माघ २४, २०८०
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
बलात्कारविरुद्ध कठोर कानुनी प्रावधान ल्याउनेबारे छलफल भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
उनले बलात्कारलाई निन्दनीय र मानवताविरोधी अपराध भन्दै यस्ता घटना मिलापत्रका नाममा ढाकछोप गर्नेमाथि पनि कडा कारबाही गरिने चेतावनी दिए ।
एसिड अपराधविरुद्ध कठोर सजायसहितको कानुन लागू भइसकेको स्मरण गर्दै उनले बलात्कारमा संलग्नलाई जोगाउन भनसुन, सिफारिस आउन सक्ने तर त्यसबाट टाढै रहन प्रहरीलाई निर्देशन दिए ।
‘बलात्कारका घटना कुनै पनि हालतमा मानवोचित छैन, निन्दनीय र मानवताविरोधी अपराध हो, यस्ता कुरा नियन्त्रण गर्न अझ कडा कानुन निकट भविष्यमा ल्याउनेतर्फ हामी सोचिरहेका छौं,’ ओलीले भने, ‘यस्ता अपराधविरुद्ध सक्रियता र निर्भीकतासाथ खटिन निर्देशन दिन्छु । नागरिक समाज पनि सजग रहन जरुरी छ । यस्ता अपराध मिलापत्रका नाममा छोपछाप पार्नेजस्ता क्रियाकलाप कुनै पनि हालतमा उचित र सह्य छैन, हुन सक्तैन ।’
उनले मुलुकको आन्तरिक सुरक्षाको मियोका रूपमा रहेको प्रहरीको भूमिका र कर्तव्यले मात्र समृद्धि, कानुनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सकिने बताए ।
‘प्रहरीप्रतिको विश्वास कमजोर भयो, नागरिक–प्रहरी सम्बन्ध बिग्रियो भने शान्तिसुरक्षा कमजोर हुन्छ । जनसहयोगका बाटाहरू पनि कमजोर हुनेछन्,’ उनले भने, ‘प्रहरी गतिशील संगठन हो, सुधार र परिवर्तन संगठनभित्रैबाट हुनुपर्छ । प्रहरीका संस्थागत हित तथा प्रहरी कर्मचारीको कल्याणका लागि सरकार सदैव तत्पर छ ।’
२००७ सालमा स्थापना भए पनि ऐन जारी भएको साल २०१२ बाट प्रहरीले स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसको अवसरमा गृहमन्त्री रामबहादुर थापा, प्रधानसेनापति पूर्णचन्द्र थापा, गृह सचिव महेश्वर न्यौपाने, बहालवाला तथा अवकाशप्राप्त उच्च प्रहरी अधिकारीलगायतको उपस्थिति थियो । कान्तिपुर दैनिकमा खबर छ ।
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...