शिलालेखमा नाम नलेखिएपछि नेकपाकी उपमेयरले गरिन् हंगामा, मेयरसँग झगडा [भिडियोसहित]

शिलालेखमा नाम नलेखिएपछि कैलालीको घोडाघोडी नगरपालिकाकी उपमेयरले हंगामा मच्चाएकी छिन् ।

नगरपालिकाको वडा नम्बर ७ को नयाँ भवन उद्धाटन कार्यक्रममा उपमेयर प्रेमकुमारी थापाले हंगामा मच्चाएकी हुन् । 


Advertisement

शिलालेखमा आफ्नो नाम नलेखिएको भन्दै आक्रोशित उपमेयर थापाले शिलालेखका ढुंगाले हिर्काइन् । त्यसपछि नगरपालिकाका मेयर ममता प्रसाद चौधरीसँग पनि उनले झगडा गरिन् । 

शिलालेखमा नाम नलेखेर आफ्नो अपमान गरेको भन्दै उपमेयर थापाले मेयर चौधरीविरुद्ध नारासमेत लगाइन् । 


Advertisement

स्थिती नियन्त्रण गर्न कार्यक्रम स्थलमा प्रहरीहरू नै परिचालित भएका थिए । 

हेर्नुहोस् भिडियो 

 

 

भिडियो : बी सञ्चार

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्