कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
कात्तिक ३, २०७७
जनताको पक्षमा जतिसुकै भाषण गरेपनि, विकास र समृद्धिको नारा जपेपनि र जतिसुकै जनपक्षीय सरकार भनेर दावी गरेपनि गुपचुप शक्तिमा रहेकाहरुबाट राज्य कोषको दोहन कसरी हुँदो रहेछ भन्ने पुष्टि पछिल्लो घटनाक्रमले गरेको छ । गतवर्ष कै मन्त्रिपरिषद् बैठकको निर्णयमा टेकेर संघीय सचिवालयले संघीय सांसदलाई वितरण गरेको दशैं भत्ता कोरोना महामारीका बीच पनि प्रधानमन्त्री, सभामुख, मन्त्रीदेखि सांसदसम्मले गुपचुप खल्तीमा हालेका थिए ।
जनताका अगाडि नांगिएपछि कसरी उनीहरु पानीमाथिको ओभानो बन्दै आफूलाई नैतिकवान देखाउन लाग्छन् भन्ने पनि प्रष्ट भएको छ । साथसाथै कलमको शक्ति एकपटक पुनः देखिएको छ र त्यही कलमबाट निस्केको आवाजले पुरै देश तरंगित भयो भने जनताको अगाडि निरीह बन्दै प्रधानमन्त्री केपी शर्मा ओलीदेखि संघीय सरकारका मन्त्री, संघीय संसदको प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्षदेखि सांसदहरुले दशैं भत्ता रकम फिर्ताको घोषणा गरेका छन् । यसरी राज्य कोषको करोडौँ रकम जोगाउने समाचार पहिलो पटक लोकान्तर डटकमले खुलासा गरेको थियो ।
लोकान्तरको खुलासापछि सबैभन्दा पहिला नेकपा प्रभावशाली नेता भीम रावलले संसद सचिवालयलाई पत्र नै लेखेर रकम फिर्ता लिन आग्रह गरे भने त्यसपछि नेकपा सांसद जनार्दन शर्माले पूर्व जनमुक्ति सेनाको उपचारमा सो रकम दिने घोषणा गरे ।
यसैगरी सांसदहरु सूर्य पाठक, देवेन्द्र पौडेल, बालकृष्ण खाँड, गगन थापा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना लगायतले रकम फिर्ता गर्दा सोमबार सत्ता र प्रतिपक्षी दलले पार्टीगत निर्णय नै गरेर रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरे । यस्तै प्रधानमन्त्रीकै सक्रियता मन्त्रिपरिषद्का सबै सदस्यको दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय भयो भने प्रदेश सरकारलाई पनि संघीय सरकारको निर्णयको मर्मअनुसार कोरोना कोषमा रकम जम्मा गर्न आग्रह गरियो । यसो त दशैं भत्ता बुझिसकेका केही प्रदेशमा पनि रकम फिर्ता गर्ने लहर चलिरहेको अवस्था छ ।
प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको दशैं भत्ता कोरोना कोषमा
प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल सरकारका मन्त्रीहरूको दशैं भत्ता बापतको रकम कोरोना कोषमा जम्मा गरिने भएको छ ।
दशैं भत्ताबापतको रकम कोरोना उपचार कोषमा जम्मा गरिने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।
०७६ भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयका आधारमा सांसद र मन्त्रीहरूले दशैं भत्ता लिएका थिए ।
सरकारले दशैं भत्ता बापतको रकम कोरोना उपचार कोषमा जम्मा गर्न आग्रह समेत गरेको छ ।
ठूला दल नेकपा र कांग्रेसले फिर्ता गरे दशैं भत्ता
ठूला दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले भत्ता फिर्ता गर्ने निर्णय गरेका छन् ।
सोमवार शुरूमा प्रतिपक्षी कांग्रेसले भत्ता सरकारी कोषमा नै फिर्ता गर्ने संस्थागत निर्णय गरेपछि सत्तारुढ दल नेकपाले पनि दशैं भत्ताबापत प्राप्त रकम फिर्ता गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय सभाका नेकपा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले सबै सांसदको दशैं भत्ता कोभिड उपचार कोषमा जम्मा गर्ने निर्णय भएको लोकान्तरलाई जानकारी दिए ।
