×

X
Nic Asia
Marvel

३५ वर्षमा मानिसको दिमाग सबभन्दा शक्तिशाली

काठमाडाैं | कात्तिक ८, २०७६

NTC
Premier Steels
British college
TVS INSIDE

मानव मस्तिष्कमा गरिएको एक अध्ययनले ३५ वर्षको उमेरमा दिमाग कग्निटिभ पीकमा पुग्ने अर्थात् सबभन्दा शक्तिशाली हुने निष्कर्ष निकालेको छ । 

DHARA
LAxmi BAnk

अनि लगभग ४५ वर्षको उमेरबाट मस्तिष्कको क्षमता ओरालो लाग्दै जाने पाइएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

जर्मनीको म्युनिखमा रहेको लुडविग म्याक्सिमिलियन विश्वविद्यालयका अनुसन्धाताहरूले विगत १३० वर्षमा चेसका हजारौं खेलहरूको अध्ययन गरेका थिए । हाम्रो मस्तिष्क उमेरसँगै सुध्रिँदै जाने हो कि भनी हेरिएको थियो । 
उनीहरूले मानव मस्तिष्कको प्रदर्शन २० वर्षसम्म तीव्र गतिमा उकालो लाग्ने, ३५ वर्षको उमेरमा शिखरमा पुग्ने र ४५ वर्षपछि क्रमशः क्षीण हुँदै जाने गरेको पाए । 

अनि हामी मानव प्रजातिका रूपमा दिनदिनै थप बुद्धिमान हुँदै गएको पनि अनुसन्धाताहरूले पाए । 
 


Advertisment
Saurya island

उवे सुन्दे र सहकर्मीहरूले सन् १८९० देखि २०१४ सम्म खेलिएका २४ हजारभन्दा बढी व्यावसायिक चेस खेलहरूमा १६ लाखभन्दा बढी मुभहरूको विश्लेषण गरेका थिए । 

त्यसक्रममा उनीहरूले कुन उमेरमा मस्तिष्कको प्रदर्शन कस्तो हुन्छ भन्ने कुरा पत्ता लगाए । 

Vianet communication
IME BANK INNEWS

‘यसले एउटै व्यक्ति विभिन्न उमेरमा कस्तो प्रदर्शन गर्छ भन्ने विषयमा लामो समयसम्म तुलनात्मक अध्ययन गर्ने अवसर दियो,’ अनुसन्धान टोलीले जानकारी दियो । 

‘विगत १२५ वर्षमा प्रदर्शनमा सुधार आएको छ, विशेषगरी २० वर्षभन्दा कम उमेर भएका मानिसको हकमा,’ टोलीले लेख्यो । 

सन् १९९० को दशकमा प्रदर्शन ह्वात्तै माथि गएको थियो । त्यतिखेरबाट कम्प्युटरमा चेस व्यापक रूपमा उपलब्ध हुन थाल्यो । 

खेलाडीहरूले आफूलाई यन्त्रसँग भिडाउन थाले । त्यस यन्त्रले सबै मुभहरूको पहिले नै अध्ययन गर्न सक्थ्यो र खेल्दै जाँदा त्यसलाई हराउने क्षमता विकसित हुँदै गयो ।

अनुसन्धान टोलीका वैज्ञानिकहरूका अनुसार, कम्प्युटरमा खेलिने चेस र अन्लाइन खेलका अवसरहरूले खेलाडीहरूलाई चेसको थप ज्ञान हासिल गर्न र जीवनको आरम्भमै त्यसको तयारी गर्न समर्थ बनाएको छ । 

अध्ययनका निष्कर्षहरू प्रोसीडिङ्स अफ द नेसनल एकेडमी अफ सायन्सेजमा प्रकाशित छ । 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ९, २०७९

गर्मीको मोसममा धेरै मानिसलाई भोक नलाग्ने र निद्रा नआउने समस्याले सताउँछ । गलत खानपान पनि यसको कारण हुन सक्छ । पोषणयुक्त आहारको कमीले पाचन प्रक्रियामा गडबडी आउँछ अनि यही कारण निद्रा बिग्रिन्छ । भिटामिन, मिनरल्...

असोज ८, २०७९

डेंगु रोकथाम तथा नियन्त्रणका लागि व्यास नगरपालिकाद्वारा शनिवार आयोजित ‘खोज र नष्ट गर्न अभियान’ अन्तर्गत तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित एक मोटरसाइकल वर्कशपमा टायरमा जम्मा भएको पानी फाल्...

असोज ९, २०७९

काठमाडौं- गर्भवती भएको बेलामा महिलाहरूलाई धेरै पानी पिउन मन लाग्छ । शरीरमा पानीको स्तर कायम राख्न गर्भवती महिलाले धेरै पानी पिउनुपर्ने हुन्छ । त्यसैले घरबाट बाहिर निस्केको बेलामा उनीहरू बोतलमा पानी भरेर ...

असोज ८, २०७९

बझाङको खप्तडछान्ना–५ कि किष्णा जोशी गत शुक्रवार ओरालु (सैन्डाँडा) मेलाका लागि अघिल्लै दिन खप्तड गइन् । खप्तड जाँदा उनलाई लेक लाग्न शुरू भयो । कागती र केही खाजा बोकेकी उनलाई हिँड्न सहज त भयो तर रिँगटा...

असोज ८, २०७९

पछिल्लो समय महामारीको रुपमा फैलिरहेको डेंगुको संक्रमण शनिवारसम्म ७६ जिल्लामा फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शनिवार सार्वजनिक गरेको बुलेटिनमा हालसम्म ७६ जिल्लामा डेंगुको संक्रमण फैलिएको उल्लेख गरिएको...

असोज ९, २०७९

जिल्लाका ग्रामीण भेगका बालबालिकाको मुटु परीक्षण अभियान सञ्चालन गरिएको छ ।  बालबालिकामा मुटुको समस्या भएर भविष्यमा जटिलता उत्पन्न नहोस् भन्ने उद्देश्यले लायन्स क्लब अफ चितवन  र नेपाल हर्ट फाउण्डेशन भरतपुर...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x