×

NMB BANK
NIC ASIA

एक हप्ताअघि अचानक काभ्रेपलाञ्चोक जिल्लामा रहेको तीनधारा झरना दर्शन गर्ने योजना बन्यो । अन्तर्राष्ट्रिय सम्बन्धका विद्यार्थी तथा असल मित्र पुरुषोत्तम पौडेलसँग तीनधारा जाऔं भन्ने प्रस्ताव राख्नेबित्तिकै स्वीकृत भएपछि शनिवार छुट्टीको दिन पारेर त्यता गइयो । 

Sagarmatha Cement
Muktinath Bank

पुरुषोत्तमजीले साथी तीर्थ निरौलालाई अनि मैले पत्नी विपुलालाई स्कूटरमा राखेर त्यता गएका थियौं । बिहान ८ बजे नयाँ बानेश्वरमा भेटेर हामी बनेपातिर लाग्यौं । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेरो दिमागमा उक्त झरना पनौती हुँदै जाने हो भन्ने परेकाले सीधै पनौती बसपार्कतिर हुइँकिएँ । तर खासमा धूलिखेल हुँदै नमो बुद्ध निस्केर जाँदा सहज हुने रहेछ । बनेपाबाट पनौतीसम्मको सडक भत्केको अनि नमो बुद्धसम्म निस्कन कष्ट परेको, अझ बाटो बिराएर अन्तै पुगेको, सम्झिँदा लाज लाग्छ । 


Advertisment
Nabil box
Kumari

तीनधारा झरना भारतको सबभन्दा सफल फिल्म बाहुबलीको पहिलो पार्टमा देखाइएको झरना झैं मनमोहक भएको भनी टिकटकमा भाइरल भएपछि मानिसहरूको ओइरो लाग्ने गरेको रहेछ । अनि त्यहाँ पुग्न खासै गाह्रो छैन भनेर अरूबाट सुनिएको थियो । तर तीनधारा पुग्ने बाटो सजिलो छैन ।

Vianet communication
Laxmi Bank

उकालो, ओरालो अनि फेरि ठाडो उकालोमा स्कूटर कुदाउन अप्ठ्यारो रहेछ । उकालो लाग्ने ठाउँमा दुईजनालाई स्कूटरले तान्न नसकेपछि विपुलालाई स्कूटर चलाउन लगाएर म चाहिँ पैदलै हिँडें । पुरुषोत्तमजीले पनि तीर्थजीलाई ओरालेर एक्लै अघि बढे ।

जबर्जस्ती स्कूटर माथि लग्दा बिग्रने डर लाग्यो अनि हामीले बाटोमा पर्ने एउटा घरमा स्कूटर राखेर पैदलै झरनासम्म पुग्ने निर्णय लियौं । टन्टलापुर घाममा हामी उकालो लागिरह्यौं । बाटोमा मोटरसाइकल, स्कूटर, ट्याक्सी, स्कोर्पियो र बोलेरो लिएर आएका मानिसको बाक्लो भीड थियो । 

अप्ठ्यारो यात्रा भएकाले किशोरी तथा युवतीहरू आफूसँग गएका किशोर र युवकहरूसँग गनगन गरिरहेका सुनिन्थे । 

स्कूटर रोकेको ठाउँबाट लगभग तीन घन्टा हिँडेपछि बल्ल हामी झरना पुगेका थियौं । बिहान आठ बजे हिँडेका हामी दिउँसो तीन बजे बल्लबल्ल झरना पुगेका हौं । 

रोशी गाउँपालिको वडा नम्बर २ मा रहेको झरना जाने बाटोको एउटा विन्दुसम्म मात्र गाडी जान सक्छ, त्यसपछि झरनासम्मको बाटो भनेको गोरेटो मात्र हो । झरना पुग्न लगभग आधा घन्टा जति त हिँड्नैपर्ने हुन्छ । 

