद्ध सफल प्रयोग भइसकेका छन् । चाइनिज इनोभियो अप्लाइडले कोरोना महामारी रोक्न यही विधि प्रयोग गरी खोप बनाउने बताएको छ ।

प्रविधि स्तरीयताको हिसाबले यम आरएनए, रिकम्बिनेन्ट र भाइरस भेक्टरमा आधारित खोपलाई बढी नियालेर हेरिएको छ । अहिलेको खोप अनुसन्धान प्रक्रियालाई हेर्दा डब्ल्यूएचओले करीब १२–१८ महिनाको समय र बिल गेट फाउन्डेसनले करीब २५ बिलियन डलर खर्च हुने अनुमान गरेको छ । खोप उत्पादनका यी सबै प्रयत्नलाई मानव उत्थानको लागि एउटै संस्थामा एकीकृत गरिने हो भने भविष्यमा फेरि आइपर्ने महामारीविरुद्ध ३–६ महिनामै खोप बनाउने संयन्त्र तयार भइराख्ने कुरामा वैज्ञानिकहरू एकमत हुने थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x