×

NMB BANK
NIC ASIA

प्राकृतिक खाना अमृतसरह हुन्छ । तर बजारमा पत्रु खाना पनि व्यापक छ । 

Muktinath Bank

व्यावसायिक रूपमा उत्पादन भएका सम्पूर्ण ‘जंक फूड’हरू पत्रु खान हुन् । यसले मानिसको शरीरलाई नोक्सान पुर्‍याइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समयले के साबित गरेको छ भने हामीलाई परम्परागत रूपमा खाने गरेका गाउँघरकै प्राकृतिक खाना नै हाम्रा लागि उत्तम हो । हामी धेरैभन्दा धेरै बहकिएर आधुनिक खानाको नाममा पत्रु खानाको पछाडि दौडिन थाल्यौं र हाम्रो स्वास्थ्य दिनानुदिन बिग्रेर गयो ।


Advertisment
Nabil box
Kumari

हामी फेरि एक पटक पहिलाका आफ्नै हजुरआमाले पकाएका खानामा मोडिन थालेका छौं । निकै आकर्षक प्याक र जिब्रोमा झुण्डिने स्वादका यी पत्रु खाना बालबच्चाका प्रिय भएका कारण एक किसिमले ‘जंक फूड’ नशा जस्तै हो ।

Vianet communication
Laxmi Bank

यस्ता खालका पत्रु खानाले कोरोना भाइरस संक्रमणको महामारीमा रोग प्रतिरोधात्मक शक्ति (इम्युनिटी पावर) बढाउनेभन्दा घटाउने काम ज्यादा हुन्छ । त्यसकारण यस्ता खानाहरू तत्काल छोड्नुपर्ने हुन्छ र आफ्ना बालबच्चाबाट पनि पत्रु खाना टाढा राख्न जरुरी छ ।

युरोप, अमेरिकामा व्यापक मात्रमा पत्रु खाना प्रयोग गरिने हुँदा कोरोनाका कारण धेरै मान्छेको मृत्यु भएको अध्ययनले देखाएको छ । युरोप, अमेरिकामा पत्रु खाना खानु एक किसिमको संस्कार र बाध्यता नै भएका कारण अन्य देशको तुलनामा ज्यादा खपत हुन्छ र रोगको शिकार हुनेहरूको संख्या पनि त्यतिकै बढ्दै गएको छ । सरकारको फितलो अनुगमन र नियमावली अभावका कारण जनताको स्वास्थ्य अहिले जोखिममा छ । विषादी भान्सामै थुप्रिन थालेपछि सबैको चासोको विषय बनेको छ । न्युन गुणस्तरका पत्रु खानाले शरीरलाई चाहिने पौष्टिक तत्व दिनुभन्दा झन् स्वास्थ्य बिगार्ने हुँदा बेलैमा सचेत हुनुपर्ने छ ।
   
कोरोना भाइरसका कारण अहिले विश्व विषम परिस्थितिमा गुज्रिरहेको छ । नेपालमा कोरोना महामारीका कारण ६०० जनाको हाराहारीमा ज्यान गएको छ भने १ लाख व्यक्ति संक्रमित भएका छन् । यो विषम परिस्थितिमा हामीले आफ्नो खानपान र जीवनशैलीमा परिवर्तन गर्न सकेनौं भने कोरोना भाइरसले सहज आक्रमण गर्ने र आतंकित तुल्याउने छ । 

कोरोना भाइरसको कुनै भ्याक्सिन बनिनसकेका कारण भोलिका दिनहरूमा पनि अन्योल छ । अतः यस्तो बेलामा कोरोना (कोभिड–१९) संक्रमण हुनबाट बच्नु वा हुन नदिनु बुद्धिमानी हुन्छ । हामीले ख्याल राख्नुपर्ने पहिलो कुरा के हो भने संक्रमितले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाएर भाइरससँग सजिलै लड्न सकिन्छ । यसका लागि हामीले नियमित खाने खानाले मात्र पर्याप्त हुन्न र जीवनशैलीमा पनि परिवर्तन गर्नु जरुरी छ । 

