×

NMB BANK
NIC ASIA

बलियो बन्नका लागि यस्ता बानी अपनाउनुस्

कात्तिक १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

शरीरको शक्तिमा हामीले ध्यान दिने गरेको भएपनि मन वा दिमाग बलियो बनाउने विषयमा हामीले प्रायः ध्यान दिइरहेका हुँदैनौं । शारीरिक शक्तिले तपाईंको व्यक्तित्वलाई प्रभावशाली बनाउँछ र त्यसले सबैलाई आकर्षित गर्छ भने मानसिक शक्तिले अप्ठ्यारो परेको बेलामा पनि संयम राख्नका लागि प्रेरित गर्छ । 

Sagarmatha Cement
Muktinath Bank

संसारमा सफलताको शिखरमा पुगेका मानिस शारीरिक रूपमा सशक्त भएपनि नभएपनि मानसिक शक्तिका कारण त्यस ठाउँमा बसिरहेका हुन् । यस्ता व्यक्तिसँग विशेष गुण हुन्छन् । जानौं ती गुणहरू :


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भावनामा नियन्त्रण
मानसिक रूपमा बलियो बन्नका लागि सबभन्दा पहिला आफ्ना भावनाहरूलाई बुझ्ने र तिनलाई सम्हाल्ने प्रयास गर्नुस् । सफल व्यक्तिहरूले भावनालाई नियन्त्रणमा राख्छन् र अगाडि भएको मानिसको मनको कुरा पनि बुझ्न सक्छन् । उनीहरूले आफ्नो सशक्त पक्ष र कमजोर पक्ष दुवैको ज्ञान राख्छन् र त्यसैअनुसार काम गर्छन् ।


Advertisment
Nabil box
Kumari

निजी र व्यावसायिक जीवनमा सन्तुलन
निजी र व्यावसायिक जीवनलाई सन्तुलनमा राख्ने मानिस मानसिक रूपमा सशक्त हुन्छन् । कामका बेलामा काममा मात्र फोकस हुने अनि लक्ष्य प्राप्तिका लागि हरसम्भव प्रयास गर्ने उनीहरूको बानी हुन्छ । अनि निजी जीवनमा अफिसको काम हाबी हुन नदिने प्रयास गर्नुपर्छ । 

Vianet communication
Laxmi Bank

आफूमाथि विश्वास
मानसिक शक्ति पाउनका लागि आफैंमाथि विश्वास राख्नुपर्छ । चुनौतीहरूका कारण आत्तिनेभन्दा पनि त्यसमा लुकेको नयाँ अवसर देख्ने क्षमता विकसित गर्नुपर्छ । आफ्नो भविष्य बनाउने क्षमता आफैंसँग भएको विश्वास राख्नुपर्छ । 
सकारात्मक सोच
सफलताको बाटोमा थुप्रै अप्ठ्यारा आउँछन् अनि सफल मानिसहरू ती अप्ठ्यारालाई पार गर्न सक्छन् किनकि उनीहरू मानसिक रूपमा बलिया हुन्छन् । उतारचढावको स्थितिमा यस्ता मानिस शान्त रहन्छन् र मनलाई शान्त राख्छन् । 

लचिलो
अप्ठ्याराहरू त हरेक कदममा आउँछन् तर ती अप्ठ्यारालाई हल गर्दै अघि बढ्ने मानिस मात्र विजेता बन्छ । कुनै पनि समस्या आएमा चिन्तित हुनुभन्दा सफल मानिसले लचिलो भएर त्यसको समाधान खोज्न थाल्छन् । मानसिक रूपमा बलियो मानिसले मात्र यस्तो गर्न सक्छन् ।

यसैगरी मानसिक रूपमा बलिया मानिसहरू निरन्तर प्रयास गरिरहन्छन्, गुनासो गर्दैनन् अनि गल्तीबाट सिक्दै अघि बढ्छन् । कुनै पनि कार्यमा सफल हुनका लागि मानसिक रूपमा बलियो हुनैपर्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x