×

NMB BANK
NIC ASIA

नास्टले बनायो ‘ह्युमोनोइड’ रोबोट

कात्तिक ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना संक्रमण रोकथाममा मानिसको सतर्कता घट्न नदिन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले रोबोट बनाएको छ । आर्टिफिसियल इन्टिलिजिन्स र मेसिन लर्निङ सिस्टम जडित ‘यान्त्रिका’ नाम दिइएको उक्त रोबोट सोमबार भर्चुअल माध्यमबाट सार्वजनिक गरिएको हो ।

Muktinath Bank

कार्यालयमा राखिने यो रोबोटले कर्मचारी र सेवाग्राहीलाई मास्क लगाउन सम्झाउने, नबोकेकालाई मास्क र सेनिटाइजर दिनुका साथै ज्वरो जाँच गर्नेछ । मास्क नलगाएको भए लगाउन निर्देशन दिनेछ भने लगाएको भए धन्यवाद दिँदै सेनिटाइजर दिएर ज्वरो जाँच गर्नेछ । नास्टका अनुसार यान्त्रिका एआई र मेसिन लर्निङ फिचर भएको नेपालमै निर्मित पहिलो रोबोट हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्माण टोलीको नेतृत्व गरिरहेका नास्टका इन्जिनियर रोशन पाण्डे भने, ‘यसको डिजाइन र निर्माण नास्टको प्रविधिक संकायले गरेको हो । अहिले परीक्षणका लागि तयार गरिएको हो, व्यवसायका लागि होइन ।’ नास्टको मूल ढोकामा राखिएको यान्त्रिकाले आगन्तुकको स्वागत गर्ने, मास्क लगाएको/नलगाएको बारे जानकारी लिन्छ । यान्त्रिकामा जडित कन्ट्याक्ट लेस टेम्प्रेचर डिटेक्ट गर्ने उपकरणले आगन्तुकहरूको तापक्रम पनि जाँच्छ ।


Advertisment
Nabil box
Kumari

मास्क नलगाई आएका व्यक्तिलाई यान्त्रिकाले आफ्नो दायाँ हातको मद्दतबाट झोलामा राखिएको मास्क अटोमेटिक रूपमा दिन्छ । मास्क लगाएपछि यान्त्रिकाले सेनिटाइजर दिन्छ । यान्त्रिकामा जडित न्युरल नेटवर्कले मास्क लगाएको/नलगाएको थाहा पाउँछ र लगाएको छ भने ‘छ’ र छैन भने ‘छैन’ भन्छ । यान्त्रिकाले सूचना दिँदा मानिसले जस्तै आँखा झिम्क्याउने तथा आँखाले पनि एक्सप्रेसन दिनेछ ।

Vianet communication
Laxmi Bank

यान्त्रिकामा जडित ‘भ्वाइस डिटेक्सन सिस्टम’ बाट यो एक ठाउँबाट अर्को ठाउँपनि जान सक्छ । यान्त्रिकाको एउटै हातमा ६ वटासम्म मोटर भएकाले मानिसको जस्तै सजिलो तरिकाले नमस्कार गर्ने र हात हल्लाउने पाण्डेले बताए । यान्त्रिकाको छातीमा जडित टच स्क्रिन (ट्याबलेट) बाट पनि आगन्तुकले नास्टसम्बन्धी जानकारी लिन सक्ने बनाइएको छ ।

पाण्डेले कोरोनाकालमा स्वास्थ्य सावधानीमा सतर्क हुनुपर्छ भन्ने सन्देश रोबोटमार्फत दिन खोजिएको बताए । नास्टका प्राविधिक सम्मिलित नवप्रवर्तन समूहले बनाएको रोबोटको डिजाइन र अपरेटिङ सिस्टम नेपालीले नै गरेका हुन् । हाल यान्त्रिका ०.१ भर्सनको भएकाले सन् २०२१ को अन्त्यतिर यसको दोस्रो भर्सन यान्त्रिका ०.२ ल्याउने तयारी भइरहेको जानकारी पाण्डेले दिए । उक्त रोबोटले मानिससँग वादविवाद पनि गर्न सक्ने उनले बताए । ‘यो रोबोटलाई अझ विकास गरेर कर्मचारीको हाजिरी लिने, हाजिरी गरे/नगरेको सोध्ने, हालखबर पनि सोध्ने पनि बनाउन सकिन्छ,’ उनले भने ।

यान्त्रिकाको पहिलो संस्करणमा जडित मोटर र प्रोसेसरलगायत इलेक्ट्रोनिक्स उपकरण विदेशबाट झिकाइएको हो । करिब ६ साता लगाएर निर्माण गरिएको यान्त्रिकालाई सार्वजनिक गर्नुअघि दुई सातासम्म परीक्षण गरिएको थियो ।

यो रोबोट बनाउन लागेको खर्चको सूची तयार पार्न बाँकी छ । निर्माण समूहमा पाण्डेसहित इन्जिनियरद्वय ज्ञानेन्द्र थापा, सागरबहादुर तामाङ, इन्जिनियरिङका विद्यार्थीहरू रामकृष्ण यादव, नवीन दाहाल र दिवस खड्का छन् । सुरेश कार्की, घनश्याम श्रेष्ठ, सुजिन श्रेष्ठ र जयनारायण चौधरीलगायत चार आर्टिस्टहरूले यान्त्रिकालाई मानिसको स्वरूप दिएका छन् । योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले युवाले गरेको कार्य राम्रो भए पनि यसको उत्पादन र व्यवहारमा कसरी लैजाने भन्ने विषयमा प्रस्ट हुन बाँकी नै रहेको बताए । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x