×

NMB BANK
NIC ASIA

अस्पताल भरिएको मौका छोप्दै होटल व्यवसायी, विज्ञापन गरेरै कोरोना संक्रमितलाई निम्तो !

असोज २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरस (कोभिड– १९) संक्रमित बिरामीहरूले अस्पतालका बेड भरिँदा होटल व्यवसाय चलायमान हुन थालेको छ । 

Muktinath Bank

मुलुककै ठूला अस्पतालमा समेत जटिल प्रकृतिका नयाँ कोरोना संक्रमितका लागि बेड अभाव हुँदा संक्रमितहरू होटलतर्फ जान बाध्य भएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना महामारीका कारण गत माघदेखि प्रभावित बनेको नेपालको होटल व्यवसाय महामारीकै बीचमा चलायमान हुन थालेको छ । 


Advertisment
Nabil box
Kumari

मुलुकमा कोरोना संक्रमितहरूको संख्या १ लाख नाघिसकेको छ । दिनदिनै कोरोना संक्रमितको दर बढ्दै जाँदा अस्पतालमा बेड अभाव भएको अस्पतालहरूले बताउँदै आएका छन् । 

Vianet communication
Laxmi Bank

काठमाडौं उपत्यकामा रहेका अधिकांश सरकारी तथा निजी अस्पतालका बेडहरू भरिएका छन्, जसका कारण अन्य नयाँ संक्रमितहरू होटलमा क्वारेन्टीन तथा आइसोलेसनमा बस्न थालेका हुन् । 

वीर अस्पतालकै स्टाफहरूको बसाइ होटलमा 

मुलुककै जेठो अस्पतालका रूपमा रहेको वीर अस्पतालमा पनि बेड अभाव भएको छ । जसका कारण कोरोनाका संक्रमितलाई त्यहाँ बेड पाउने अवस्था नरहेको अस्पतालले जनाएको छ । अस्पतालले हालसम्म जसोतसो बेडको व्यवस्थापन गर्दै आएको भएपनि अब भने नयाँ संक्रमितलाई बेड अभाव नै हुने देखिएको बताएको छ । 

अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले अस्पतालले अहिले जसोतसो बेड व्यवस्थापन गरेको भएपनि अब धान्न मुस्किल भइरहेको लोकान्तरलाई बताए । उनले भने, ‘हामीले अहिलेसम्म जसोतसो धानिरहेका छौं, तर बिस्तारै असहज हुँदै गएको छ ।’

अस्पतालले केही दिन अघिदेखि नै आफ्ना स्टाफहरूलाई होटलमा पठाइसकेको छ । 

‘कतिपय संक्रमण मुक्त भई फर्किसकेका छन् भने कतिपय अहिले पनि होटलको आइसोलेसनमै छन्,’ लोकान्तरसँग डा. सेञ्चुरीले भने । 

उनले अहिले खाली बेड नभएको भन्दै अब नयाँ संक्रमित आएको समयमा अरू अस्पतालमा जानुपर्ने बताए । 

उनले भने, ‘कोरोना संक्रमित राख्नका लागि पहिला हामीलाई फोन अर्थात् केही जानकारी आउँछ, यहाँ बेड छैन भनेपछि अन्त खोज्नुपर्ने हुन्छ । अहिले हाम्रोमा बेड खाली छैन ।’

उनका अनुसार, अस्पतालका ३० जनासम्म वा कहिले काहीँ त्योभन्दा थोरै स्टाफहरू होटल क्वारेन्टीनमा पठाउने गरिएको छ । ‘हाम्रो अस्पतालमा बेड खाली छैन, जसोतसो म्यानेज गरौं, बिरामीलाई बेड अभाव हुन नदिऔं भनेर हामीले संक्रमित स्टाफहरूलाई सुरक्षित रूपमा होटल आइसोलेसनमा राखेका हौं,’ उनले भने । 

उनले अस्पतालको बेड व्यवस्थापन गर्ने विषयमा सरकारले निर्णय गर्नुपर्ने बताए ।

यता निजी अस्पतालहरूले पनि बेड अभाव हुन थालेको बताउन थालेका छन् ।

एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिट्युसन अफ नेपाल (अफिन)का उपाध्यक्ष कुमार थापाले संक्रमितहरूको संख्या बढ्दै जाँदा अस्पतालमा बेड अभाव हुन थालेको बताए । 

विज्ञापन नै गरेर कोरोना संक्रमितलाई निम्ता !

