×

NMB BANK
NIC ASIA

कोरोनाले निम्त्याएको आर्थिक संकटका बीच प्रदेश २ का सांसदले पनि छाडेनन् दशैंभत्ता

असोज ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

संघीय संसदमा जस्तै प्रदेश नम्बर २ मा पनि सांसददेखि प्रदेश सभाका पदाधिकारीसम्मले कोरोना महामारीमा पनि दशैं भत्ता बुझेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवका अनुसार आजै असोज ३० गते सांसद तथा पदाधिकारीहरूको बैंक खातामा दशैं भत्ता भनेर १/१ महिनाको थप पारिश्रमिक पठाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धमा बनेको कानून अनुसार नै सबै सांसद तथा पदाधिकारीज्यूहरूलाई चाडपर्व खर्च भनेर १ महिनाको पारिश्रमिक दिने गरिएको छ,’ सचिव यादवले लोकान्तरसँग भने, ‘उहाँहरूलाई हामीले कुन चाड रोज्ने हो भनेर भनेपछि दशैं नै रोज्नुहुने हुनाले प्रत्येक वर्ष दशैंमा एक महिना बराबरको पारिश्रमिक दिने गरिएको छ ।’


Advertisment
Nabil box
Kumari

उक्त ऐनको दफा १० को चाडपर्व खर्च शीर्षकमा ‘पदाधिकारी र सदस्यले आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार मनाइने चाडपर्वका लागि आफूले खाइपाइ आएको एक महिनाको पारिश्रमिक बराबरको रकम प्रत्येक आर्थिक वर्षमा चाडपर्वको खर्चको रूपमा पाउनेछन्,’ भन्ने उल्लेख छ । 

Vianet communication
Laxmi Bank

२ नम्बर प्रदेशमा कुल १ सय ७ जना सांसद रहेपनि एकजना मुख्यमन्त्री, ६ जना मन्त्री र ६ जना राज्य मन्त्री गरेर १४ जनाबाहेक ९३ जनाले प्रदेश सभाबाट पारिश्रमिक बुझ्दै आएका छन् । 

मन्त्रीहरूले भने मन्त्रीकै सेवा सुविधा पाउँछन् ।

शुरूमा बनेको उक्त ऐनलाई कोरोनाअघि गत वर्ष प्रदेश सभाबाट नै संशोधन गरेर १६ प्रतिशत पारिश्रमिक थप गरिएको थियो ।

अहिले एक सांसदले ६१ हजार २० रुपैयाँ मासिक पारिश्रमिक पाउने गरेका छन् भने सभामुखले ६८ हजार ४४० रुपैयाँ मासिक पारिश्रमिक पाउने गर्छन् । त्यसैगरी उपसभामुख, विपक्षी दलका नेता, सत्ता पक्षका प्रमुख सचेतकले ६७ हजार २४ रुपैयाँ पाउँछन् । चाडपर्व खर्चबापत सबै सांसददेखि पदाधिकारीहरूले सोहीअनुसार दशैं भत्ता बुझेका छन् । 

राजनीतिक विश्लेषक तथा अर्थशास्त्र विषयका प्राध्यापक डा. सुरेन्द्र लाभ भने अहिलेको आर्थिक संकट सहित कोरोना संकटका बेला प्रदेश सभाका सांसददेखि पदाधिकारीहरूले दशैं भत्ता बुझ्नु अनुचित भएको बताउँछन् । 

‘यो संकटको समयमा उहाँहरूले आफ्नो पारिश्रमिक नलिएर जनताको स्वास्थ्य उपचारका लागि तथा राहतदेखि अन्य शीर्षकका लागि कटौती गर्ने अवसर थियो, त्यो उहाँहरूले गुमाउनुभएको छ,’ प्रा. लाभले लोकान्तरसँग भने, ‘उहाँहरू सत्ता पक्ष होस् वा प्रतिपक्षी दलका सांसद, सबैले जनताको दुःखभन्दा पनि आफ्नो सुख, स्वार्थ र कुर्सी मात्र प्यारो रहेको पुष्टि गर्नुभएको छ । ’ 

दशैंभत्ता मात्र होइन संसदीय विकास कोषको रकम समेत नलिएर कोरोना संक्रमणको रोकथामदेखि त्यसबाट उत्पन्न भएको बेरोजगारी समस्या समाधानका लागि रकमान्तर गरेर दिनुपर्ने उनको सुझाव छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x