युट्युबमा लोकप्रिय बन्दै नयाँ स्वादको ‘नमुछे आमा दहीमा टीका..’, रचनाको दमदार प्रस्तुति [भिडियो]

गायक नारायण रायमाझीको स्वरमा रहेको ‘नमुछे आमा दहीमा टीका..’ बोलको दशैं गीत पुनः रेकर्डिङ भएको छ ।

गायक रायमाझी र नेपाल आइडलबाट चर्चामा आएकी नवगायिका रचना रिमालको स्वरमा भिडियो बाहिर आएको छ । 


Advertisement

स्व‍. लक्ष्मण रायमाझीको शब्द रहेको गीतमा पहिला पनि नारायण रायमाझी ले नै स्वर दिएका थिए ।

गत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको गीत ६ दिनमै ११ लाखभन्दा बढीले हेरिसकेका छन् । 


Advertisement

नेपाल आइडलकै प्रवीण बेडुवाल र रचना रिमालको स्वरमा रायमाझीले स्व‍. राष्ट्रकवि माधव घिमिरेले लेखेको ‘तिम्रो प्रिती पहिले हो कि मेरो प्रिती पहिले’ भन्ने गीत पनि पुनः रेकर्डिङ गरेका थिए । 

सेप्टेम्बर १३ मा अपलोड गरिएको सो गीत पनि ४६ लाखभन्दा बढीले हेरिसकेका छन् । 

हेर्नुहोस्, भिडियो :

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्