×

NMB BANK
NIC ASIA

भव्य बन्यो रानीपोखरी

कात्तिक ४, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

पुनर्निर्माण गरिएसँगै ऐतिहासिक सम्पदा मध्येको एक रानीपोखरीको सुन्दरताबारे चर्चा बढ्न थालेको छ ।

Muktinath Bank

केही महिना अघिसम्म एउटा भग्नावशेष जस्तो देखिने रानीपोखरीको स्वरूप यतिबेला कायापलट भएको छ । कञ्चन रानीपोखरीमा दरबार हाइस्कुल, जमल क्षेत्रका उच्च भवनसँगै उत्तरपूर्वमा रहेको घण्टाघरको छवि निकै रमणीय देखिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसवर्षको तिहारमा रानीपोखरी र बालगोपालेश्वरको मन्दिर नागरिकका लागि खुला गरिने भएको छ । बुधबार यसको औपचारिक उद्घाटन गरिएपछि तिहारमा आम नागरिकका लागि खुला गर्ने निर्णय गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

अर्यालका अनुसार सोमबार र मङ्गलबार सरसफाइ र सजावटको काम सकिएपछि रानीपोखरी नागरिकका लागि खुला गर्न तयार हुनेछ । रानीपोखरीमा सोमबार दर्जनौँ कामदार यसलाई अन्तिम रूप दिन खटिएका थिए । रेखदेखकर्ता दोर्ची शेर्पाका अनुसार छुटेको रङ्गरोगन, टालटुलसहित सरसफाइ र बगैँचा सजाउने काम भइरहेको छ । मङ्गलबारदेखि सुरक्षाकर्मी तैनाथ हुनेगरी व्यवस्थापन गरिएको छ ।

Vianet communication
Laxmi Bank

झण्डै एक सय कामदारको समूहले रानीपोखरीलाई थप चम्काउने काम मङ्गलबार साँझसम्म भ्याउनेछन् । गतवर्षको भदौ अघिसम्म भने भक्तपुरबाट आएका सम्पदा निर्माण गर्ने महिला सहितको टोलीले प्रारम्भिक चरणको काम सकेका थिए । पोखरीका डिलमा बनेका प्राचीन इँटामा रङ्गरोगन र टालटुल गर्न व्यस्त राम श्रेष्ठले चिल्ला, आकर्षक डिलसँगै पर्खालको काम गरिरहेको बताउनुभयो । पहिले आउँदा काम कताबाट सुरु गर्ने जस्तो लागेको थियो, अहिले देख्दा मनै फुरुङ्ग हुन्छ, उहाँ सुनाउँछन् ।

राजा प्रताप मल्लका पालामा बनेको रानीपोखरीस्थित बालगोपालेश्वरको मन्दिर र आसपासका संरचना त्यही समयको ढाँचामा निर्माण गरिएको हो । ९० सालको भूकम्पमा भत्किएपछि फरक शैलीको मन्दिर बनेको थियो । २०७२ सालको भूकम्पले गर्दा रानीपोखरी भग्नावशेषमा परिणत भएको थियो । अहिले प्राचीन आकारको स्वरूपमा मन्दिर बनाइएको हो । राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको असामयिक निधन भएपछि शोकाकुल
रानीलाई खुसी पार्न वि. सं. १७२७ मा रानीपोखरी निर्माण भएको थियो । गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छन् ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x