×

NMB BANK
NIC ASIA

भारतीय सेनाको नियन्त्रणमा चिनियाँ सैनिक, फर्काउनका लागि चीनले गर्‍यो आह्वान

कात्तिक ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको पूर्वी लद्दाखको चुमार–डेमचोक इलाकामा पक्राउ परेका चिनियाँ सैनिकलाई भारतीय सेनाले फर्काउने घोषणा गरेको भए पनि चिनियाँ सेना आश्वस्त हुन सकेको छैन । 

Muktinath Bank

भारतीय पक्षले आफ्नो वाचा पूरा गर्ने र शीघ्र नै चिनियाँ सैनिकलाई फर्काउने आशा गरेको चिनियाँ सेनाको भनाइ छ । एक सैनिक गोठालाको याक खोज्नका लागि सहायता गर्ने क्रममा राति आफ्नो सैनिक हराएको चिनियाँ सेनाको दाबी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिनियाँ सेनाका प्रवक्ता वरिष्ठ कर्नेल झाङ शुइलीले वास्तविक नियन्त्रण रेखामा चिनियाँ जनमुक्ति सेनाका सैनिकहरूले घटना भएलगत्तै भारतीय सेनालाई यसको जानकारी दिएको बताए । शुइलीले भने, ‘भारतीय पक्षले बेपत्ता भएको चिनियाँ सैनिकलाई छिट्टै फर्काउने र सातौं चरणमा भएको कुराकानीपछि बनेको सहमति लागू गर्ने आशा गरेका छौं । यसले गर्दा सीमावर्ती क्षेत्रमा शान्ति कायम हुन्छ ।’


Advertisment
Nabil box
Kumari

चिनियाँ सैनिक कर्पोरल वाङ लाङलाई भारतीय सेनाले चुमार–डेमचोक इलाकामा पक्राउ गरेको थियो । भारतीय सेनाले बयान जारी गरेर चिनियाँ सैनिक भेटिएको र उसलाई स्वास्थ्य सहायता, खाना, अक्सिजन र न्यानो कपडा उपलब्ध गराएको जानकारी दियो । औपचारिकता पूरा गरेर चिनियाँ सेनालाई सैनिक सुम्पिने पनि उसले बतायो । 

Vianet communication
Laxmi Bank

ती चिनियाँ सैनिकसँग नागरिक र सैन्य दस्तावेज रहेको पाइएको भनी खबर पनि आएका थिए । भारतीय सेनाले चिनियाँ सैनिकसँग कुराकानी पनि गरिरहेको छ । 

याकमा गोप्य उपकरण जोडेर चिनियाँ सेनाले भारतीय क्षेत्रमा प्रवेश गरेर जासूसी गरिरहेको हो कि भनी भारतले शंका गरेको छ । भारतीय पक्षले केही दिनअघि मानवीयताको परिचय दिँदै १३ वटा चिनियाँ याक चिनियाँ सीमामा फर्काइदिएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x