नेकपा वरिष्ठ नेता झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज

फाइल फोटो

पूर्व प्रधानमन्त्री एवं नेकपा वरिष्ठ झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उच्च रक्तचाप र श्वास प्रश्वाससम्बन्धी समस्याले ह्याम्स अस्पतालमा भर्ना भएका खनाल शुक्रवार दिउँसो डिस्चार्ज भएका हुन् ।


Advertisement

‘स्वास्थ्यमा यस अस्पतालमा उपचारको क्रममा उल्लेख्य सुधार आएको हुनाले चिकित्सकहरूको सल्लाहबमोजिम आवश्यक औषधि खानेगरी राखेर आज दिउँसो अस्पतालबाट डिस्चार्ज हुनुभएको जानकारी गराइन्छ’ अस्पतालले विज्ञप्ति जारी गरी उल्लेख गरेको छ ।

खनाल यही असोज २८ गते अस्पतालमा भर्ना भएका थिए ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्