×

NMB BANK
NIC ASIA

पशुपतिको आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्दै

कात्तिक २, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : राजधानी दैनिक
Premier Steels
Marvel

कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या गुणात्मक रूपले बढ्न थालेसँगै पशुपति क्षेत्र विकास कोषले पछिल्लो पटक गरेको निणर्यका कारण अहिले पशुपतिको आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्ने खतरा बढेको छ ।

Sagarmatha Cement
Muktinath Bank

पशुपति क्षेत्र विकास कोषले कोरोनाका कारण मृत्यु भएको आशंका गरिएका शवलाई विद्युतीय शवदाह गृहमा जलाउन रोक लगाएसँगै पशुपति आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्ने सम्भावना बढेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोषले मृतकका आफन्तको आग्रहलाई समेत बेवास्ता गर्दै शंकास्पद एवं अन्यलाई आर्यघाटमा दाउराको परम्परागत विधिबाटै जलाउन बाध्य बनाएका कारण भेला भएकाहरूबाटै संक्रमण फैलिरहेको बताइएको छ । परम्परागत विधिबाट लास जलाउन ३ देखि ४ घण्टा लाग्ने गरेको छ ।


Advertisment
Nabil box
Kumari

संक्रमणबाट मृत्यु हुने र संक्रमितको संख्या दैनिक गुणात्मक रूपले बढेर अस्पतालका बेडहरू समेत नपाएर ज्यान गुमाउनेहरूको संख्या बढिरहेको छ । कोरोनाका कारण मृत्यु पुष्टि नभएका शंकास्पद र अन्य कारणले ज्यान गुमाएका मृतकको शप पशुपतिको आर्यघाटमा सँगै जलाउँदा मृतकका मलामी मात्र नभएर अहिले पशुपति क्षेत्र विकास कोषका कर्मचारी एवं शव जलाउने काममा सहयोग गरिदिने मजदुरहरू समेत उच्च जोखिममा परेका छन् ।

Vianet communication
Laxmi Bank

पशुपति क्षेत्र विकास कोषले कोरोनाका कारण मृत्यु प्रमाणित रिपोर्ट भएकालाई मात्र विद्युतीय शवदाह गृह प्रयोग गर्न दिने निर्णय त्रुटिपूर्ण देखिएको छ । अन्य कारणले मृत्यु भएकाहरू तथा कोरोनाबाट मृत्यु भएका हुन सक्नेहरूका आफन्तले विद्युतीय शवदाहमा लास जलाउन खोजे पनि कोषले रोक्दै आएको छ । जसका कारण अहिले कोरोनाबाट मृत्यु भई पिसिआर रिपोर्ट लैजान बिर्सिएकाहरूले समेत आर्यघाटको दाउराबाटै शब जलाउने गरेको पशुपतिनाथ क्षेत्र पुग्ने अधिकांशको भनाइ छ ।

विगत २२ वर्षदेखि शव जलाउन सहयोग गर्दै आएका कोषका एक ब्राह्मणले भने, ‘अहिले हामीलाई पनि मृतकका शव जलाउन निकै डर लागिरहेको छ । यदि कसैले कोरोना संक्रमणबाट मृत्यु भएकालाई पनि झुक्याएर यहाँ ल्याइदिए भनेसंक्रमित हुने भय छ ।’

यस विषयमा कोषको कार्यालयमा जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएको शव जलाउन खटिनेहरूको गुनासो छ ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले हाल कोरोनाका कारण मृत्यु प्रमाणित रिपोर्ट भएकालाई मात्र विद्युतीय शवदाह गृह प्रयोग गर्न दिने कडा व्यवस्था मिलाइएको बताए । उनले अन्य शंकास्पद शवलाई विद्युतीय मेसिनमा लैजान खोज्ने आफन्तको आग्रहलाई समेत कोषले सम्बोधन गर्न नसकेका कारण आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने जोखिमयुक्त ठाउँ बन्न सक्ने स्थिति देखिएको स्विकारे ।

