×

NMB BANK
NIC ASIA

दशैं बजार

माग हेरेर दुई लटमा खसीबोका ल्याउने तयारीमा व्यवसायी, पहिलो लट घटस्थापनादेखि बजारमा

असोज २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना महामारीकै बीचमा मुलुकभर दशैंको माहोल शुरू भएको छ । दशैं नजिकिएसँगै यसका लागि आवश्यक तयारी शुरू हुन थालिसकेको छ ।

Sagarmatha Cement
Muktinath Bank

पेशा/व्यवसाय तथा अध्ययनका लागि शहरमा रहेका मानिसहरू दशैं मान्नका लागि घर फर्किने क्रम शुरू भइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महामारीकै बीचमा दशैंका लागि भनेर काठमाडौं उपत्यकामा ५५ हजारभन्दा बढी खसीबोका आयात हुने भएका छन् । 


Advertisment
Nabil box
Kumari

व्यवसायीहरूका अनुसार, घटस्थापना (कात्तिक १ गते) सम्ममा काठमाडौं उपत्यकामा खसी बोका तथा भेडाच्यांग्रा आइपुग्नेछन् ।

Vianet communication
Laxmi Bank

कोरोना महामारीका कारण क्रयशक्ति घटेको भन्दै एकै लटमा धेरै खसीबोका ल्याउन व्यवसायीहरू हच्किएका देखिन्छन् ।

पहिला निश्चित संख्यामा ल्याउने अनि बजारको माग हेरेर थप खसीबोका ल्याउने तयारी व्यवसायीहरूको छ ।

उपत्यकावासीलाई ५५ हजार खसीबोका

काठमाडौं चौपाया खरिद प्रालिका अध्यक्ष जनक खड्काले घटस्थापनाको दिनसम्ममा काठमाडौं उपत्यकाका लागि करीब ५५ हजारको संख्यामा खसीबोका आइपुग्ने जानकारी दिए । 

विगतमा पनि ५५ हजारकै हाराहारीमा खसीबोका आयात भएको बताउँदै व्यवसायीहरूले अहिले पनि सोही परिमाणमा खसीबोका आयात गर्ने उनको भनाइ छ । 

लोकान्तरसँग उनले भने, ‘विगतमा जस्तै हामीले ५५ हजार खसीबोका ल्याउने तयारी गरेका छौं ।’

उनका अनुसार, अहिलेको दशैंमा च्यांग्रा भने कम परिमाणमा ल्याइने छ । ‘च्यांग्राको माग काठमाडौंमा धेरै भएको छैन, पोखरातिर चाहिँ यसको माग छ,’ उनले भने ।

उनका अनुसार, गत वर्षको दशैंमा काठमाडौं उपत्यकाका लागि ७ हजार च्यांग्रा ल्याइएको थियो ।

‘अहिले माग कम भएका कारण कति ल्याउने भन्ने नै यकिन हुन सकेको छैन, अहिलेसम्म २ हजार मात्रै ल्याउने कुरा छ,’ उनले भने ।

यस्तै, सहुलियत दरमा खसीबोका बिक्री गर्नका लागि सरकारले पनि खसीबोका आयात गर्ने गरेको छ ।

गत वर्षहरूमा पनि खसीबोका बिक्री गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष ३ हजार खसीबोका तथा च्यांग्रा विक्री गर्ने तयारी गरेको छ । 

गत वर्षको जस्तै यस वर्ष पनि लिमिटेडले ३ हजार नै खसीबोका तथा च्यांग्रा खरिद बिक्री गर्ने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए । 

लोकान्तरसँग उनले भने, ‘गत वर्षमा पनि हामीले ३ हजार खसीबोका तथा च्यांग्रा वितरण गरेका थियौं, अहिले पनि लक्ष्य त्यति नै छ । तर शुरूमा १ हजार खसीबोका र १ हजार च्यांग्रा ल्याउनेछौं ।’

उनका अनुसार, शुरूमा ल्याइने भनिएका खसीबोका तथा च्यांग्रा घटस्थापना (कार्तिक १)सम्ममा काठमाडौं आइसक्नेछन् । त्यसपछिको बजार माग हेरेर लिमिटेडले खसीबोका थप गर्ने उनको भनाइ छ । 

बजारमा कोरोना असर

व्यवसायीहरूले गत वर्षकै जसरी खसीबोका आयात गर्न लागेपनि बजारमा माग भने निकै कम छ । 

बजारमा माग निकै कम देखिएको भन्दै व्यवसायीहरू कोरोना महामारीले गत वर्षमा जस्तो यसपालि कमाइ नहुने चिन्ता व्यक्त गर्छन् ।

काठमाडौं चौपाया खरिद प्रालिका अध्यक्ष खड्का गत वर्षमा जस्तो अहिले माग बजारमा नभएको बताउँछन् । 

‘कोरोना महामारीकै बीचमा दशैं छ, खसीबोकाको माग पहिलेको तुलनामा निकै कम देखिन्छ’, उनले भने ।

बजारमा खसीबोकाको माग हेरेर परिमाण थप्ने भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि बजार समय पर्खेर बसेको छ । कोरोनाले बजारमा असर पारेको भन्दै माग कम हुने लिमिटेडको अनुमान छ । 

लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुवेदी भन्छन्, ‘महामारीको समय छ, बजार माग कम हुने अनुमान गरिएको छ, त्यसकारण पनि बजार माग हेरेर हामी संख्या थप गर्छौं ।’

२५ हजार भए पुग्ने अनुमान 

नेपाल चौपाया खरिदबिक्री सेवा संघका अध्यक्ष भानुभक्त पराजुली यसपालि दशैंमा २५ हजार जति खसीबोकाले उपत्यकाको माग धान्ने बताउँछन् । 

‘गत वर्षको तुलनामा अहिले माग धेरै कम छ, असार साउन र भदौ महिनामा पनि मासुको बिक्री कम छ । त्यसकारण २५ हजार हाराहारीमा खसीबोकाको माग रहने अनुमान गरिएको छ,’ लोकान्तरसँग उनले भने  ।

पश्चिमबाट धेरै खसी आउने उनी बताउँछन् । सुर्खेत, जाजरकोट, सल्यान, रुकुम, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतबाट बढी मात्रामा खसीबोका काठमाडौंमा आयात हुने गरेको छ । 

यस्तै धादिङ, चितवन, सिन्धुपाल्चोक, काभ्रे लगायतका जिल्लाहरूबाट पनि काठमाडौंमा खसीबोका भित्रिने गरेका छन् । 

वार्षिक ६ लाख काटिन्छन् खसीबोका !

पशु सेवा विभागका अनुसार काठमाडौं उपत्यकामा दशैंमा करीब ५० हजारको संख्यामा खसीबोका आवश्यक हुन्छ । 

विभागका महानिर्देशक डा. वंशी शर्माले लोकान्तरसँग भने, ‘काठमाडौं उपत्यकामा वार्षिक ६ लाख खसीबोका काटिन्छन् भने दशैंमा मात्रै ५० हजार खसीबोका आवश्यक हुन्छ ।’

उनका अनुसार, वार्षिक रूपमा नेपालमा ३३ लाख खसीबोका काटिन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x