×

NMB BANK
NIC ASIA

ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन एकीकृत जडीबुटी खेती

कात्तिक १, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले बाँझिएको जमीनको सदुपयोग र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याई ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यले एकीकृत जडीबुटी खेती गर्ने भएको छ ।

Muktinath Bank

केही दिनअघि जडीबुटीविज्ञ चन्द्रमणि सापकोटाको नेतृत्वमा आएको अध्ययन तथा निरीक्षण टोलीले गाउँपालिकाका सबैजसो क्षेत्रमा कुनै न कुनै जातको जडीबुटी खेती गर्न सकिने सुझाव दिएपछि यहाँका बाँझिएको जमीनमा एकिकृत जडीबुटी खेती गर्न लागिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“जडीबुटीको व्यावसायिक खेतीमार्फत समाजको गरीबी र बेरोजगारी हटाउन सकिन्छ”, विज्ञ सापकोटाले भने, “यहाँको सबैजसो ठाउँमा कुनै न कुनै जातको जडीबुटी खेतीको सम्भावना छ, गाउँपालिकाले नै यसमा चासो देखाएपछि अहिले स्थानीयवासी पनि उत्साहित भएको छ ।” उनका अनुसार एकीकृत जडीबुटी खेतीको माध्यमले ग्रामीण अर्थतन्त्रको सबलीकरणमा टेवा पुग्ने छ । गाउँपालिका क्षेत्रमा टिमूर, सिल्टिमूर, सतुवा, विष, बिखमा, निर्बिसीजस्ता विभिन्न जातका जडीबुटीको व्यावसायिक खेती गर्न सकिने उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले जडीबुटीको व्यावसायिक उत्पादनमार्फत ग्रामीण अर्थतन्त्रलाई सबल बनाउने सकिने भन्दै यसका लागि गाउँपालिकाले विशेष योजना तथा कार्यक्रम ल्याउने गृहकार्यमा लागेको बताए । “जडीबुटीको व्यावसायिक खेतीबाट युवालाई गाउँघरमै रोजगारी उपलब्ध गराउन खोजेको छु”, उनले भने, “ गाउँपालिकाले एकीकृत जडीबुटी खेती कार्यक्रम सबै क्षेत्रमा विस्तार गर्दै लगिनेछ । 
सडक सञ्जालमा गाउँ जोडिएपछि स्थानीयवासीमा खुशीयाली 
तीनवर्ष अघिसम्म सदरमुकाम बेनी आउन तीनदिन लाग्ने म्याग्दीका दुर्गम गाउँका बासिन्दाहरु अहिले विहान घरबाट निस्केर बेनी आइ साँझ आफ्नै गाउँमा पुग्न सक्ने भएपछि दङ्ग परेका छन् ।

Vianet communication
Laxmi Bank

हिमाली जिल्ला म्याग्दीका अधिकांश ग्रामीण क्षेत्र सडक सञ्जालसँग जोडिएपछि  यातायातका साधन सञ्चालनमा आउन थालेकाले स्थानीयवासी विकास र सुविधा दुबैको अनुभूति गर्न थालेका हुन् । 

स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिले आ–आफ्ना वडाहरुमा मोटरबाटो पु¥याउने कामलाई नै मुख्य ठानेर बजेट विनियोजन गरेपछि दुर्गमका बासिन्दाको दैनिकी सहज बनेको हो । गाउँ सडक सञ्जालसँग जोडिएपछि स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन पनि निकै सहज भएको छ ।

एक नगरपालिकासहित छ स्थानीय तह रहेको म्याग्दीका सबै स्थानीय तहमा सडक सञ्जालको पहुँच पुगेको छ । धौलागिरि र रघुगङ्गा गाउँपालिकाका एक÷दुई वडामा मात्र यातायातका साधन पुगिसकेका छैनन् । पछिल्लो समय म्याग्दीका अधिकांश ग्रामीण क्षेत्रमा यातायातको सुुविधा पुगेपछि स्थानीयबासी उत्साहित बनेका छन् । सडक सुविधा नहुँदा कतै जानुपरे पनि घन्टौँको बाटो सकी–नसकी हिड्नुपर्ने बाध्यता थियो तर अहिले अधिकांश गाउँमा सडक सुविधा पुगेपछि गाउँ पनि रमणीय बन्दै गएका छन् । 

म्याग्दी सदरमुकामदेखि करिब ५० किलोमिटर पश्चिमस्थित मालिका  गाउँपालिका–७ रुमका बलबहादुर विकले सडक पुगेपछि स्थानीय उत्पादनले सजिलै बजार पाउन थालेको बताए । “विगतमा सडकको सुविधा नहुँदा कृषि उत्पादन बारीमै कुहेर सकिन्थ्यो वा छरछिमेकमा बाँड्दाबाड्दै रित्तिन्थ्यो”, उनले भने, “गाउँसम्म सडक पुगेर अहिले उत्पादनले मूल्य पाउन थालेपछि यहाँका किसान मख्ख परेका छन् ।” त्यस्तै सडकको सुविधा भएपछि स्वास्थ्य र शिक्षासँगको पहुँच सहज रुपमा बढ्दै गएको धौलागिरि गाउँपालिका–७ का वडाध्यक्ष कलानिधि शर्माले बताए ।

सडकको सुविधा भएपछि यहाँका पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्दै गएको छ । ग्रामीण क्षेत्रमा सडकका साथै अन्य आधारभूत विकासका पूर्वाधार खडा गर्न सके बढ्दै गएको शहरमोह केही हदसम्म घट्दै जाने रघुगङ्गा गाउँपालिका–३ का वडाध्यक्ष जीवन मल्लको भनाइ छ । गाउँगाउँमा यातायातका साधनहरु गुड्न थालेपछि स्थानीयवासीको जीवनयापन सहज हुनुका साथै गाउँको मुहार पनि फेरिएको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका वडाध्यक्ष गमबहादुर फगामीले बताए । गाउँगाउँमा विकासका पूर्वाधारहरु निर्माण भएका छन् भने स्थानीयवासीको चेतनास्तरमा समेत परिवर्तन आएको जनप्रतिनिधिहरुले बताएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x