निकै अग्लो ठाउँमा रहेको झरना पुग्ने बेलामा पानीको छङछङ आवाज सुमधुर सुनिएको थियो । अनि मानिसहरू खुशी भएर चिच्याएको आवाज पनि आएको थियो । त्यो आवाज अनि अग्लो डाँडामा शीतल हावाको स्पर्शले मेरो चित्त निकै प्रफुल्लित भयो । 

झरना नजिक पुगेपछि एकपटक झरनालाई स्पर्श गर्ने लोभ मैले संवरण गर्न सकिनँ । तर पुरुषोत्तमजीले झरनामा भीडभाड भएकाले कोरोनाको जोखिम हुने भन्दै जान अस्वीकार गरे र अलि वरै बसे । विपुलाले पनि झरना नजिक जान मन गरिनन् । 

त्यसपछि तीर्थजी र म झरनातिर गयौं । काफलडाँडाबाट वेगले झरेको पानीले चक्षु, श्रवण तथा स्पर्शजन्य आनन्द दिलाएको अनुभव भयो । दुःखकष्ट सहेर त्यहाँसम्म पुग्दा दिव्य किसिमको अनुभूति हुने रहेछ । 

झरनाले बनाएको कुण्डको पानीलाई स्पर्श गरेपछि मास्तिर चढेर झरनाको थप सामीप्यका लागि मेरो मनले आदेश दियो । चिप्लो ढुंगामा टेक्दै झरनालाई छुन खोजेको त थिएँ तर सन्तुलन नमिलेर गोडा चिप्लियो । धन्न हातले टेक्न भ्याइहालें नत्र पानीमा चोपलिएर कन्तबिजोक हुने थियो ।

ढुंगामा ठोकिएर उछिट्टिएका पानीका थोपा शरीरमा परेपछि जीवन धन्य भएको अनुभव गरें । झरनाको यत्ति नजिक पुग्नु पनि सौभाग्यकै कुरा हो भन्ने ठानेर तलतिर आएँ । 

झरनामा भीड त थियो तर एकछिन टक्क अडिएर अरू आवाजलाई बेवास्ता गर्दै पानीको मात्र आवाज सुन्दा मलाई प्रकृतिको चिन्मयी शक्तिको आभास भयो । प्रकृतिको शक्ति अपरिमेय छ । पहाडको कापलाई छेडेर जल बाहिर निस्कनु र वेगले तलतिर खस्नु आफैंमा कति अद्भुत कुरा हो !

खासमा झरनालाई देखेर मानव मन प्रफुल्लित हुनु हाम्रो विकासक्रममै कुँदिएको कुरा रहेछ । चिम्पान्जीहरूको गहन अध्ययन गर्ने वैज्ञानिक जेन गूडलले गडगडाउँदै बग्ने झरनालाई देखेर चिम्पान्जीहरू खुशीको अतिरेकमा नाचेको कुरा आफ्ना रचनामा उल्लेख गरेकी छन् । आश्चर्य र अहोभावको यो उद्रेक नै प्रकृतिपूजक धर्मको पूर्वाधार भएको उनले अनुमान गरेकी छन् । 

वैदिक संस्कृतिमा पनि जलसँगको सान्निध्यमा आध्यात्मिक ऊर्जा प्राप्त हुने प्रसंगहरू पाइन्छन् । मलाई यस सन्दर्भमा रावणले शिव भगवानको स्तुतिमा गाएको शिवताण्डवस्तोत्रको प्रसंग याद आउँछ । त्यहाँ दुईपटक रावणले ‘निलिम्पनिर्झरी’ शब्दावली प्रयोग गरेका छन् । 

यहाँ निलिम्पनिर्झरी भनेकी गंगा नदी हुन् । निर्झर अर्थात् झरनाबाट नै निर्झरी अर्थात् नदी बन्ने हो । शिवजीको जटाबाट झरनाका रूपमा भुइँतिर बग्ने गंगाजीको तटमा रहेको जंगलमा बसेर तप गर्न कहिले पाउँला भनी रावणले यहाँ प्रश्न गरेका छन् । 

