×

NMB BANK
NIC ASIA

दशैंका लागि २५ सय मेट्रिक टन चिनी

कात्तिक ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

साल्ट ट्रेडिङ कर्पाेरेसनको २५ सय मेट्रिक टन चिनी बुधबार आइपुग्ने भएको छ । सरकारले चाडपर्वलाई लक्षित गरी खाद्यव्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत कम भन्सार दरमा आयात गर्न अनुमति दिएको थियो । सरकारको सो अनुमतिअनुसार साल्ट टे«डिङले ५० प्रतिशत भन्सार छुटमा चिनी भित्र्याएको हो ।

Sagarmatha Cement
Muktinath Bank

सरकारले साल्ट ट्रेडिङलाई २० हजार मेट्रिक टन र खाद्यकम्पनीलाई १० हजार मेट्रिक टन आयात गर्न अनुमति दिएको थियो । खाद्यकम्पनीले सो चिनी दसंैपछि मात्र ल्याउन सक्ने बताएको छ भने साल्ट टे«डिङले सो चिनी २५ सय मेट्रिक टन बुधबार वीरगञ्जको नाका आइपुग्ने जानकारी दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साल्ट ट्रेडिङ कर्पाेरेसनका विभागीय प्रमुख ब्रजेशकुमार झाले बुधबार २५ सय मेट्रिक टन चिनी वीरगन्ज नाका पुग्ने बाँकी चिनी त्यसको केही दिनपछि निरन्तर आउने बताए । विभागीय प्रमुख झाले सरकारले साल्ट टे«डिङलाई चिनी आयात गर्न अनुमति ढिला दिएको हुँदा चिनी आयात गर्न केही ढिला भएको बताए ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘चिनीको मौज्दात कम हुने देखिएपछि सरकारलाई गत माघ महिनामा नै चिनी आयातका लागि अनुमति माग गरेका थियौं । तर, सरकारले हामीलाई चिनी आयात गर्ने अनुमति भदौ महिनाको अन्तिममा मात्र दिएको हुँदा चिनी आयातमा ढिला भएको हो ।

Vianet communication
Laxmi Bank

यदि सरकारले हामीले आयातको अनुमति माग गरेको समयमा नै चिनी आयात गर्न अनुमति दिएको भए उपभोक्ताले अहिले बजारबाट महँगो चिनी किनेर खानुपर्ने बाध्यता हुने थिएन । उनले भने, ‘पहिलो लटको चिनी बुधबार नेपाल आइपुग्छ । दोस्रोलट भने विजया दशमीसम्म आइपुग्नेछ ।

दसैंको केही दिन बिदा हुने हुँदा बीचमा दुई-चार दिन आउने छैन नत्र भने अब सरकारले साल्ट टे«डिङलाई आयात गर्न दिएको अनुमतिअनुसार चिनी निरन्तर आयात हुनेछ । विभागीय प्रमुख झाले भने, ‘अहिले हामीसँग धेरै मौज्दात नहुँदा हामीले थोक व्यापारीलाई बिक्री गरेका छौं । खुद्रामा मात्र बिक्री गरिरहेका छौं । २५ सय मेट्रिक टन आइपुग्दा थोक व्यापारीलाई पनि बिक्री गर्नेछौं । साल्ट ट्रेडिङको चिनी आएपछि बजारमा बढेको चिनीको मूल्य पनि घट्ने झाको भनाइ छ ।

अहिले खुद्रा बजारबाट प्रतिकेजी चिनी उपभोक्ताले ८५ रुपैयाँदेखि ९५ रुपैयाँ तिरी रहेका छन् । तर, साल्ट ट्रेडिङ बजारमा मूल्यभन्दा प्रतिकेजी १५ देखि २५ रुपैयाँसम्म सस्तो बिक्री गरिरहेको छ । साल्ट ट्रेडिङले बजारको मूल्यभन्दा हरेक खाद्यवस्तु सस्तो र गुणस्तरीय बिक्रीवितरण गर्दै आएको झाले बताए ।

साल्ट ट्रेडिङ दसैंतिहार चाडवर्पलाई विशेष छुट गरेर काठमाडौंका विभिन्न पाँच स्थानबाट खाद्यवस्तु बिक्रीवितरण गरिरहेको छ । यसैगरी देशका विभिन्न कार्यालयबाटै बाहिरबाट पनि उपभोक्तालाई छुटमा खाद्यवस्तु बिक्रीवितरण गरी रहेको छ ।

विभागीय प्रमुख झाका अनुसार विभिन्न प्रकारका चामलको प्रतिबोरामा ५० रुपैयाँदेखि एक सय रुपैयाँ छुट बिक्रीवितरण गरिरहेको छ । यसैगरी विभिन्न प्रकारका दाल, गेडागुडी प्रतिकेजी ३ देखि ५ रुपैयाँसम्म छुटमा दिएको छ ।

चिनी प्रतिकेजी ७३ रुपैयाँ बिक्री गर्दै आएको साल्ट ट्रेडिङले अहिले दसंैतिहारका लागि प्रतिकेजी ३ रुपैयाँ छुट गरेर ७० रुपैयाँमा दिएको छ । सोही चिनी अहिले बजारमा ५ रुपैयाँदेखि ९५ रुपैयाँमा पर्ने गरेको छ ।

यसैगरी २० रुपैयाँ पर्ने नुनलाई साल्ट ट्रेडिङले प्रतिकेजी २ रुपैयाँ छुट गरेर १८ रुपैयाँमा दिने गरेको छ । साल्ट ट्रेडिङले उपभोक्तालाई बिक्री गर्दै आएको खाद्यवस्तु बजारको भन्दा सस्तो र गुणस्तरीय हुने साल्ट ट्रेडिङको दाबी छ । राजधानी दैनिकमा कोपिला कुँवरले खबर लेखेकी छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x