यसैगरी नेपाली कांग्रेसले दशैं भत्ताबापत आफ्ना सांसदको खातामा आएको ४३ लाख २० हजार ८१० रुपैयाँ कोरोना उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाणले सोमवार एक विज्ञप्ति प्रकाशित गरी दशैं भत्ता कोरोना उपचार कोषमा राख्ने निर्णय भएको जानकारी गराएका छन् ।
कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा आमनेपाली जनता रोग, भोक र अभाव, पीडा र कठिनाइ व्यहोरिरहेको समयमा जनप्रतिनिधिलाई दशैं भत्ता बाँड्ने निर्णय समय सान्दर्भिक र उचित नभएकाले संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदले भत्ता फिर्ता गर्ने निर्णय गरेको खाणले विज्ञप्तिमा जनाएका छन् ।
संसद्को तेस्रो ठूलो दल जनता समाजवादी पार्टीले पनि दशैं भत्ता फिर्ताका लागि छलफल शुरू गरेको छ । सो दलको केन्द्रीय कार्यकारिणी बैठक चलिरहेको छ । सो बैठकबाटै भत्ता फिर्ताको निर्णय हुने एक सांसदले बताएका छन् ।
पार्टी निर्णयअघि आज क–कसले फिर्ता गरे ?
भक्तपुर क्षेत्र नं २ का सङ्घीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले पार्टीको निर्णयअघि नै यस वर्षको दशैं भत्ताबापतको रकम भक्तपुर अस्पताललाई हस्तान्तरण गरेका छन् ।
अस्पतालमा सेवा लिन आउने गरीब, विपन्न र असहाय बिरामीको उपचारका लागि खर्च गर्ने गरी आज उनले सो रकम हस्तान्तरण गरे ।
नेकपाका केन्द्रीय सदस्य बस्नेतले अस्पताल पुगेर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल र मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमलाई रु ६५ हजार हस्तान्तरण गर्दै जीवन शैली सरल र पारदर्शी बनाउनु आवश्यक रहेको र चाडपर्व तडकभडक गरेर मनाउनुभन्दा गरीब र असहायलाई सहयोग गर्नुपर्ने धारणा राखे ।
अहिलेको विषम परिस्थितिमा कोरोना सङ्क्रमण नियन्त्रणका लागि सबैले आआफ्ना क्षेत्रबाट सहयोगात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले सबै स्थानीय सरकारलाई आफ्ना स्थानीय तहमा अस्पताल निर्माण गर्न आह्वान गरे ।
यसैगरी नेकपाकै सांसद प्रभु साहले दशैं भत्ताबापत आएको रकम फिर्ता गर्ने घोषणा गरेका छन् ।
सांसद साहले सोमवार विज्ञप्ति जारी गरी खातामा आएको ६४ हजार ७० रुपैयाँ दशैं भत्ता फिर्ता गरेको उल्लेख गरेका हुन् ।
यस्तै नेकपा संसद गोकर्ण विष्टले दशैं भत्ताबापत संसद् सचिवालयले उपलब्ध गराएको रकम फिर्ता गर्न माग गरेका छन् ।
विष्टले संसदका महासचिवलाई चिट्ठी लेखेर सांसदले दशैं भत्ता लिने कुरा सामाजिक न्यायको हिसाबले पनि ठीक नहुने भन्दै फिर्ता गरेको जानकारी गराएका हुन् ।
यसैगरी प्रतिनिधि सभाका सांसद एवम् नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले पनि दशैं भत्ता फिर्ता गरेका छन् ।
उनले सोमवार एक विज्ञप्ति जारी गर्दै दशैं भत्ता फिर्ता गर्ने घोषणा गरेका हुन् ।
उनले भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले अन्य राजनीतिक दल र सांसदहरुलाई पनि दशैं भत्ताका नाममा बदनाम गर्ने दुराशय राखेको भन्दै आक्रोश पोखेका छन् ।
यसैबीच कर्णाली प्रदेश सभाका उपसभामुख पुष्पा घर्ती मगरले पनि प्रदेश सभा सचिवालयबाट प्राप्त भएको दशैं खर्च वापतको पचास हजार विभिन्न आश्रमलाई नगद वितरण गर्ने भएकी छिन् ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...