×

NMB BANK
NIC ASIA

हेल्मेटले दिएको एउटा ‘क्लू’ जसलाई पछ्याउँदा सफल भयो प्रहरीको ‘अपरेसन रक्स’ !

असोज २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

असोज २१ साँझ पौने ५ बजेको समयमा रमेश तामाङ र प्रेम तामाङ चाँगुनारायण नगरपालिका– ८ मा रहेको चन्द्रबहादुर योञ्जनको पसलमा पुगे ।

Muktinath Bank

‘आमै बीयर छ ?’ प्रेम तामाङले चन्द्रबहादुरकी श्रीमतीलाई सोधे । चन्द्रबहादुर र उनकी श्रीमती कान्छी योञ्जन पसलपछाडि करेशाबारीमा धनियाँ टिप्दै थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूको सोधाइ देख्दा कान्छीलाई बीयर दिन मन त रहेन छ, तर के गर्नु बाहिरैबाट देख्ने गरी राखिएको थियो ।


Advertisment
Nabil box
Kumari

‘तिनीहरूको पारा देख्दा त बीयर छैन भनौं जस्तो लागेको थियो, तर देख्ने गरी राखिएको थियो, बुवा (श्रीमान)ले गएर दिनुभयो,’ कान्छी योञ्जनले लोकान्तरसँग भनिन् । 

Vianet communication
Laxmi Bank

चन्द्रबहादुर पसलमा गएर एउटा बीयर दिए । उनीहरूले गिलासमा हालेर अलिकति खाए । चुरोट पनि खाए । त्यही क्रममा उनीहरूले आफूहरूसँग ग्राहक आएकाले जग्गा चाहिएको बताए । 

जग्गाको कारोवार समेत गर्दै आएका चन्द्रबहादुरले आफूसँग जग्गा भएको बताए । उनीहरू त्यहाँबाट चाँगुनारायण नगरपालिका– ९ स्थित सुडालमा भएको जग्गा हेर्न पुगे ।

चन्द्रबहादुर जग्गा देखाउन के लाग्दै थिए, प्रेम तामाङ र रमेश तामाङले ‘तैँले शेर्पा दाइको पैसा दिइनस् रे, दिन्छस् कि के भन्छन् ?’ भन्दै कुटपिट गर्न थाले ।

चन्द्रबहादुर, प्रेम र रमेशबीच केही समय हानाहान भयो तर एक्लै रहेका चन्द्रबहादुरको केही चलेन । मरणासन्न हुने गरी कुटिए ।

प्रेम र रमेशको ध्यान चन्द्रबहादुरले लगाएको ब्रासलेटमा गयो । उनीहरूले त्यो पनि थुतेर लगे । 

बेहोश भएका चन्द्रबहादुरलाई पसल नजिकैकी एक जना महिलाले देखिन् र परिवारलाई खबर गरिन् ।

उनी बेहोश अवस्थामा थिए । टाउको र पेटबाट रगत आएको थियो ।

पहिला त चन्द्रबहादुरलाई ठिमी अस्पतालमा लगियो । त्यहाँ उपचार नहुने देखिएपछि अस्पतालले ग्रिनसिटी अस्पतालमा रिफर गर्‍यो ।

अर्को बिहान अर्थात् असोज २२ गते चन्द्रबहादुरको मृत्यु भएको खबर डाक्टरले बिहान ५ बजे परिवारलाई दिए ।

त्यो बेलासम्म परिवारका कुनै पनि सदस्यले कसले कुटपिट गर्‍यो ? किन गर्‍यो ? भन्ने अनुमान समेत लगाउन सकेनन् । 

त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरे । प्रहरीले सबै कुरा सोध्दा २ जना युवा आएको र उनीहरूसँगै गएको बताए । 

चन्द्रबहादुरको परिवारले ती दुई युवालाई नचिनेकाले उनीहरू को थिए समेत भन्न सकेनन् । 

प्रहरीले नजिकै भएको सीसीटीभी फूटेज खोज्यो । बल्लबल्ल पसलको बाहिर टेबलमा राखेको मोटर साइकलको हेटमेटको फोटो भेट्टायो । 

हेलमेटमा आरओएक्स लेखिएको ‘क्लू’ फेला पर्‍यो । त्यसपछि महानगरीय अपराध महाशाखाले त्यसलाई ‘अपरेशन रक्स’ नाम दियो ।

