×

NMB BANK
NIC ASIA

‘उत्तर कोरियालाई कम आँक्ने कोशिश कसैले नगरोस्’

कात्तिक ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अघिल्लो साता उत्तर कोरियाले संसारसामु अत्याधुनिक हातहतियार प्रदर्शन गर्‍यो । 

Muktinath Bank

उसले परम्परागत हतियारका साथै रणनीतिक हतियारहरूको पनि प्रदर्शन गरेको थियो । तिनमा दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्रहरू उल्लेख्य थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एउटा क्षेप्यास्त्र ठोस इन्धन भएको डिजाइनमा आधारित पनडुब्बीबाट प्रक्षेपण गरिने ब्यालिस्टिक क्षेप्यास्त्र थियो भने अर्को चाहिँ अतिविशाल, जमीनबाट मार हान्ने, तरल इन्धन भएको अन्तर्महादेशीय ब्यालिस्टक क्षेप्यास्त्र थियो । 


Advertisment
Nabil box
Kumari

दोस्रो क्षेप्यास्त्र अहिलेसम्म बनेकैमध्ये सबभन्दा विशाल देखिन्थ्यो र किम जोङ उनले गत जनवरी महिनामा सार्वजनिक गर्ने भनी घोषणा गरेको क्षेप्यास्त्र शायद यही हो । 

Vianet communication
Laxmi Bank

यसरी अत्याधुनिक हतियार देखाएर उत्तर कोरियाले आफू हतियारमा विकासमा दत्तचित्त भएर लागिपरेको सन्देश दिन खोजेको छ । तर वाशिङटन आक्रोशित हुने गरी उसले लामो दूरीको क्षेप्यास्त्र र आणविक बमहरूको परीक्षण चाहिँ गरेको छैन । 

‘उत्तर कोरियालाई कम आँक्ने भूल गर्नुहुँदैन । उनीहरू आफ्नो प्रतिरक्षात्मक क्षमतालाई बढाउने काम गरिरहेका छन्,’ वान अर्थ फ्युचर फाउन्डेसनमा क्षेप्यास्त्रविद् मेलिसा हानहामले बताइन् । ‘उनीहरूलाई छुट दिइरहेसम्म आणविक क्षेप्यास्त्र कार्यक्रम विकास गरिरहने छन् ।’

एक अमेरिकी अधिकारीले यसरी नयाँ अन्तर्महादेशीय क्षेप्यास्त्र प्रदर्शन गर्ने उत्तर कोरियाको निर्णय निराशाजनक भएको बताए । तर परेडमा हतियार देखाउनु सबभन्दा कम उत्तेजक गतिविधि हो । 

लामो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गर्दा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पबाट कठोर प्रतिक्रिया आउन सक्ने सम्भावना रहन्थ्यो । 

बुधवार क्षेप्यास्त्रहरूका बारेमा सोध्दा अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओले परेडमा हतियार देखाउनु त्यसको योग्यताको प्रदर्शन नभएको बताए । अनि ट्रम्पसँगको भेटपछि किमले लामो दूरीको एउटा पनि ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण नगरेको उनको भनाइ छ ।
 

सीएनएनबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x