×

NMB BANK
NIC ASIA

कोरोना कहर : विदेशी घुम्ने पोखरामा आन्तरिक पर्यटककै भर

असोज २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना प्रभावका कारण थलिएको पोखराको पर्यटन बिस्तारै जुर्मुराउने तयारीमा छ । बाह्य पर्यटक अभावमा पनि आन्तरिक पर्यटककोे भरमा पोखराका पर्यटकीय गतिविधि चलायमान हुन थालेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सरकारले असोज १ गतेदेखि पर्यटन क्षेत्रका गतिविधि सञ्चालन अनुमति दिएसँगै पोखरा र आसपासमा पर्यटकीय गतिविधि चलायमान हुन थालेका पर्यटन व्यवसायी बताउँछन् । पर्यटक आकर्षित गर्न पर्यटनसम्बद्ध केही संस्थाले टूर प्याकेज नै घोषणा गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पर्यटन क्षेत्रमा विशेषगरी होटल, रेस्टुरेन्ट, ट्राभल, ट्रेकिङ, साहसिक गतिविधि, पर्यटन सवारी लगायत पर्छन् । पोखराको समग्र पर्यटन क्षेत्रमा हाल १ खर्ब २५ अर्ब रुपैयाँ लगानी छ ।


Advertisment
Nabil box
Kumari

संवेदनशील क्षेत्र मानिने पर्यटन क्षेत्र कोरोना भाइरस महामारीका कारण विगत ८ महिनादेखि नराम्ररी प्रभावित बन्यो । यति ठूलो लगानी डुब्ने खतरामा रहेपछि पर्यटन व्यवसायीले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै आन्तरिक पर्यटककै भरमा आफ्ना गतिविधि बिस्तारै चलायमान बनाउन थालेका छन् । 

Vianet communication
Laxmi Bank

पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचन भन्छन्, ‘कोरोनाको जोखिमबीच पर्याप्त मात्रामा होटलहरू सञ्चालनमा नआए पनि आंशिकरूपमा सञ्चालनमा आएका छन् । पर्यटनका अन्य क्षेत्रको तुलनामा होटलमा ठूलो आकारको लगानी हुने भएकाले आन्तरिक पर्यटकले मात्रै धान्न सक्दैन । विदेशी पर्यटककै भर पर्नुपर्ने हुन्छ । तैपनि सानो आकारमा भए पनि सेवा दिन थालिएको छ ।’ तुलाचनका अनुसार पोखराका करीब ३५–४० प्रतिशत होटलले सेवा दिन थालेका छन् । 

ट्रेकिङमा जान चाहनेका लागि विभिन्न गाउँपालिकाले कोरोना जोखिमका कारण समय तोक्दै तत्काल घुम्न अनुमति नदिने गरेको र अन्य गतिविधि सञ्चालन हुन नसक्दा आन्तरिक पर्यटकहरू पनि पर्याप्त मात्रामा आउन नसकेका उनी बताउँछन् । 

पोखराको आकाशमा गत असोज १५ गतेदेखि औपचारिक रूपमा प्याराग्लाइडिङ उड्न थालेका छन् । विगत ६ महिनादेखि स्थगित उडान केही समय कोभिड–१९ विरुद्ध आवश्यक सचेतना अपनाउन परीक्षण उडानपछि औपचारिक रूपमा उड्न थालेका छन् । हाल नेपाल हवाइ खेलकुद संस्था (ना) सँग करीब ६० कम्पनी छन् । तीमध्ये आधाजसोले मात्र उडान थालेका छन् । ना अध्यक्ष कृष्ण भण्डारीले अनुसार दैनिक करीब १०० वटा प्याराग्लाइडर पोखराको आकाशमा उड्ने गरेको जानकारी दिए । प्याराग्लाइडिङ उड्नेहरू सबैजसो नेपाली हुन् ।

गत ६ महिनासम्म प्याराग्लाइडिङ रोकिँदा सो अवधिमा प्याराग्लाइडिङ व्यवसायीले समग्रमा करीब ५० करोड रुपैयाँ घाटा व्यहोर्नुपरेको भण्डारीले बताए । प्याराग्लाइडिङमा हाल करीब १ हजार जना प्रत्यक्ष रूपमा रोजगाररत छन् । ना अध्यक्ष भण्डारी भन्छन्, ‘उडान शुरू भएपछि यसले बिस्तारै गति लिनेछ । हाललाई सञ्चालन खर्च मात्र उठ्ने गरेको छ ।’