अस्पतालहरूमा बेड भरिएसँगै होटलमा कोरोना संक्रमितको बास हुन थालेको छ ।

कतिपय होटलहरूले त क्वारेन्टीनका लागि हामीलाई सम्पर्क गर्नुहोस् भन्दै आफ्नो वेबसाइटमा सम्पर्क नम्बरसहितको सूचना राख्न थालिसकेका छन् । 

होटल सांग्रिला, होटल ट्रेकर्स होम लगायतले सूचना नै राखेर कोरोना संक्रमितलाई ‘निम्ता’ गरिरहेका छन् । 

होटल सांग्रीलाले क्वारेन्टीनमा बस्नका लागि भाइबर तथा ह्वाट्सएपमा सम्पर्क गर्नुहोस् भन्दै आफ्नो वेबसाइटमा मोबाइल नम्बर राखेको छ । 

सो नम्बरमा फोन गरेर बुझ्दा उसले अहिलेसम्म आफूहरूले पीसीआर नेगेटिभ आएकालाई मात्रै क्वारेन्टीनमा राख्ने गरेको दाबी गरेको छ ।

कान्तिपथको होटल एल्लो पगोडाले लक्षण भएका र नभएका संक्रमितलाई छुट्टाछुट्टै भवनमा राख्ने गरेको छ ।

होटलका एक कर्मचारीका अनुसार, सो होटलमा कोरोना संक्रमित भएकाहरूमध्ये लक्षण देखिएकालाई र लक्षण नभएकालाई  छुट्टाछुट्टै आइसोलेसनको व्यवस्था छ । 

होटलले प्रतिव्यक्ति प्रतिदिनका दरले ६ हजार २ सय ७२ रूपैयाँ आइसोलेसन शुल्क लिन्छ । यस्तै दुई व्यक्ति बसेमा दुई जनाको ७ हजार ४ सय ५८ रुपैयाँ शुल्क लिन्छ ।

कर्मचारीले दिएको जानकारी अनुसार, होटलमा चिकित्सकको समेत सुविधा छ । चिकित्सकको सुविधा लिनका लागि ग्राहकले थप २ हजार प्रतिदिन शुल्क तिर्नुपर्नेछ । यद्यपि टेलिफोनमा मात्रै चिकित्सकसँग परामर्श लिने हो भने कुनै शुल्क लाग्ने छैन । 

होटलका अनुसार हालसम्म कोरोना संक्रमितमध्ये लक्षण देखिएका मात्रै एक सय जनाको हाराहारीमा सो होटलमा रहेका छन् ।

यस्तै ५० जनाभन्दा बढी लक्षण नदेखिएका संक्रमित पनि होटलमा रहेका छन् । उनीहरूको क्वारेन्टीन अलग–अलग बनाइएको होटलले जनाएको छ । 

यस्तै ठमेलमा रहेको होटल ट्रेकर्स होमले पनि क्वारेन्टीनमा बस्नका लागि सजिसजावट तरिकाले होटलको विज्ञापन गर्ने गरेको छ । ‘के तपाईंलाई कोरोना भाइरस पुष्टि भएको छ ? यदि छ भने आइसोलेसन रूमका लागि हामीलाई सम्झनुहोस्,’ उसले सामाजिक सञ्जालमा शेयर गरेको छ । जसमा सम्पर्क नम्बर सहित होटलभित्रको बेडसहितको कोठा देखाइएको छ । 

होटलले प्रतिदिन ४ हजार रुपैयाँका दरले कोरोना संक्रमितलाई आइसोलेसन रूम दिने गरेको पाइएको छ । होटलका एक कर्मचारीका अनुसार, १ जनाको ४ हजार (भ्याटबाहेक) र  २ जनाका लागि ३/३ हजार (भ्याटबाहेक) शुल्क तिर्नुपर्ने हुन्छ । 

होटलले संक्रमितलाई आवश्यक परेका शुल्क लिएर चिकित्सकलाई उपलब्ध गराउने छ । चिकित्सकको निगरानीमा रहने हो भने संक्रमितले ‘पर भिजिट’  २ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने ती कर्मचारीले बताए । 

यी बाहेक अस्पताल आसपासका धेरै होटलहरूमा कोरोना संक्रमित राख्ने गरेको पाइएको छ ।

काठमाडौं सुन्धारा आसपासका होटलहरू, गौशाला, एयरपोर्ट नजिक रहेका होटलहरूमा पनि कोरोना संक्रमित राख्ने गरेको पाइएको राष्ट्रिय होटल व्यवसायी महासंघका एक पदाधिकारीले लोकान्तरलाई जानकारी दिए । 

