×

NMB BANK
NIC ASIA

जब साथीमाथि गरिएको विश्वास क्षणभरमै टुट्यो… [भिडियो]

असोज २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

आफ्नै साथीले साथीको हत्या गरे भन्दा अचम्म लाग्न सक्छ । तपाईं आफ्नो मिल्ने साथीलाई आँखा चिम्लेर विश्वास गर्नुहुन्छ ?

Muktinath Bank

विश्वास गर्नुहुन्छ भने कुनै दिन गहिरिएर सोच्नुपर्ने परिस्थिति पनि नआउला भन्न सकिन्न । कहिलेकाही तपाईंको विश्वासिलो नजिकको साथीले तपाईंको ज्यान पनि लिन सक्छ । यस्तै विषयमा बनेको लघु चलचित्र "ट्रष्ट" अर्थात्   (विश्वास) सार्वजनिक भएको छ । लघु चलचित्रमा एकदमै मिल्ने दुई साथीहरू माथिको विश्वास कसरी तोडिन्छ भन्ने कुरा उतार्न खोजिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कथा एउटा क्याफेबाट शुरू हुन्छ । दुवै जना चिया पिउँछन्, बाँडेर खाजा खान्छन् । बिल तिर्ने बेलामा दुवैले तिर्न खोज्छन् । एकजनाले बिल तिरेपछि दुवै कोठामा आउँछन् अनि शुरू हुन्छ विश्वासमाथिको प्रश्न । बिल तिर्ने बेलामा साथीको पर्समा भएको आफ्नो प्रेमिकाको फोटोले कथालाई नयाँ मोड थपिदिन्छ । 


Advertisment
Nabil box
Kumari

कथाको मुख्य पात्र अर्थात घटनाको मुख्य कारण प्रेमिका भएतापनि  उनको भुमिकालाई तस्बिरमार्फत देखाउन खोजिएको छ । धेरै केटीहरु खेलाईराख्ने साथीले आफ्नै प्रेमिकालाई पनि नछोडेपछि विश्वास र सम्बन्ध टुट्ने मात्र हैन ज्यान लिन पनि पछि हट्दैन भन्ने कुरालाई देखाइएको छ ।

Vianet communication
Laxmi Bank

एउटा बन्द कोठाभित्र दुई साथीबीचको द्वन्द्वात्मक दृश्यले धेरैको मन सिरिङ्ग बनाईदिन्छ, जसकारण पोष्टरमा १६ वर्षमाथिकालाई मात्र हेर्न प्रेरित गरिएको छ । घटनाको रहस्य अन्तीममा मात्र खुल्दै जान्छ, जसकारण कथावस्तु सरल रुपमा सजिलै बुझ्न कठिन हुन्छ । 

कुनै संवाद प्रयोग नगरिएको यस लघुचलचित्रमा समाजमा हुन सक्ने घटनाको प्रतिनिधित्व गरेर घनिष्ठ साथीको विश्वासमाथि प्रश्न उठाइएको छ । दुई आत्मिय साथीको विश्वास कसरी टुट्छ भन्ने विषयलाई उठान गरिएको छ ।

करिब १३ मिनेट लामो लघुचलचित्र हेरिरहँदा आफ्नै साथीको विश्वासलाई एकपटक सोच्न बाध्य बनाउँछ । निर्माण पक्ष केही कमजोर देखिए तापनि चलचित्र हेरिरहँदा दर्शकलाई कौतुहलता जगाइरहन्छ । समग्र रुपमा यसबाट दर्शकलाई सन्देश दिने भन्दा पनि सचेत तुल्याउन प्रेरित  गरेको भेटिन्छ ।

सञ्चारकर्मी  तथा रंगकर्मी मोहन अभिलाषीको लेखन तथा निर्देशनमा बनेको चलचित्रको छायांकन रामकृष्ण चौँलागाइँले गरेका हुन् । क्याफे, कोठा र पार्कमा छायांकन गरिएको यस लघु चलचित्रमा मोहन अभिलाषी, मोहन श्रेष्ठ, मुकेश हमाल, प्रेम श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

हेर्नुहोस् भिडियो


 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x