×

NMB BANK
NIC ASIA

फुटबलका कप्तान किरणको आक्रोशः फुटबल खेल चिल्लो गाडीमा बसेर गफ लगाएजस्तो होइन

असोज २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel


कोरोना कहरको नाममा लामो समय सम्पूर्ण खेल गतिविधि नै ठप्प भएपछि खेलाडीहरुले आक्रोश पोख्न थालेका छन् । तोकिएको मापदण्ड पूरा गरी खेल गतिविधि सञ्चालन गर्न सकिने भएपनि सरोकारवालाले चासो नदेखाएको खेलाडीहरूको गुनासो छ ।
राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेमजोङले सार्वजनिक रुपमा असन्तुष्टि पोख्दै फुटबल मात्रै नभएको सम्पूर्ण खेल गतिविधि मापदण्ड पूरा गरी सुचारु गर्न अनुरोध गरेका छन् । उनले खेलसँग सम्बन्धित जिम्मेवार निकायमा बसेका पदाधिकारीले खेल क्षेत्र सुचारु गर्न चासो नदेखाएको आरोप समेत लगाएका छन् ।

Muktinath Bank

‘फुटबल मात्रै नभएर सम्पूर्ण खेलकुद मापदण्ड पुरा गरी सुचारु गर्न अनुरोध गर्दछु, एन्फाका पदाधिकारी र खेलकुद मन्त्री समेतलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक आह्वान गर्दै उनले मंगलबार भनेका छन्, ‘किन एकान दोकान गर्दै हुनुहुन्छ, के खेलाडी सधैँ मर्ने हो भने तपाईंहरुले सम्बन्धित निकायमा बसेको के अर्थ रह्यो र ?’ उनले  ‘खेलाडी सधैं काठमाडौँको धुलोमा तपाईंहरु चै चिल्लो गाडीमा ?’ भन्दै आक्रोश पोखेका छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशको नाम खेलकुद र खेलाडीले चिनाउने स्मरण गराउँदै उनले खेल क्षेत्र चलायमान नहुँदा खेलाडीले खेल्नै बिर्सिसकेको धारणा राखेका छन् । उनले भनेका छन्, ‘फुटबल खेलाडीले खेल्न बिर्सिसके । सरकार फुटबल राजनीति जस्तो होइन । फुटबलमा  खुट्टा र दिमाग लगाएर खेल्ने गरिन्छ । चिल्लो गाडीमा बसेर गफ लगाए जस्तो सजिलो हुन्न । २ खुट्टा चलाए घरपरिवार हेर्नुपर्ने हुन्छ  । ७ महिनादेखि बेरोजगार भएका खेलाडीको क्षतिपूर्ति कसले दिन्छ ?’


Advertisment
Nabil box
Kumari

उनले खेल गतिविधि नहुँदा खेलाडी पलाउन हुने खतरा रहेको औंल्याउँदै अहिले रंगशाला फिल्म, म्युजिक भिडियोलगायतका सुटिङ हुने स्थल बन्न पुगेको भन्दै आक्रोश पोखेका छन् ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x