५ लाख टन मल आपूर्ति गर्न प्रत्येक दिन कलकत्ताबाट एउटा ट्रेन नेपाल आउनुपर्छ - मन्त्री भुसाल

फाइल तस्वीर

कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले पाँच लाख टन मल ल्याउन अहिले कायम रहेको विद्यमान प्रणालीले नसक्ने टिप्पणी गरेका छन् ।

४० औं विश्व खाद्य दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले तत्काल ५ लाख टन मल अहिलेकै अवस्थामा भगवान शिव वा ब्रह्मा आएपनि नसक्ने बताए ।


Advertisement

आजकै प्रणाली प्रयोग गरेर ल्याउने हो भने प्रत्येक दिन भारतको कलकत्ताबाट एउटा ट्रेन नेपालका लागि आउनुपर्ने उनको तर्क थियो ।

'५ लाख टन मलको मागको आपूर्ति गर्न अहिलेको प्रणालीमार्फत सम्भव छैन । शिव या ब्रह्मा आएपनि यो सम्भव छैन । आपूर्ति नै गर्ने हो भने प्रत्येक दिन कलकत्ताबाट नेपालका लागि एउटा डेडीकेटेड ट्रेन आउनुपर्छ,' भुसालले भने ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्