×

NMB BANK
NIC ASIA

कलंकीकी २९ वर्षीया रमा (नाम परिवर्तन) सीटीईभीटीमार्फत् काठमाडौंको एउटा कलेजमा हेल्थ असिस्टेन्ट (एचए) को दोस्रो वर्षको परीक्षा दिएपछि रिजल्टको पर्खाइमा थिइन् । 

Muktinath Bank

कोरोना भाइरसको संक्रमणका कारण सरकारले लकडाउन घोषणा गरेपछि तेस्रो वर्षको पढाइ हुन सकेको थिएन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो वर्षको परीक्षामा उनले सामाजिक र अंग्रेजी विषय पास गर्न सकेकी थिइनन्, यी दुई विषय अनिवार्य पास गर्नुपर्ने हुन्छ । 


Advertisment
Nabil box
Kumari

कोरोना संक्रमण नफैलिएको भए रमा अहिले तेस्रो वर्षको कक्षा लिइरहेकी हुन्थिन् ।

Vianet communication
Laxmi Bank

दोस्रो वर्षको परीक्षाको नतिजा आइसकेको थिएन । बेला–बेलामा उनी सीटीईभीटीको रिजल्टको सूचना दिने अनलाइन हेर्थिन् ।

उनले हेरिराख्ने एक अनलाइनको पेजले सीटीईभीटी अध्ययनरत स्टाफ नर्स र मेडिकल पढ्ने अन्यलाई लक्षित गरेर गत भदौ १७ गते (सेप्टेम्बर २) जूम मिटिङको आयोजना गर्‍यो ।

त्यसमा देशभरका सयभन्दा बढी नर्सिङका विद्यार्थी सहभागी भए । 

सीटीईभीटीको बोर्ड मेम्बर (सञ्चालक समिति सदस्य) बताउने पसल रोकाया आयोजक र सञ्चालक थिए ।

त्यसै जूम मिटिङमा सहभागी रमालाई फेसबूकमा फ्रेण्ड रिक्वेस्ट आयो ।

फ्रेण्ड रिक्वेस्ट पठाउने उनै रोकाया थिए । यति ठूलो मान्छेले पठाएको रिक्वेस्ट भन्दै उनले तत्कालै एक्सेप्ट गरिन् ।

त्यसपछि उनले रिजल्ट कहिले आउँछ भन्दै सोधिन् । उनले ‘१५/२० दिनमा आउँछ’ भन्दै जवाफ फर्काए ।

त्यसपछि सिम्बोल नम्बरबाट रिजल्ट हेरिदिन आग्रह गरिन् । उनले प्रवेश पत्र चाहिने बताए । उनले प्रवेश पत्र पठाइदिइन् ।

अर्को दिन रोकायाले उनलाई तिमी त प्रथम वर्षमा २ वटा विषयमा फेल भएकी रहेछौ भनेर बताए ।

त्यसपछि रमालाई उनी बोर्ड मेम्बर भएको विश्वास लाग्यो । 

रोकायाले पैसा दिएको खण्डमा पास गराइदिने बताए । उनले रमासँगको च्याटमा भनेका छन् ‘मधेशीले पैसा खाएर गर्छ, यता डिपार्टमेन्टमा कुरा गर्छु, मिलेको खण्डमा काम गर्ने हो ।’

रमा ‘हस्’ भनेर राजी भइन् । नहोउन् पनि किन भर्खर विवाह भएको थियो । श्रीमानले फेल भएको थाहा पाए भने के भन्लान् भन्ने थियो । जसरी पनि पास हुनुपर्ने थियो । 

पहिला उनले सिभिल बैंकमार्फत् २० हजार रुपैयाँ दिइन् । त्यसको केही दिनमा ८० हजार रुपैयाँ सुन्धाराको काठमाडौं मलअगाडि भेटेर दिएको रमाले लोकान्तरलाई बताइन् । 

‘पहिला २० हजार सिभिल बैंकको खातामा हाल्दिएकी हुँ । ३ दिनपछि ८० हजार गरी १ लाख रुपैयाँ दिएकी हुँ,’ उनले लोकान्तरसँग भनिन् ।

रमाले नयाँ–नयाँ विवाह भएकाले आफ्नो श्रीमान्लाई पनि नभनीकन कानमा लगाएको झुम्का बेचेर १ लाख दिएको रुँदै लोकान्तरसँग बताइन् । 

