×

NMB BANK
NIC ASIA

सरकारले बेच्ने खसीको मूल्य प्रतिकिलो ५५०

कात्तिक ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोमबारदेखि खसीबोका बिक्री गर्ने भएको छ ।

Muktinath Bank

बजारमूल्यको तुलनामा संस्थानले प्रतिकिलो करिब १०० रुपैयाँ सस्तोमा खसी बेच्ने निर्णयसमेत गरेको छ । ‘मूल्य निर्धारण गर्नुअघि सबै बजार विश्लेषण गर्‍यौं, बजारमा प्रतिकिलो साढे ६ सय रुपैयाँसम्ममा बिक्री गरेको देखियो,’ कम्पनीका बिक्रीवितरण विभाग प्रमुख भीम थापाले भने, ‘खाद्य कम्पनीले भने उपभोक्तालाई प्रतिकिलो ५ सय ५० रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दसैंलाई लक्ष्य गरी खाद्यले हरेक वर्ष खसीबोका तथा च्यांग्रा बिक्री गर्दै आएको छ । खाद्यले बिक्री गर्ने खसीबोकाको संख्या न्यून रहे पनि मुख्य उद्देश्य बजार हस्तक्षेप अर्थात् मूल्य नियन्त्रण गर्न रहेको उनले थापाले बताए । ‘चाडपर्वमा खसीबोका बिक्री गर्नुको उद्देश्य नै बजारभाउ बढ्न नदिनु नै हो । सरकारले मूल्य तोकेपछि व्यापारीहरूले बढी तोक्न सक्दैनन्,’ कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले भनिन्, ‘आइतबार ४ सय ५ वटा खसीबोका आइसकेका छन् । सोमबारदेखि नै बिक्री गर्छौं ।’


Advertisment
Nabil box
Kumari

आइतबार ल्याइएका खसीबोका तुलसीपुर र हेटौंडाका हुन् । ठाउँअनुसार प्रतिकिलो ५ सय ३५ देखि ५ सय ६० रुपैयाँसम्ममा खरिद गरिएको उनले जानकारी दिइन् । ‘खरिद मूल्य, ढुवानी, प्रशासनिक खर्च, खसीबोकालाई चाहिने दानासहित जोडेर प्रतिकिलो ५ सय ६० रुपैयाँ निर्धारण गरेका छौं । त्यसमा सरकारले प्रतिकिलो १० रुपैयाँ छुट दिन्छ । उपभोक्ताले प्रतिकिलो ५ सय ५० रुपैयाँमा खसी पाउँछन्,’ उनले भनिन्, ‘यो बिक्री मूल्य गत वर्षकै हो । भाउ बढाएका छैनौं ।’

Vianet communication
Laxmi Bank

कम्पनीले यसपालि ३ हजार खसीबोका र च्यांग्रा बिक्री गर्ने लक्ष्य राखेको थियो । त्यसमा कोभिड–१९ को बढ्दो संक्रमणका कारण एक हजार संख्या घटाएको थियो । त्यसमा पनि एक हजार च्यांग्रा ल्याउने योजना बनाएको थियो । त्यो पनि सम्भव नभएपछि एक हजार खसीबोका मात्रै बिक्री गर्ने भएको छ । ‘यसपालि १ हजार वटा मात्रै खसीबोका बिक्री गर्ने योजना छ । तर आवश्यक परे संख्या बढाउन सक्छौं,’ न्यौपानेले भनिन् । कम्पनीले गत वर्ष खसीबोका र च्यांग्रा गरी ३ हजार २० वटा बिक्री गरेको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x