पोखरादेखि नजिकै रहेको माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमश्रृङ्खला दृश्यावलोकनसँगै साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकको रोजाइमा पोखरा पर्ने गरेको छ । पोखरामा फेवाताल, बेगनास, रुपताल लगायत महेन्द्रगुफा, चमेरेगुफा, डेभिजफल, संग्रहालय, सेती नदी, विन्ध्यवासिनी मन्दिर, तालबाराही मन्दिर, सराङकोट, विश्वशान्ति स्तुपा मुख्य पर्यटकीय गन्तव्य हुन् । नयाँ वर्ष, चाडपर्व तथा लामो समयका बिदाका समयमा देशका विभिन्न भागबाट आन्तरिक पर्यटक २–४ दिन पोखरा बिताउन आउनेक्रम पछिल्ला वर्षमा बढेको थियो ।

पोखरालाई मुख्य आधार बनाएर अन्नपूर्ण चक्रीय पदमार्ग, मर्दी हिमाल, पुनः हिल लगायतमा पदयात्रामा जाने पर्यटकले केही रात बिताउने गर्छन् । नेपाल भ्रमण वर्ष २०२० को लागि पनि ठूलो मात्रामा लगानी थपिएको थियो । नेपाल आउने करीब ४० प्रतिशत पर्यटन पोखरा नघुमी फर्किंदैनन् । अघिल्लो वर्ष करीब ५ लाख पर्यटकले पोखरा घुमेका थिए । 

कोरोना जोखिमबीच पोखराका होटलमा बस्न पूर्णतः सुरक्षित छन् भन्ने अनुभूति हुने गरी कर्मचारीलाई पनि विशेष तालिम दिइएको छ । पश्चिमाञ्चल होटल संघले नै यसअघि सुरक्षा कार्यविधि, डिजिटल मार्केटिङ, होटल सञ्चालन लगायतका विषयमा तालिम दिएको छ । गाडी र होटलमा स्यानिटाइज गर्ने, पर्यटकसँग गरिने व्यवहार, स्वास्थ्य सजगता लगायतका विषय सिकाइएको छ । 

केही होटलले आयस्रोतका लागि होटललाई क्वारेन्टीनको रूपमा पनि विकास गरेका छन् । पोखराको माउन्ट एभरेस्ट, ग्रेट पोखरा, फिस्टेल इन, होटल बाटिका, रोयल मण्डला, होटल डीलाइट इन, होटल स्वप्न बाग लगायत होटलमा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै क्वारेन्टीन सुविधा दिइएको छ । 

कोरोना संक्रमितलाई राख्नका लागि पोखराको रोयल पाम र स्टे पोखरालाई आइसोलेसन वार्डको रूपमा विकास गर्न पोखरा महानगरले तयारी थालेको जनाएको छ । नेपालमा शुक्रवारदेखि कोरोना संक्रमितको संख्या १ लाख पार भइसकेकोमा कास्कीमा भने हाल सक्रिय संक्रमितको संख्या ५०० हाराहारीमा मात्रै छ । काठमाडौं लगायत केही शहरको तुलनामा पोखरामा कोरोना संक्रमणको जोखिम केही कम रहेको पाइन्छ ।

विभिन्न सेवामा छुट प्याकेज

कोरोना महामारीबीच पर्यटन प्रवद्र्धन गर्न विभिन्न संघसंस्थाले विभिन्न प्याकेज ल्याउन थालेका छन् । नेपाल एशोशिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पोखरा र वरपरका गन्तव्य घुम्नको लागि कात्तिक १ गतेदेखि लागू हुने गरी सस्तो प्याकेज ल्याएको जनाएको छ  । 