‘श्रीमान्लाई समेत थाहा नदिई कानको झुम्का बेचेर १ लाख दिएकी थिएँ,’ उनले लोकान्तरसँग भनिन् ।

त्यसपछि उनले आफू पास भएको रिजल्ट कहिले आउँछ भन्दै बारम्बार फोन गरिन् । धेरै प्रयास गरेपछि रोकायाले एकपटक फोन उठाए ।

उनले सोधिन्– ‘खै त मेरो पास भएको मार्कसिट ?’ त्यसपछि उनले ‘तपाई विवाहित हो ? भनेर सोधे । रमाले ‘भर्खरै विवाह भएको हो,’ भन्ने जवाफ दिइन् ।

‘त्यसो भए तपाईंको रिजल्ट आउँदैन’ भने । किन भनेर सोध्दासोध्दै उनले फोन काटे । 

आफू ठगिएको थाहा पाएपछि उनी महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिन आएकी थिइन् । तर त्यहाँ आउँदा उनी झन झसङ्ग भइन्, रोकायाविरुद्ध जाहेरी दिन ४०/४५ जना आएका थिए ।  

यो त एउटा प्रतिनिधिमूलक घटना मात्र हो ।

साविक पाण्डवगुफा गाविस हाल कनकासुन्दरी गाउँपालिका– ७ रोकाया बडागाउँका स्थायी बासिन्दा पसल रोकायाले सयौं मानिसलाई सामाजिक सञ्जाल फेसबूक, कर्णाली आवाज डट्कम र युट्युब च्यानल कर्णाली एचडीमार्फत् अफवाहपूर्ण भिडियो प्रशारण गर्ने पैसा माग्ने गर्दै आएको महानगरीय प्रहरी परिसर काठमाडौ‌ंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीले बताए ।

रोकायाले विभिन्न व्यक्तिको नाममा फेसबूक पेज खोल्ने र त्यसबाट आफ्नो वास्तविक फेसबूकको च्याटबाट आफैंले दुवैतर्फ कुराकानी गर्ने र उनीहरू बीचमा भएको कुराकानी भन्दै कर्णाली आवाज डट्कम र कर्णाली एचडीमार्फत् अफवाह फैलाउने गर्दै आएको एसएसपी ज्ञवालीले बताए ।

विषेश गरेर सीटीईभीटीमार्फत नर्सिङ पढ्ने र १/२ वटा विषय फेल भएका व्यक्तिलाई पास गराइदिन्छु भन्दै पैसा असुल्ने गरेको देखिएको छ ।

पैसा लिइसकेपछि त्यो व्यक्तिलाई दुव्र्यवहार तथा ब्ल्याकमेल गर्ने, फेक एकाउन्ट बनाएर अश्लील फोटोहरू अपलोड गर्ने गरेको एसएसपी ज्ञवालीले लोकान्तरलाई बताए ।

काठमाडौंको मोर्गन कलेजबाट विज्ञान संकायमा १२ कक्षा र भारतको बैंग्लोर विश्वविद्यायलबाट ब्याच्लर इन साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजी (बीएसआईटी) गरेका अभियुक्तले खिरिस निर्माण सेवा र संविधान निर्माण सेवा आफ्नो नाममा दर्ता गरेको र ठेक्कापट्टा पनि गर्ने गरेको, शुभलक्ष्मी अस्पतालको अध्यक्ष रहेको बताउने गरेको, संविधान कलेज हालसालै दर्ता गरेको (जसमा नर्सिङ, हेल्थ असिस्टेन्ट, फार्मेसी लगायतको पढाइ गराउने भनिएको) खुलेको परिसरले जनाएको छ ।

विन लादेन शैलीमा प्रहरीले समायो

भारतको एउटा कुनामा लुकेर बसेका रोकायाले प्रहरीले आफूलाई ओसामा विन लादेन जस्तै गरी पक्राउ गरेको प्रहरीलाई बताएको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले जनाकारी दिए ।

‘मलाई कसैले भेट्टाउने थिएनन् । प्रहरीले ओसामा विन लादेनलाई जस्तै गरि भेट्यो भनेको थियो,’ ती प्रहरी अधिकृतले भने ।

रोकाया आफैंले बनाएको काठको घरमा लुकेको अवस्थामा पक्राउ परेको ती अधिकृतले लोकान्तरलाई बताए ।

यस्तो छ उनको ठगीको विवरण– पढ्नुहोस्  विज्ञप्ति :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x