×

NMB BANK
NIC ASIA

ट्रम्पले पुनः चुनाव जित्न सक्ने यस्ता छन् ५ कारण

कात्तिक ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकामा राष्ट्रपति निर्वाचन आउनै लाग्दा विभिन्न मतसर्वेक्षणहरूमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध अग्रता कायम गरिरहेको देखिन्छ । उनले राष्ट्रिय स्तरमा मात्र नभई कडा प्रतिस्पर्धा भएका राज्यमा पनि अग्रता लिइरहेको पाइएको छ । 

Muktinath Bank

कीर्तिमान रकम जम्मा पार्न सकेकाले पनि डेमोक्रेटिक पार्टीलाई फाइदा पुगिरहेको छ । अन्तिमतिर चुनावी सन्देशहरू मिडियामा छ्यापछ्याप्ती पार्ने योजना डेमोक्रेटिक पार्टीले बनाएको देखिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चुनावी विश्लेषकहरू ट्रम्प यो चुनाव हार्न सक्ने बताइरहेका छन् । 


Advertisment
Nabil box
Kumari

नेट सिल्भरका ब्लग फाइभथर्टीएट डट्कमका अनुसार, बाइडनले जित्ने सम्भावना ८७ प्रतिशत छ । अनि डिसिजन डेस्क एचक्यूले बाइडन जित्ने सम्भावना ८३.५ प्रतिशत रहेको देखाएको छ ।

Vianet communication
Laxmi Bank

तर अघिल्लो चुनावमा पनि हिलारी क्लिन्टनका विषयमा यस्तै भविष्यवाणीहरू गरिएका थिए । तर अन्तिममा कस्तो परिणाम आयो, सबैलाई थाहै छ । 

ट्रम्पले चुनावी सर्वेक्षणहरूलाई पुनः एकपटक गलत साबित गर्छन् त ? उनले जीतको इतिहास दोहोर्‍याउँछन् त ? 

यहाँ पाँचवटा कारण प्रस्तुत गरिँदैछ जसले ट्रम्पलाई राष्ट्रपति पद पुनः दिलाउने संकेत दिएका छन् । 

ठूलो काण्ड
सन् २०१६ को राष्ट्रपति चुनावभन्दा ११ दिनअघि तत्कालीन एफबीआई प्रमुख जेम्स कोमीले हिलारी क्लिन्टनविरुद्ध पुनः अनुसन्धान शुरू गर्ने बताएका थिए । क्लिन्टन परराष्ट्रमन्त्री छँदा निजी इमेल सर्भर उपयोग गरेको आरोपमा अनुसन्धान हुने भएको थियो । 

एक हप्तासम्म यो कुरा चर्चामा रह्यो । यसले ट्रम्पको चुनावी अभियानमा उत्साह ल्यायो । 

सन् २०२० मा पनि चुनाव आउनुभन्दा लगभग दुई हप्ताअघि यस्तै किसिमको कुनै राजनीतिक घटनाले ट्रम्पलाई जिताउन सक्नेछ । तर करदाखिला र कोभिड–१९ का कारण अस्पतालमा भर्ना भएको लगायतका घटनाले उनका लागि नराम्रो खबर मात्र ल्याएको छ । 

तर यसबीचमा न्युयोर्क पोस्टले एक रहस्यमय ल्यापटप र इमेलको प्रसंग सहितको एक लेख छापेको छ । त्यसले बाइडनका छोरा हन्टरलाई युक्रेनको एक ग्यास कम्पनीका लागि पैरवी गर्ने कोशिश गरेको संकेत दिएको छ । 
 

रिपब्लिकनहरूले यसलाई ठूलो विषय बनाउन खोजेका भए पनि यसमा खासै स्पष्टता नदेखिएकाले मतदाताहरूमा यसको निकै कम असर पर्न सक्ने पाइएको छ । 

तर ट्रम्पले यसमा अझै धेरै कुराहरू सार्वजनिक हुने वाचा गरेका छन् । बाइडन उपराष्ट्रपति हुँदा छोरोले गडबडी गरेको प्रमाण फेला परेछ भने ट्रम्पको निर्वाचन अभियानलाई फाइदा पुग्छ । 

सर्वेक्षणको परिणाम
जो बाइडनले विभिन्न मतसर्वेक्षणमा अग्रता लिइरहेका भए पनि सन् २०१६ को परिणाम हेर्दा यस्ता सर्वेक्षणका नतिजाहरू अर्थहीन साबित भएका थिए र राज्य स्तरीय सर्वेक्षण पनि गलत ठहरिएका थिए । 

राष्ट्रपति चुनावमा मतदाता को हुन् भनी अनुमान गर्नु चुनौतीपूर्ण हुन्छ । अघिल्लोपटकका सर्वेक्षणले यहीँनेर धोका खाए । 

तर बाइडनको मार्जिनले उनलाई सन् २०१६ को स्थितिबाट बचाउने अनुमान द न्युयोर्क टाइम्सले लगाएको छ । तर सन् २०२० मा सर्वेक्षण गर्नेहरूसामु नयाँ बाधा छन् । 

