×

NMB BANK
NIC ASIA

सङ्क्रमितको उपचार खर्च हुनेबाट लिने र नहुनेलाई दिने !

कात्तिक ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना सङ्क्रमितले उपचार खर्च आफैं ब्योहोर्नुपर्ने निर्णयबारे तिब्र आलोचना भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णयबारे प्रस्ट पारेको छ ।

Muktinath Bank

मन्त्रालयले कोरोना सङ्क्रमितले उपचार खर्च आफैं तिर्नुपर्ने निर्णयबारे प्रष्ट्याउँदै उपचारको क्रममा राज्यले पैसा हुनेबाट लिने र नहुनेलाई दिने नीति अख्तियार गरेको जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत् असोज १९ गतेको मन्त्रीपरिषद्ले कोरोना सङ्क्रमितले उपचार खर्च आफैं तिर्नुपर्ने निर्णय गरेको थियो । उक्त निर्णयको कार्यान्वयन कात्तिक २ गतेबाट लागू हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको थियो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले राज्यले पहिलो सङ्क्रमित पुष्टि हुँदादेखि नै आफ्नै स्रोत साधनबाट कोरोना सङ्क्रमितको उपचार गरिरहेको बताउनुहुँदै हालसम्म करिब १२ लाख ब्यक्तिको परीक्षण गरिएको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

मन्त्रालयले राज्य कोषबाट उपचार हुने मापदण्ड समेत निर्धारण गरेको छ । जसमा एकल महिला, विपन्न, अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगायतलाई परिभाषित गरिएको छ ।

Vianet communication
Laxmi Bank

प्रवक्ता डा. गौतमले भन्नुभयो, “उपचारको प्रक्रियालाई थोरै परिवर्तन गरिएको छ, क्षमता हुनेले खर्च तिर्ने र नहुनेलाई राज्य कोषबाट उपलब्ध गराइनेछ ।” उनले थपे, “असहाय, एकल महिला, अपाङ, अग्रपंक्तिमा रहेर काम -गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वास्थ्य उपचार व्यवस्थापनमा सघाउ पुग्नेछ ।”

प्रवक्ता डा. गौतमले राज्यकै कोषबाट एक लाख सङ्क्रमितको उपचार गरिएको तथ्याङ्क प्रस्तुत गर्नुभयो । हालसम्म नेपालमा एक लाख ३६ हजार ३६ जना ब्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । १३ लाख ९१८ जना ब्यक्तिले आरटीपीसीआर परीक्षण गराएका छन् ।

त्यसैगरी, मन्त्रालयले शव व्यवस्थापनबारे संशोधन गरिएको निर्देशिकाबारे समेत प्रष्ट्याएको छ । मन्त्रालयको संशोधित निर्देशिकाले कोभिड–१९ को सङ्क्रमणले मृत्यु हुने बिरामीको शव व्यवस्थापन परिवार र आफन्तजनले तोकिएको मापदण्ड अपनाएर आफैं गर्ने व्यवस्था गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, “यस प्रकारको व्यवस्था गर्दा नेपाली सेनाले शव व्यवस्थापन नगर्ने भन्न खोजिएको हैन, थुप्रै संघ संस्थाले धार्मिक रितिरिवाज बमोजिम परिवारजनले शदगद् गर्नुपर्ने माग गरेकोले संशोधन गरिएको हो ।” उनले नेपाली सेना पुग्न नसकेको स्थानमा र परिवारजनले आफैं अन्त्येष्टि गर्ने अनुरोध गरेमा मापदण्ड बमोजिम शव व्यवस्थापन गर्न पाउने बाटो खोलिएको प्रष्ट्याए ।

यसअघि कोभिड–१९ सङ्क्रमितको मृत्यु हुँदा नेपाली सेनाले साबधानी अपनाएर शव व्यवस्थापन गर्दै आएको थियो । प्रवक्ता डा. गौतमले शवबाट कोरोना सङ्क्रमण सर्ने जोखिम न्यून रहेकोले परिवारजनले मापदण्ड अपनाएर गर्दा समस्या नहुने तर्क गरे । गोरखापत्र दैनिकमा इश्वरचन्द्र झाले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x