सिटिजन लाइफ इन्स्योरेन्सले ल्यायो 'सिटिम्यान’

सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा नयाँ म्यास्कोट ‘सिटिम्यान’ ल्याएको छ ।

सुरक्षा प्रदान गर्नको लागि हरेक पल तयार यस सिटिम्यानले ग्राहकको चाहना र माग अनुरुपको नवीनतम सेवा र सुरक्षा प्रदान गर्ने भन्दै कम्पनीले सिटिम्यान ल्याएको हो । 


Advertisement

हसिलो मुहार भएको यस सिटिम्यानको हातमा भएको छाताले ग्राहकहरुले बीमा मार्फत प्राप्त गर्नहुने विभिन्न सुरक्षाहरुको प्रतीकात्मक अर्थ बोकेको कम्पनीले जनाएको छ ।

हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना बढाउन विद्यार्थीसँग बीमा जस्ता विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्