जस्तो, अमेरिकीहरू पहिलोपटक हुलाकमार्फत भोट दिइरहेका छन् । तर रिपब्लिकन पार्टीका नेताहरूले पहिलेदेखि नै हुलाकबाट हुने मतदानमा प्रश्न उठाइरहेका छन् । 

उनीहरूले यसमा धोका हुन सक्ने आशंका व्यक्त गरेका छन् । तर डेमोक्रेटहरूले यस्तो आशंका मतदाताहरूलाई दमन गर्ने कोशिश भएको बताइरहेका छन् । 

मतदाताहरूले फारम गलत भरे वा प्रक्रिया पूर्ण रूपमा पालन गरेनन् भने वा हुलाकले ढिलाइ गर्‍यो भने वैध भोट पनि खारेज हुन सक्छन् । 

अनि मतदान केन्द्र कम हुँदा र कर्मचारी पनि कम हुँदा मतदान गर्न मुश्किल पर्न सक्छ । चुनावी सर्वेक्षणमा सम्भावित मतदाता मानिएकाहरूले पनि मतदान गर्न रुचि नदेखाउन सक्छन् । 

बहसपछिको छवि
लगभग दुई हप्ताअघि ट्रम्प र बाइडनबीच भएको बहसपछि ट्रम्पका लागि परिस्थितिहरू नकारात्मक बनेका छन् । 

ट्रम्पले आक्रामक तथा हस्तक्षेपकारी तरिका अपनाएको उपनगरीय (सबर्बन) क्षेत्रका महिलाले मन नपराएको पाइयो । यी क्षेत्रहरूका महिलाको भोट चुनावका लागि महत्त्वपूर्ण मानिएको छ । 
 

यसैबीचमा बाइडनले आफ्नो उमेर बढी भएको विषयमा गरिएका आशंकालाई खारेज गर्न खोजेका छन् । 

दोस्रो डिबेट भर्चुअल गर्ने भनेपछि ट्रम्पले मानेनन् र डिबेट नै रद्द गरियो । अब बिहीवार तेस्रो डिबेट हुँदैछ । 

त्यसमा ट्रम्प शान्त भए अनि राष्ट्रपति अनुरूप व्यवहार गरे भने तथा बाइडनले कुनै गल्ती गरे भने ट्रम्पको पक्षमा जनमत बन्न सक्छ । 

महत्त्वपूर्ण राज्यमा उपस्थिति
चुनावी सर्वेक्षणमा बाइडन अघिअघि देखिएपनि विभिन्न राज्यमा ट्रम्पको अग्रता छ । यस्तो स्थितिमा इलेक्टोरल कलेज उनको पक्षमा रहन सक्छ । 

अघिल्लो चुनावमा ट्रम्प लोकप्रिय मतमा पछि परेका थिए । तर इलेक्टोरल कलेज भोटले उनलाई जिताएको थियो । 
 

अमेरिकीहरूले राष्ट्रपति चुनावमा भोट दिँदा अधिकारीहरूको एक समूहलाई दिने गरेका छन् । ती समूहले इलेक्टोरल कलेज बनाउँछन् । 

ती इलेक्टर अर्थात् निर्वाचकहरूले राष्ट्रपति र उपराष्ट्रपति छान्छन् । प्रत्येक राज्यबाट इलेक्टरहरूको संख्या त्यस राज्यको जनसंख्याको अनुपातमा हुन्छ । 

ट्रम्पलाई पेन्सिल्भेनिया र फ्लोरिडा जस्ता ठाउँमा गोरा जातिका कलेज नजाने मतदाताहरूले भोट दिएमा उनी जित्ने सम्भावना रहन्छ । 
 

बाइडनको हाड नभएको जिभ्रो
जो बाइडनले अहिलेसम्म अनुशासित चुनावी अभियान चलाएका छन् । 

उनी अव्यावहारिक टिप्पणीका लागि कुख्यात छन् तर यसपालि उनले खासै विवाद निम्त्याएका छैनन् । 

तर बाइडनको चुनाव प्रचार तीव्र हुन लाग्दा गलत बयान दिने खतरा पनि बढेको छ । यसले उनलाई चुनावमा घाटा गराउन सक्छ । 
 

बाइडनलाई मन पराउने भनेका उपनगरमा रहेका उदारवादी, असन्तुष्ट रिपब्लिकनहरू, डेमोक्रेट श्रमिक वर्ग र जातीय अल्पसंख्यक छन् । 

यिनीहरू एकअर्काभन्दा भिन्न छन् र यिनीहरूको स्वार्थ जुध्न सक्छ । यस्तो अवस्थामा बाइडनको एक भूलले यिनीहरूलाई आक्रोशित बनाउन सक्छ । 

चुनावी अभियानको थकान बाइडनमा हावी भएमा उनको वृद्ध उमेरका कारण समस्या आउन सक्ने आशंका पनि गरिएको छ । यस्तो स्थिति आएमा ट्रम्पका लागि जीतको बाटो खुल्नेछ । 

बीबीसीमा प्रकाशित एन्थोनी जर्करको विश्लेषण

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x