×

NMB BANK
NIC ASIA

सौर्य ऊर्जामा नयाँ आयाम : राष्ट्रिय प्रसारणमा जोडियो निजी क्षेत्रको बिजुली

असोज २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारी स्तरबाट निर्माण थालिएका ठूला आयोजना सम्पन्न हुन वर्षाैं लाग्छ । समयमै सम्पन्न नहुँदा आयोजनाको लागत बढ्दै जाने र दशकभन्दा बढी वर्षसम्म निर्माण सम्पन्न नहुने दृष्टान्त धेरै देख्न–सुन्न पाइन्छ ।

Sagarmatha Cement
Muktinath Bank

तर रुपन्देहीमा निजी क्षेत्रको रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १ वर्षमै ग्रीड जडित साढे ८ मेगावाट सौर्य विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निजी क्षेत्रको कम्पनीले विद्युत् उत्पादन गरेर बुधवारदेखि राज्यलाई विक्रीवितरण शुरू गरेको छ । रुपन्देहीको सौर्य उत्पादन नेपालकै ठूलो ग्रीड जडित सौर्य विद्युत् उत्पादन गर्ने आयोजना बनेको छ ।


Advertisment
Nabil box
Kumari

कम्पनीको बुटवल ग्रीड जडित सौर्य आयोजनाले रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामस्थित २६ विगाहा जग्गामा ३२ हजार सौर्य प्यानल जडान गरेर १ वर्षमै विद्युत् उत्पादन गरी बिक्री थालेको छ । गत वर्ष असोजदेखि निर्माण थालेको कम्पनीले बुधवार सम्पूर्ण काम सम्पन्न गरी नेपाल विद्युत् प्राधिकरणको सियारी गाउँपालिकास्थित अमुवा सवस्टेसनमा विद्युत् जोडेको कम्पनीका कार्यकारी निर्देशक कुवेरमणि नेपालले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

लामो लकडाउन र कोरोना भाइरसको महामारीबीच पनि १ वर्षमै आयोजनाले काम सम्पन्न गरेको छ । नेपालले लोकान्तरसँग भने, ‘हामीले गत चैतमै काम सम्पन्न गर्ने तयारी थियो । तर लकडाउनले गर्दा आवश्यक सामानहरू आउन पाएनन् । ढिलै भए पनि १ वर्षभित्र सबै काम सकियो ।’

ग्रीड जडित सौर्य परियोजना भएकाले ब्याट्री नराखी उत्पादित विद्युत् सोझै ट्रान्समिसन लाइनको माध्यमबाट राष्ट्रिय प्रसारण लाइनमा समाहित भएको छ । आयोजनाबाट दिउँसोको समयमा मात्र विद्युत् उत्पादन हुन्छ । आयोजनाको लागत ७१ करोड रुपैयाँ रहेको छ ।

नेपालले थपे, ‘कम्पनीले सोलार फर्म निर्माण गरी शान्ति नमूना माविको २६ विगाहा जग्गा ३० वर्षको लागि लिजमा लिएको छ । जग्गामा २ वर्गमिटरका ३२ हजार प्यानल जडान गरिएको छ । एउटा प्यानको उत्पादन क्षमता ३३० वाट रहेको छ । प्यानलबाट उत्पादन भएको विद्युत्लाई ८५० किलोवाट क्षमताका १० वटा इन्भर्टरबाट डीसी करेन्टलाई एसी करेन्टमा परिवर्तन गर्नेछ । आयोजनाबाट ८५०० किलोवाट क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ ।’

ट्रान्सफर्मरले ६९० भोल्टको विद्युत्लाई ३३००० भोल्टमा अपग्रेड गरी ग्रीडसँग एकीकृत गर्नेछ । आयोजना स्थलनबाट प्रसारण लाइन सवस्टेसनसम्मको दूरी करीब ८ किलोमिटर छ । आयोजनाबाट वार्षिक १ लाख ४५ हजार युनिट विद्युत् उत्पादन हुनेछ ।

आयोजनाबाट उत्पादन विद्युत् ७ रुपैयाँ ३० पैसा प्रतियुनिटमा नेपाल विद्युत् प्राधिकरणले खरिद गर्ने सम्झौता भएको छ । आयोजनाले वार्षिक १० करोड आम्दानी गर्ने लक्ष्य लिएको छ । 

उत्पादित विद्युत्बाट नेपाल विद्युत् प्राधिकरणमा थप विद्युत् आपूर्ति, ‘लाइन लस’ कम हुने तथा भोल्टेजमा ठूलो सुधार हुने आयोजनाको अपेक्षा छ । दिउँसोमा हुने विद्युत्को ‘पिक’ मागलाई व्यवस्थापनमा सहज हुनेछ । यसरी नेपालमै पहिलो पटक ठूलो क्षमताको सौर्य आयोजना सञ्चालनमा आउँदा नेपालमा सौर्य ऊर्जा उत्पादनको नयाँ आयामको शुरूआत हुनेछ । 

आयोजनाको निर्माण भारतको जीआईटीएसटी कम्पनीले गरेको छ । रिडी हाइड्रोपावरले ऊर्जा क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले विगत २ दशकदेखि नविकरणीय ऊर्जा क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले पहिलो आयोजना गुल्मीको रिडी २.४ मेगावाट क्षमताको रिडीखोला जलविद्युत् आयोजना निर्माण २०६६ सालमा गरेको थियो । धादिङ, पाँचथर, ताप्लेजुङमा पनि विद्युत् उत्पादन गर्दै आएको छ ।

ऊर्जासँगै कृषि परियोजना ‘एग्रिभोल्टाइक्स’

विद्यालयको २६ विगाहा जग्गा ३० वर्षका लागि वार्षिक ५० लाख रुपैयाँमा कम्पनीले भाडामा लिएको छ । कम्पनीले जग्गा अन्य प्रयोजनका लागि पनि उपयोग गर्दै सोलारका पातामुनि बेसार लगाएको छ । नेपालले जमिनको भरपूर उपयोग गर्न एग्रिभोल्टाइक्स अर्थात् ऊर्जासँगै कृषि परियोजनाको अवधारणाका साथ काम थालिएको बताए । 

जग्गामा कम्पनीले लिनु अगाडि नर्सरीका रूपमा प्रयोग गरिएको थियो । त्यही भएर सोही ठाउँलाई नर्सरी भन्ने नामले पनि चिनिन्छ ।

जसअन्तर्गत सोलार प्यानलबीचको खाली स्थानमा अहिले साढे २ टन बेसार लगाइएको छ । आउँदो वर्ष त्यसलाई बढाएर २५ टन बीउ बेसार रोप्ने र सोबाट २५० टन बेसार उत्पादन गरी बिक्री गरिने छ । नेपालले भने, ‘हामीले सोलार पातामुनिको जग्गा के को लागि प्रयोग गर्न सकिन्छ भनेर अध्ययन गर्‍यौं । अध्ययनकै क्रममा बेसारलाई प्रत्यक्ष घाम नपर्ने जग्गा राम्रो हुने रहेछ । त्यही भएर बेसार पनि लगायौं ।’ 

त्यससँगै व्यावसायिक बाख्रापालन गर्ने योजना पनि रहेको नेपालले बताए । ऊर्जा उत्पादनसँगै थालिएको व्यावसायिक कृषिले स्थानीयलाई रोजगारी दिनुका साथै एग्रोभोल्टिज टुरिज्मको पनि विकास गर्नु मुख्य लक्ष्य कम्पनीको रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x