कोराना महामारी शुरू भएसँगै सरकारले विदेशबाट उद्दार गरेर ल्याएका मानिसलाई होटल क्वारेन्टीनमा राख्दै आएको थियो, अहिले पनि त्यो जारी नै छ । 

उद्दार उडानमार्फत नेपाल आएकाहरूसँगै अहिले होटलले अस्पतालबाट कोरोना संक्रमितलाई लैजाने गरेको होटल व्यवसायीहरूले नै बताउन थालेका छन् । 

‘अस्पताल आसपासका अधिकांश होटलमा आपसी समझदारीमा कोरोना संक्रमित बस्ने गरेको पाइएको छ,’ एक होटल व्यवसायीले लोकान्तरसँग भने ।

अहिले होटलहरूमा विदेशबाट आउने मानिसभन्दा अस्पतालबाट गएका संक्रमितको संख्या धेरै रहेको छ ।

महासंघमा छैन खबर !

यद्यपि होटल व्यवसायी महासंघका बाग्मती प्रदेश महासचिव दामोदर नेपाल अहिलेसम्म अस्पतालबाट बिरामीहरू होटलमा बसेकोबारे जानकारी नआएको बताउँछन् ।

लोकान्तरसँग उनले भने, ‘पछिल्ला दिनहरूमा अस्पतालबाट बिरामी आएर होटलमा राखेको त जानकारी आएको छैन । त्यो राखेको हुँदा पनि जानकारी नपठाइएको हुन सक्छ । आफ्ना सम्पर्कमा गएर बसेकाहरू पनि हुन सक्छन्, हामी यसबारे बुझ्छौं ।’

यता होटल्स एसोसिएसन नेपाल (हान)का  उपाध्यक्ष विनायक शाह कोरोना संक्रमितहरू होटलमा बस्ने गरेको कुरा आइरहेको भएपनि आधिकारिक रूपमा यसबारे होटलहरूले हानलाई जानकारी नगराएको बताउँछन् । 
उनले भने, ‘सरकारले संक्रमित केस राख्न दिएको छैन, हामीलाई पनि जोखिम हुन्छ । हामीकहाँ यस्तो छैन ।’

आर्थिक रूपमा सहज 

महामारीका कारण आर्थिक संकटमा परेका होटल व्यवसायीहरू अहिले भने केही व्यापार भएको बताउँछन् । अस्पतालबाट आएका बिरामीहरूलाई सेवासुविधासहित होटलमा राख्दा आर्थिक रूपमा केही सहज भएको व्यवसायीहरू बताउँछन् । 

लोकान्तरसँग एक होटल व्यवसायीले भने, ‘गत माघदेखि बन्द हुँदा समस्या भइरहेको थियो, अहिले घरभाडा र कर्मचारीलाई तलब दिन सक्ने हुँदैछौं ।’ 

उनले सुरक्षित तबरले होटलहरूले संक्रमितलाई आइसोलेसनको सुविधा दिँदा राज्यलाई नै सहज हुने बताउँदै यसमा राज्यले सहयोग गर्नुपर्नेमा जोड दिए । 

बेडको व्यवस्थापन कहिले ? 

कोरोना संक्रमित बढ्दै जाँदा अस्पतालहरूमा बेडको अभाव हुन थालिसकेको छ । तर यसको व्यवस्थापन गर्न सरकारलाई हम्मेहम्मे परिरहेको छ । यद्यपि सरकारले पनि होटलहरूसँग सहकार्य गरेर अगाडि बढ्ने नीति लिने तयारी गरिरहेको बताएको छ । 

कोभिड १९ क्राइसिस् म्यानेजमेन्ट सेन्टरका प्रवक्ता महेन्द्र गुरागाईंले नयाँ पूर्वाधार थप्न खर्च बढी लाग्ने भन्दै अहिले मुलुकमा भएकै स्रोत साधनको प्रयोग गर्नेतर्फ सरकारले सोचेको बताए ।

उनले लोकान्तरसँग भने, ‘नयाँ पूर्वाधार बनाउन खर्च हुन्छ, जे छ त्यसलाई प्रयोग गर्ने नीति छ । होटलहरूबाट पनि कुरा आइरहेको छ, हामी यसलाई छिट्टै व्यवस्थापन गर्छाैं ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x