महाशाखाको टोली त्यही क्लूका आधारमा अपराधीहरूको खोजीमा लाग्यो । 

उपत्यकामा भएका सीसीटीभी, टेक्निकल अनुसन्धान र भौतिक अनुसन्धानपछि सिन्धुपाल्चोक चौतारा बतासे नगरपालिका– २ का २३ वर्षीय रमेश तामाङ र रामेछाप भएका २७ वर्षीय प्रेम तामाङलाई काठमाडौंको बौद्ध क्षेत्रबाट सोमवार पक्राउ गरेको महाशाखाले आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै जानकारी दियो ।

‘अनुसन्धान गर्दै जाँदा उनीहरूलाई बौद्ध क्षेत्रबाट पक्राउ गरेका हौं,’ महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने ।

उनीहरूको साथबाट प्रहरीले बा ९६ प ७११४ नम्बरको एनएस २०० मोटरसाइकल र ५४ हजार ६ सय रुपैयाँ बरामद गर्‍यो । उनीहरूले चन्द्रबहादुरबाट लुटेको सुन १ लाख ५५ हजारमा बिक्री गरेको समेत खुल्यो ।

उनीहरूलाई पक्राउ गरेपछि घटनाको मुख्य कुरो बल्ल प्रहरीले थाहा पायो ।

उनीहरूलाई सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका– २ का लेखर्क घर भई हाल काठमाडौं बस्ने शेर्पा भन्ने कामी लामाले चन्द्रबहादुरलाई धम्क्याएर कुटपिट गर्न पठाएका रहेछन्, अर्थात मुख्य योजनाकार कामी लामा भएको खुल्यो ।

कामी र चन्द्रबहादुर सँगसँगै जग्गाको कारोवार गर्दै आएका रहेछन् । त्यही बीचमा एउटा जग्गाको बैना १५/१६ लाख रुपैयाँका विषयमा उनीहरूबीच विवाद भएको रहेछ ।

त्यो पैसाका लागि कामीले रमेश र प्रेमलाई कुटपिट गर्न पठाएको अनुसन्धानमा देखिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताए ।

‘मुख्य योजनाकार शेर्पा भन्ने कामी लामा भएको देखिन्छ,’ एसपी कार्कीले भने, ‘यी २ जना पक्राउ परेपछि मात्र मुख्य कुरा खुल्न आयो ।’

प्रहरी कामी लामालाई चाँगुनारायणबाट पक्राउ गरेको थियो । प्रहरीले आज पत्रकार सम्मेलन गर्दै तीनै जनालाई सार्वजनिक गरेको छ ।

प्रहरीले उनीहरूको साथबाट घटनामा प्रयोग भएको मोटरसाइकल, ५४ हजार ६ सय रुपैयाँ, १ तोला २ लाल सुन र आरओएक्स लेखिएको हेल्मेट बरामद गरेको महाशाखाले जनाएको छ ।

१८ गते नै रेकी

मुख्य योजनाकार कामी तामाङले चन्द्रबहादुर योञ्जनको घर र मानिस चिनाउन असोज १८ गते उनको पसलमा लगेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । 

कामीले प्रेम र रमेशलाई १८ गते परैबाट चन्द्रबहादुरको पसल र उनलाई चिनाएर फर्किएको प्रहरीको प्रारम्भिक बयानमा बताएको प्रवक्ता एसपी ईश्वर कार्कीले बताए ।

पक्राउ परेपछि थाहा पाए चन्द्रबहादुर मरेको खबर

कुटपिट गरेपछि चन्द्रबहादुरको ब्रासलेट र मोबाइल लुटेर भागेका प्रेम तामाङ र रमेश तामाङ अनि मुख्य योजनाकार कामी लामालाई प्रहरीले पक्राउ गरेपछि मात्र चन्द्रबहादुरको मृत्यु भएको थाहा भएको रहेछ ।

‘चन्द्रबहादुर मरेको खबर उनीहरूले पक्राउपछि मात्र थाहा पाएको देखिएको छ,’ प्रवक्ता कार्कीले लोकान्तरसँग भने ।

हत्यामा संलग्न २ जनाले आफूहरूलाई कामी लामा र अर्को एक जनाले कुटपिट मात्रै गर्न भनेको बताएको प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x