कति छन् आईसीयू र भेन्टिलेटरमा ?

आईसीयू र भेन्टिलेटरमा उपचार गराउनुपर्ने संक्रमितको संख्या बढ्दै गएको छ । शनिबारसम्म देशभर २ सय ९० जना आईसीयू र ६६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । प्रदेशअनुसार आईसीयूमा उपचार गराउनेमध्ये सबैभन्दा धेरै बाग्मती प्रदेशमा १ सय ५२, प्रदेश १ मा ३४, प्रदेश २ मा १३, गण्डकी प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ५३, कर्णालीमा ९ र सुदूरपश्चिम प्रदेशमा नौ जना संक्रमित छन् ।

प्रदेश १ मा नौ, प्रदेश २ मा १, बाग्मती प्रदेशमा ४८, गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ३ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।


Advertisement

केही दिनअघिको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जोखिम अवस्थामा मात्रै अस्पताल जान आग्रह गरेका थिए । कोरोना भाइरस संक्रमितको संख्या पछिल्ला केही सातायता ह्वात्तै बढेको छ । शनिबार देशभर ३ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या १ लाख २९ हजार ३ सय चार पुगेको छ ।

देशभर संक्रमणमुक्त हुनेको संख्या ८९ हजार ८ सय ४० पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ८ सय संक्रमित संक्रमणमुक्त भएका छन् । हाल देशभर ३८ हजार ७ सय ३७ जना सक्रिय संक्रमित छन् ।


Advertisement

पछिल्लो २४ घण्टायता १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म देशभर ७ सय २७ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म १२ लाख ६९ हजार ६ सय ५ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । हाल ४ हजार ७ सय १५ जना क्वारेन्टिनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार काठमाडौंमा १ हजार ४ सय ५१, ललितपुरमा १ सय ५२ र भक्तपुरमा १ सय ४३ जनालाई कोरोना संक्रमण देखिएको छ । राजधानी दैनिकमा प्रशान्त वलीले खबर लेखेका छन् ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्