हामीले अब आफ्नो स्वास्थ्यबारे राम्ररी सोच्ने बेला आयो । अहिलेको सबैभन्दा चुनौतीपूर्ण काम भनेकै आफू स्वस्थ रहनु र आफ्नो शरीरको इम्युनिटी पावर (रोग प्रतिरोधात्मक शक्ति) बलियो बनाउनु हो । यदि तपाईंलाई संक्रमण भइहालेमा पनि रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाएर भाइरससँग सजिलै लड्न सकिन्छ । जसका लागि तपाईंले के कस्ता खाने कुरा खाने र आफ्नो नियमित जीवनशैलीलाई कसरी परिवर्तन गर्ने भन्नेतिर ध्यान दिन जरुरी छ । तपाईंले नियमित खाइरहेको खाना र जीवनशैली अहिलेको अवस्थामा पर्याप्त हुँदैन । त्यसले यहाँ हामीले केही महत्त्वपूर्ण खाना र जीवनशैलीबारे चर्चा गरेका छौं ।

अहिलेको अवस्थामा शरीरलाई सम्पूर्ण रूपले स्वस्थ कायम राख्नु हो । जुन अहिले सबै वर्गका लागि अत्यन्त चुनौतीपूर्ण छ । हामीले जे खाइरहेका छौं, त्यसमा परिवर्तन गर्नुपर्ने हुन्छ । स्वास्थ्य सम्बन्धी र कोरोना महामारीबारे पूर्ण जानकार हुन जरुरी छ ।

सकेसम्म आफ्नो घर वरिपरि पाइने जडिबुटी प्रयोग गरेर शरीरलाई सधैं तातो राख्ने प्रयास गर्नुपर्छ । जस्तो हाम्रो घर वरिपरि तुलसी, बेसार, तेजपात, मरिच, टिमुर, अदुवा, कागती, जिम्बु, अश्वगन्ध, बोझो, ऐसेलु, चुद्रो, लसुन, पुदिना लगायतका जडीहरू सहज पाइन्छन् । यिनलाई नियमित प्रयोग गर्नाले पनि हाम्रो शरीरमा केही मात्रामा सहजीकरण ल्याउँछ र रोग प्रतिरोधात्मक शक्ति बढ्छ । यीबाहेक ब्रोकाउली, रातो क्यप्सीकम, पालक, रायो लगायतका हरियो सागपात, सखरखण्ड, माछा, सेल फिस, हरियो स्याउ, डार्क चक्लेट, ग्रीन टी, केफिर लाइम, सन फ्लावर सिड, आलमन्ड, सुन्तला, किवी, सिट्रसयुक्त कुनै पनि फल, दूध, दही, मेवा, गाजर, चुकन्दर, ताजा गोलभेडा, सेलरी, स्टबेरी, आँप, फर्सीको दाना, कुरिलो, रातो बन्दा, माइक्रो ग्रिन्स लगायतका खानाहरू खोजीखोजी खानुभयो भने तपाईंको रोग प्रतिरोधात्मक शक्ति बलियो बनाउन मद्दत गर्छ र भाइरसले सहज रूपमा आक्रमण गर्न सक्दैन । महामारीको समयमा गेडागुडी मिसाएर बनाएको क्वाटी पनि निकै उपयुक्त हुन्छ । जे खाए पनि झोलिलोमोलिलो बनाएर खाँदा उत्तम मानिएको छ । जसलाई ‘इम्युनिटी बुस्टिङ फूड’ भनेर पनि चिनिन्छ । 

जाँडरक्सी, चुरोट बिडी, गाँजा, सुर्ती, लागूऔषध जस्ता चिजले तपाईंको शरीरको इम्युनिटी पावर कमजोर बनाउने हुँदा बिल्कुल सेवन नगर्दा उत्तम मनिएको छ । सकेसम्म कोरोना महामारीको समयमा शाकाहारी खाना सेवन गर्दा उत्तम मानिन्छ । तर केही सेलेक्टेट माछामासु खानाले कुनै असर गर्दैन । जस्तैः तपाईंले सालमन, एन्चोभी, मकारेल माछा खोजेर खानुभयो भने पर्याप्त फाइदा पुर्‍याउँछ । ताजा फलफूलको जुसमा गाजर, सेलरी, अदुवा, काचो बेसार, स्याउ, कागती मिसार खानाले पनि फाइदा पुर्‍याउँछ । सकेसम्म गाउँघरमा पाइने अग्र्यानिक र चोकरयुक्त खाना खाएमा अझ फाइदाजनक हुन्छ ।

