×

NMB BANK
NIC ASIA

दशैं विदामा सीडीओ र सुरक्षा प्रमुखले जिल्ला छोड्न नपाउने

कात्तिक ३, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

गृह मन्त्रालयले सोमवार एक विज्ञप्ति जारी गर्दै चाडपर्वका बेलामा सुरक्षा चुनौतीसँगै कोरोना रोकथाम र नियन्त्रणका कामहरू जटिल हुँदै गएको जनाएको छ ।

Muktinath Bank

चाडपर्वमा मानिसहरूको आवागमन बढ्ने र यसले स्वास्थ्य चुनौती ल्याउन सक्ने भन्दै दशैं विदाको अवधिमा पनि प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखले जिल्ला नछाड्ने र जोखिम नियन्त्रणका लागि हरसम्भव प्रयास गर्ने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हेर्नुहोस् विज्ञप्ति -


Advertisment
Nabil box
Kumari

कोभिड-१९ को संक्रमण नेपालमा तिव्ररूपमा फैलिरहेकोले यसको रोकथाम,नियन्त्रण,उपचार र व्यवस्थापनमा चुनौति थपिदै गएको छ ।

Vianet communication
Laxmi Bank

निकट रहेको बडादशैं,तिहार,छठ,नेपाल सम्बत लगायतका चाडपर्वमा मानिसहरूको आवतजावत बढ्नजाँदा संक्रमण थप बढ्न सक्ने जोखिम देखिएको हुँदा जोखिम थप बढ्न नदिन दशैं विदाको अवधिमा पनि प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखले जिल्ला नछाड्न र जोखिम नियन्त्रणका लागि समन्वयात्मक रूपमा हरसंभव उपायहरू अवलम्बन गर्न/गराउन मातहत सबै सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइसकिएको छ ।

कोभिड-१९ को संक्रमणबाट जोगिन स्वीकृत स्वास्थ्य प्रोटोकल अनुरूप दुरी कायम गर्ने,भिडभाड नगर्ने,मास्क अनिवार्य लगाउने,नियमित रूपमा सावुन पानीले हातधुने वा स्यानीटाइजर प्रयोग गर्ने जस्ता क्रियाकलापलाईनै भरपर्दो उपाय मानिएको हुँदा कोभिड-१९ को संक्रमण बढ्ने गरी अति आवश्यक काम नपरी घरबाट बाहिर ननिस्कन,घुमफिर नगर्न,चाडपर्वमा भेलाजम्मा तथा भोजभतेर नगर्न,यस वर्षको चाड जो जहाँ छौं त्यहिं बसी मनाउन,स्वास्थ्य सुरक्षाका निर्धारित मापदण्ड अनिवार्यरूपमा पालना गर्न/गराउन सम्पूर्ण दिदीवहिनी तथा दाजुभाई समक्ष गृह मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।

चाडपर्वको अवसरमा चाडपर्व केन्द्रित सुरक्षा योजना बनाई कुनै पनि अशान्ति,झैझगडा,चोरी,लुटपाट,डकैती,ठगी लगायतका अवाञ्छित तथा आपराधिक गतिविधि हुन गर्न नदिइ भरपर्दो एवं विश्वसनीय सुरक्षा व्यवस्था मिलाउन,सबै प्रकारका आपराधिक गतिविधि नियन्त्रण गर्न,बजारमा आम नागरिकको अत्यावश्यक उपभोग्य बस्तु वा सेवाको सहज आपूर्ति व्यवस्था मिलाउन,कालो वजारी,कृतिम अभाव,मिसावट,गुणस्तरहीन सामानको विक्री वितरण हुन/गर्न नदिनका लागि नियमित बजार अनुगमन गर्न तथा कानून विपरितका गतिविधिमा संलग्न हुनेहरूलाई तत्काल कानून बमोजिम कारबाही गर्न मातहत सुरक्षा निकाय तथा सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ ।

मन्त्रालयबाट दिइएको निर्देशन कार्यान्वयनको लागि २४ सै घण्टा निरन्तर समन्वय तथा अनुगमन हुने व्यवस्था मिलाइएको छ ।कोभिड-१९ संक्रमणको कारण सृजित बर्तमान विषम परिस्थितिमा संक्रमण रोकथाम तथा नियन्त्रण गर्न/गराउन र शान्ति सुव्यवस्था कायम गर्न/गराउन सदाझैं निरन्तर पृष्ठपोषण,सहयोग तथा समन्वयका लागि सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरू समक्ष गृह मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x