उनले सकेसम्म कोरोना संक्रमण नफैलियोस् भन्ने उद्देश्यले मात्रै कोषले कोरोनाका कारण मृत्यु प्रमाणित रिपोर्ट भएकालाई मात्र विद्युतीय शवदाह गृह प्रयोग गर्ने व्यवस्था गरिएको बताए ।

अझै कोरोना संक्रमणबाट मृत्यु प्रमाणित भएकाहरूको शव जलाउने विद्युतीय मेसिनको अभाव पूरा गर्न अन्य ३ वटा मेसिन जडानका लागि टेन्टर प्रक्रिया सुरु भएको जानकारी गराउँदै खतिवडाले भने, ‘सार्वजनिक खरिद ऐनअनुसारका सबै प्रक्रिया पूरा गरी काम सम्पन्न गर्न केही समय लाग्छ ।’

अहिले पशुपतिमा जम्मा २ वटा विद्युतीय शवदाह गृहबाट मात्र कोरोनाका कारण मृत्यु प्रमाणित भएका शवलाई लामो समय लाइनमा राखेर जलाउने काम भइरहेको जानकारी गराउँदै उनले कोरोना शंकास्पद शव जलाउने व्यवस्था नभएका कारण अहिले पशुपति आर्यघाट क्षेत्रमा यस्तो समस्या आइपरेको बताए । उनले कोषले आर्यघाटमा दाउराको परम्परागत विधिबाटै शव जलाउने काममा खटिएका बाहुनहरूलाई सकेसम्म शव नछोएर काम गर्नु मात्र भनिएको बताए ।

उनले अहिलेको कोरोना महामारीबीच यो सरकारको मात्र नभएर मृतकका आफन्त सबैको सामूहिक समस्या भएकाले जतिसक्दो छिटो यसलाई सम्बोधनको प्रयास हुने बताए । काठमाडांैमा चिसो बढेसँगै पशुपतिको आर्यघाट र विद्युतीय शवदाह गृहमा शवको चाप बढिरहेको कोषले जनाएको छ ।

आफूलाई कोरोना लागेको शंका हुँदा हुँदै पीसीआर परीक्षण नै नगरी बेसारपानी खाएकै भरमा ज्वरो र रुघाखोकी निको पार्न खोज्दा केही दिनअघि काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुंगामा बस्दै आएका ५० वर्षीय मुकुन्दराज पाण्डको मृत्यु भएको थियो ।

काठमाडौंमा बसेर पनि कोरोनाको लक्ष्यणसहित बिरामी भएका पाण्डेले अस्पतालभित्र पस्नै पाएनन् । त्यसपछि उनका घर परिवारले मृतक पाण्डेको मृत्युको कारण कोरोना नै हुनुपर्छ भन्ने अनुमानसहित त्रिवि शिक्षण अस्पतालका डाक्टरलाई पीसीआर परीक्षण गरिदिन निकै आग्रह गरे । तर, मृत्यु भइसकेपछि पीसीआर नगर्नु भन्ने सरकारको निर्णयअनुरूप अस्पतालले उनको पीसीआर गर्न मानेन ।

कोरोना संक्रमणको शंकाबीच उनका घर परिवारका सदस्यले जतिसक्दो सुरक्षित किसिमले पाण्डेको शव जलाउन पशुपतिको इलेक्ट्रोनिक मेसिन प्रयोग गर्ने निर्णय गरे । तर, पशुपति क्षेत्र विकास कोषले कोरोनाका कारण मृत्यु प्रमाणित रिपोर्ट भएकालाई मात्र इलेक्ट्रोनिक मेसिन प्रयोग गर्न दिने र शंकास्पद एवं अन्यलाई आर्यघाटमा दाउराको परम्परागत विधिबाटै जलाउनुपर्ने व्यवस्था गरेका कारण उनको पविारले पनि दाउराबाटै पाण्डेको शव जलाएका थिए । राजधानी दैनिकमा मधुजंग पाण्डेले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x