नाट्टा गण्डकी प्रदेश अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा र वरपरका गन्तव्य कोरोनाबाट सुरक्षित रहेको सन्देश दिन आफूहरूले सस्तो प्याकेज ल्याएको बताए । कोभिड–१९ को बढ्दो संक्रमणबीच पनि पर्यटन क्षेत्र चलायमान बनाउन भ्रमण प्याकेज ल्याइएको हो । उनका अनुसार त्यस्तो प्याकेजमा २ रात ३ दिन पोखरा घुम्नेदेखि यस आसपासका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमणमा छुट दिइएको छ । पदयात्रा मार्ग, धार्मिकस्थल, शक्तिपीठलगायत धेरै पर्यटकीय गाउँ आगामी कात्तिक १ गतेदेखि खुलाउने सरकारको तयारी रहेकाले पनि आफूहरूले सो प्याकेज ल्याएको सिग्देल बताउँछन् । उनका अनुसार २ रात ३ दिन पोखरा घुम्ने प्याकेजमा प्रतिव्यक्ति ४ हजार ४ सय रुपैयाँबाट शुरू हुन्छ । ३ रात ४ दिनको पोखरा–घान्द्रुक प्याकेज छ । जसमा पोखरा प्याकेजसहित प्रतिव्यक्ति ८ हजार १५० रुपैयाँमा थप १ रात कास्कीको पर्यटकीय गाउँ घान्द्रक बस्न पाइन्छ ।

अर्को हो – ४ रात ५ दिनको मुस्ताङ प्याकेज । यस प्याकेज रोज्नेले कम्तीमा २५ हजार ५०० रुपैयाँ खर्च गर्नुपर्छ । होटल, हवाइ कम्पनी लगायत पर्यटकीय क्षेत्रसँग मिलेर घोषित विभिन्न प्याकेजमा पर्यटकलाई आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरी घुमाइने छ । लामो समयको लकडाउन र निषेधाज्ञाले मानिस घरभित्रै थुनिएको अवस्था र दशैंतिहारलगायत ठूला चाडपर्वमा लामो समय बिदा पनि हुने भएकाले मानिस पर्यटकीय क्षेत्र घुम्न रुचाउँछन् । त्यसका लागि यो उत्तम अवसर हुनसक्ने नाट्टाको दाबी छ । 

यसैगरी पोखराका होटलले कोठामा करीब ५० प्रतिशत छुट व्यवस्था गरेको होटल संघ अध्यक्ष विकल तुलाचनले बताए । विभिन्न होटलले आफ्नो रुममा करीब ५० प्रतिशत, खानामा १५ प्रतिशत, स्पामा १० प्रतिशतसम्म छुट गरेको उनी बताउँछन् । उनले भने, ‘पोखराका सबै होटलहरू सञ्चालनमा नआइसकेको र होटलहरू विभिन्न आकारका हुँदा एकरूपता दिन गाह्रो भएकाले दशैंतिहारपछि संघले नै घोषणा गरेर छुट्टै प्याकेज ल्याउने छ ।’ उनका अनुसार हाललाई सञ्चालनमा आएका होटलले आफूखुशी सेवा दिएका छन् । यसले पोखरा घुम्न आउनेहरूको लागि थोरै राहत महसूस हुनेछ ।

पोखरामा हाल करीब ७०० जति होटल छन् । तीमध्ये ४०० पश्चिमाञ्चल होटल संघमा आबद्ध छन् । विभिन्न होटलमा एउटा कोठाको लागि कम्तीमा १ हजार ५०० देखि १० हजार रुपैयाँसम्म पर्छ । 

प्याराग्लाइडिङ उड्नेले विगतको तुलनामा हाल आधा शुल्कमै उड्न पाएका छन् । नेपाल हवाइ खेलकुद संस्था (ना) ले ५० प्रतिशतसम्म छुट व्यवस्था गरेको हो । संस्थाका अध्यक्ष कृष्ण भण्डारीका अनुसार विदेशी र आन्तरिक पर्यटकको लागि क्रमशः ८ हजार ५०० र ७ हजार ५०० मध्ये उडानमा ५० प्रतिशत छुट गरिएको हो । 

नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक मौद्रिक नीतिअनुरुप सरकारले संघीय बजेटमा पर्यटन व्यवसायको पुनरुत्थानका लागि १ खर्बको पुनर्कर्जा तथा सञ्चालन खर्च तथा मजदुरको पारिश्रमिक भुक्तानीको लागि ५० अर्ब बराबरको ऋण प्याकेज दिन ढिलाइ भइसकेको पर्यटन व्यवसायीको गुनासो छ । उनीहरूले तत्काल पर्यटनको राहतस्वरुप घोषित सुविधा उपलब्ध गराउनुपर्ने माग गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x