कात्तिक २१, २०८०
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
पराग र गुट्खा खानेलाई मात्र होइन सँगैबस्ने परिवारलाई पनि हानी पु–याउँछ । उमेर पुगेका मानिसले मात्र होइन भर्खरका युवायुवतीहरुको पनि पराग र गुटखा बानी हुन्छ । युवाअवस्थामै गुटखा,पराग खाने बानी लाग्यो भने त्यसको लत छुटाउन निकै कठिन हुने गर्छ । यो ड्रग्सको लत जस्तै हुने गर्छ । यसले गर्दा मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।
गुटखा र परागमा रहेको कतिपय हानिकारक रसायनका कारण मानिसको डीएनएमा समेत गम्भीर असर पर्ने गर्छ । यसले श्वासप्रश्वास सम्बन्धी विभिन्न रोगहरू पनि निम्त्याउने गर्छ ।
पराग र गुट्खा छोड्नको लागि घरेलु उपाय
अदुवाः पराग र गुट्खाको नशालाई छोड्नको लागि अदुवालाई घरेलु उपायका रुपमा अपनाउन सकिन्छ । अदुवालाई स–सानो टुक्रा पारी कागतीको पानीमा भिजाएर राख्नुपर्छ । त्यसमा थोरै जुवानो र नुन मिसाउनु पर्छ । यसरी बनेको मिश्रणलाई सुकाएर एउटा भाँडामा राखिराख्नुपर्छ ।
जब पराग र गुट्खा खाने लत बस्छ त्यतिबेला अदुवाको मिश्रणलाई चपाईराख्नु पर्छ । यसले परागको आनन्द दिनुका साथै खाना अरुचि र कब्जियतको समस्याबाट पनि छुटकारा मिल्दछ ।
सुकमेलः जिरा, सुकमेल, हरद, सुकेको अमलाको मिश्रणले पनि परागको नशाबाट छुटकारा मिल्न सकिन्छ । जतिबेला पराग खान मनलाग्ने हुन्छ त्यतिबेला यो मुखमा हाल्ने गर्नुपर्छ । यसले ग्याष्ट्रिकबाट छुटकारा मिल्छ ।
महः कागती मिसिएको तातोपानीमा मह मिसाएर पिउँदा पराग र गुटखाको तलतलबाट छुटकारा लिन सकिन्छ । यसले नशाको हानिकारक रसायनलाई पनि नष्ट गर्छ ।
जुवानो: ५०/ ५० ग्राम जिरा र जुवानोलाई भुटेर मिश्रण गर्ने । यसमा बिरे नुन र कागतीको रस मिलाउनुपर्दछ । यसलाई सुख्खा बनाएर भाँडोमा राखिराख्ने र परागको खान मनलागेको बेला यस मिश्रणलाई मुखमा चपाउनुपर्दछ । यसले ग्याष्ट्रिकको समस्याबाट मुक्त हुन सकिन्छ ।
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...