कंगना रनावतले बलिउडमाथि गरिन् कडा प्रहार

कंगना रनावतले बलिउडका स्टार र सुपरस्टारहरूसँग जोरी खोजेर चर्चा कमाउने गरेकी छन् । 

आफ्ना निडर र स्पष्ट बयानका लागि उनी प्रसिद्ध छिन् र दिनदिनै कुनै न कुनै स्टारलाई निशाना बनाइरहेकी हुन्छन् । 
 


Advertisement

कंगनाले नातावाद, कृपावाद र लागूऔषध संस्कृतिको कुरा उठाउँदै बयान दिएकी छन् । 

बलिउडका सुपरस्टारहरू र तिनका प्रोडक्सन हाउसहरूले शीर्ष मिडिया कम्पनीहरूमाथि बदनामीको आरोप लगाउँदै सोमवार मुद्दा दर्ता गरेपछि कंगनाको बयान आएको छ । 


Advertisement

उनले एकपछि अर्को ट्वीट गर्दै बलिउड लागूऔषध, नातावाद र जिहादको नाली भएको बताइन् । यसलाई सफा गर्नुको साटो बलिउडले लियो बदला भन्दै हल्ला गर्ने गरिएको छ । ममाथि पनि मुद्दा हालिदिए हुन्छ तर तिमीहरू सबैको भण्डाफोर गर्छु ।

उनले अर्को ट्वीटमा लेखिन्, ‘ठूला स्टारहरूले महिलालाई वस्तुकरण गर्ने मात्र नभई युवतीहरूको शोषण गर्छन् अनि सुशान्त सिंह राजपूत जस्ता कलाकारलाई अघि बढ्न दिँदैनन् । उनीहरू ५० वर्षको उमेरमा पनि

किशोरकिशोरीको भूमिका गर्न चाहन्छन् । उनीहरूका सामु केही गलत भइरहेको छ भने पनि कुनै अडान लिँदैनन् ।’

कंगनाका अन्य कडा ट्वीटहरू पनि आएका छन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्