व्यक्तिमा अध्यात्म जागेपछि आस्था र विचारहरू उच्चस्तरीय बन्ने र त्यसले अन्तस्करणमा अमृतको झरना बगेको जस्तो आनन्द दिलाउने गर्छ भनी आध्यात्मिक चिन्तकहरूले बताएका छन् । 

तीनधारा झरना पुग्दा अनुभूत गरेको आनन्दको सानो झिल्कोको स्मरणले मलाई यी पंक्तिहरू तयार पार्दा आध्यात्मिक आनन्द दिइरहेको छ । यसरी ममा अध्यात्मको रसप्रवाह गराएकोमा पनि तीनधारा झरनाको यात्राको वर्णन गर्न मलाई इच्छा जागेको हो । 

लगभग आधा घन्टा झरनामा समय बिताएपछि हामी फर्किन थाल्यौं । बाटोमा ससाना पसलहरू छन् । त्यहाँ उपलब्ध खानेकुरा खाँदै हामी अघि बढ्यौं । स्कूटर रोकेको ठाउँसम्म आइपुग्दा साँझ पर्न लागेको थियो । 

जाँदाखेरी गएको दाप्चाको बाटोबाट फर्कँदा ठाडो उकालो पर्ने भएकाले राति त्यस्तो बाटो हिँड्न ठीक नहुने भन्दै हामी चौकीडाँडा जाने बाटो लाग्यौं । त्यो बाटो तुलनात्मक रूपमा तेर्सैैतेर्सो पर्ने भए पनि सजिलो भने थिएन । कतैकतै ठाडो उकालो पर्थ्यो भने तीन ठाउँमा त पुल नभएको खोला तर्नुपर्थ्यो । 

अनि अँध्यारोमा अनकन्टार बाटोमा स्कूटर कुदाउँदा अलिअलि डर पनि लाग्यो । कटुन्जे बेसी नजिक आइपुग्दा मेरो स्कूटरको पछिल्तिरको चक्काले ठाउँ छोड्यो । कस्तो बित्यास पर्‍यो ! रात झपक्क परिसक्यो, अनि वर्कशप लगभग १० किलोमिटर टाढा छ । कसरी त्यहाँसम्म स्कूटर ठेल्दै लग्ने ?

धन्न, बाटोमा एकजना स्थानीय भेट भए । उनले तत्कालै एउटा मिनी पिकअप बोलाए । स्कूटर त्यसैमा राखेर हामी भकुण्डेबेंसीमा रहेको वर्कशप गयौं । पुरुषोत्तमजी र तीर्थजी त्यतैबाट हामीसँग बिदा हुनुभयो । 

धन्न, टायर पंक्चर भएको रहेनछ । एकैछिनमा स्कूटर बनिहाल्यो । 

त्यसपछि हामी धूलिखेल निस्क्यौं र साँगा हुँदै काठमाडौं आयौं । घर पुग्दा राति १० बजेको थियो । यसरी तीनधारा झरनाको यात्रा १४ घन्टामा हामीले पूरा गर्‍यौं । 

झरनासम्म जाने मोटरबाटो बनिरहेको छ त्यसैले पछिपछि त्यहाँ जानेहरूलाई सहज हुने देखिन्छ । तर गाडी पुग्ने अन्तिम विन्दुबाट झरनासम्म पुग्ने बाटो चाहिँ गोरेटो बाटो नै रहन दिने र मानिसहरूलाई छोटो ट्रेकिङका लागि प्रेरित गर्ने गरेमा प्रकृति संरक्षणमा योगदान पुग्छ जस्तो लाग्छ । नभए मानिसको भीड बढेर झरनालाई नकारात्मक असर पर्ने जोखिम छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x