लुुम्बिनी प्रदेश लोक सेवा आयोग बुटवलले पहिलो पटक स्वास्थ्य र इन्जिनीयरिङतर्फ विज्ञापन आह्वान गरी कर्मचारी माग गरेको छ ।
स्वास्थ्यको आठौं तहतर्फ ४९ जना र सातौंतर्फ १५ जनाको कर्मचारी माग गरेको हो । सातौंतर्फ नर्सिङ, फिजियोथेरापिस्ट, ल्याब टेक्नोलोजिस्ट माग गरिएका छन् ।
इन्जिनीयरिङतर्फ ३२ जना आठौं तहका कर्मचारी माग गरिएको बुधवार प्रकाशित विज्ञापनमा उल्लेख छ । लुम्बिनी प्रदेश लोक सेवा आयोगका प्रवक्ता सुुर्यप्रसाद भुुसालले इन्जिनियरतर्फ सिभिल हाइवे, सिभिल जनरल, आर्किटेक इन्जिनीयर लगायतका पदमा कर्मचारी माग गरिएको लोकान्तरलाई जानकारी दिए ।
उनले निवेदन दिने अन्तिम म्याद कात्तिक १८ गतेसम्मका लागि रहेको बताए । दोब्बर दस्तुुर तिरेर कात्तिक २५ गतेसम्म निवेदन दिन सकिने छ ।
लुम्बिनी प्रदेशका सबै क्षेत्रमा दरबन्दी अनुुसारका कर्मचारी छैनन् । प्रदेश लोक सेवा आयोग गठनपछि विज्ञापन समेत आह्वान गर्न थालेका छन् ।
प्रकाश आचार्य
लोकान्तर संवाददाता आचार्य लुम्बिनी प्रदेशबाट रिपोर्टिङ गर्छन् ।