खाना खाँदा मैदा र चामलका परिकार कम खाने गर्नु जरुरी छ । चिनीको मात्रा घटाउनु जरुरी हुन्छ । सकेसम्म कोदो, फापर, मकै, गहुजस्ता खाद्यान्नको दलिया (च्याख्ला) खाँदा स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ । चामल खानु नै परे ब्राउन राइस, पोलिसिङ्ग नगरेको वा रेड राइस खोजेर खाँदा राम्रो हुन्छ । मल्टीग्रेनबाट बनेको पाउरोटी, रोटी, बन, सफ्ट रोल, स्यान्डुज ब्रेड, हार्ड रोल, कुकिज, बिस्केट प्रयोगमा ल्याउँदा उत्तम हुन्छ । सकेसम्म तारेका वस्तु कम गर्दा राम्रो हुन्छ । कुनै पनि चिज तार्दा धेरै पटक एउटै तेल प्रयोग नगर्ने बानी बसाल्नुपर्छ । तर गाई वा भैंसीको शुद्ध घ्यू भने सेवन गर्दा कुनै बेफाइदा हुँदैन ।

बिहान–दिउँसोको खाना पर्याप्त खाए पनि साँझ भने कम खाँदा राम्रो हुन्छ । जहिले पनि साँझ सुत्नुभन्दा कम्तीमा १ घण्टाअघि खाना खानु राम्रो मानिएको छ । वैज्ञानिक अनुसन्धानका अनुसार उपवासले पनि इम्युनिटी बढाउने देखाएकाले सबैले कम्तीमा हप्ताको १ दिन उपवास गर्ने गर्नु हितकर मानिन्छ । तर ब्रत बस्ने भन्दैमा सबै चिज बन्देज गर्नुपर्छ भन्ने हुँदैन । खुराक अनुशासनमा रहेर सन्तुलित आहार लिनु नै सबैभन्दा बुद्धिमानी हुन्छ ।
     
स्वस्थ र रोग प्रतिरोधात्मक खानाका साथसाथै तपाईंले अहिलेको परिस्थितिमा आफ्नो आनीबानी र जीवनशैलीमा परिवर्तन गर्नु जरुरी छ । जसले तपाईंको इम्युनिटी पावर बढाउन मद्दत पुग्छ । शरीरमा इम्युनिटी पावर बढाउन पर्याप्त सुत्नु पनि जरुरी छ । तपाईंले महामारीको अवस्थामा कम्तीमा पनि ८ घण्टा सुत्नैपर्छ । प्रविधिको विकास र सामाजिक सञ्जालका कारण अहिलेका मनिसहरू मोबाइल चलाएर अबेर रातिसम्म नसुत्ने बानी विकास हुँदै गएको छ । यो बानी गलत हो र यसले शरीरको इम्युनिटी पावर घटाउन मद्दत पुर्‍याइरहेको हुन्छ । समयमा सुत्ने, समयमा उठ्ने बानी बसाउन जरुरी छ ।

नियमित रूपमा व्यायाम, ध्यान तथा योगा गर्नु पनि अत्यन्त जरुरी हुन्छ । आफ्नो शरीरको सरसफाईमा पनि त्यतिकै ध्यान दिनु जरुरी हुन्छ । बेला–बेला साबुन पानीले मिचिमिची हात धुनुपर्छ । घर वरिपरि सरसफाइ गर्नु जरुरी हुन्छ । सकेसम्म घर बाहिर भीडभाडमा नजाने, जानै परे पनि मास्क लगाएर जाने र सामाजिक दूरीलाई कायम राख्ने गर्नुपर्छ । आफ्नो घरमा सकेसम्म पाहुना बोलाएर भीडभाड हुने गरी कुनै कार्यक्रम नगर्ने गर्दा उत्तम र सुरक्षित हुन्छ । छिमेकीसँग पनि नियमित रूपमा असुरक्षित तबरबाट भेटघाट नगर्ने । सकेसम्म आफ्नो कौसी वा केही टाढै रहेर कुराकानी गर्ने बानी बसाल्नु जरुरी छ । सकेसम्म आफ्नो टाढाको यात्रालाई निरन्तरता नदिने । कार्यालय जानु नै पर्नेछ भने आफ्नो निजी सवारीसाधन मात्र प्रयोग गरेर जाने र सुरक्षित रूपमा कार्यसम्पादन गरेर सिधै आफ्नो घर फर्कने बानी बसाल्नु जरुरी छ । अनावश्यक तनाव नलिने र जीवनलाई सहजीकरणतिर लाने प्रयास गर्ने । कुनै रचनात्मक काममा आफूलाई व्यस्त राख्ने प्रयास गर्ने बानी बसालेमा हामी कोरोना महामारीको चपेटाबाट धेरै हदसम्म सुरक्षित रहन सक्छौं । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x