नक्कली बँदेल, कुखुरा र टर्कीको मासु

बेलायतको राजधानी लन्डनमा शाकाहारी बगरेको पसल अर्को सातादेखि खुल्ने भएको छ । त्यहाँ नक्कली बँदेल, कुखुरा र टर्कीको मासु उपलब्ध हुनेछ । त्यस्ता खाद्यवस्तु सोयाबाट बन्नेछन् । 
 

रुडीज भेगन बुचरले विश्व भेगन दिवस (नोभेम्बर १) का अवसरमा इस्लिङटनमा पसल खोल्ने भएका हुन् । 


Advertisement

पसल परम्परागत बगरेको जस्तै देखिन्छ यद्यपि सबै खानेकुराहरू बिरुवाबाट बनेका हुन् । 

त्यहाँ मासुको आइटमका नाम भएका शाकाहारी खानेकुराहरू उपलब्ध हुनेछन् । 


Advertisement

बेलायतमा शाकाहारी बगरेका पसल यसअघि पनि खुलेका छन् तर यो पहिलो स्थायी पसल हो । 

पोहोर साल युनिलिभरको समर्थनप्राप्त द भेजिटेरियन बुचरले पूर्वी लन्डनमा पसल खोलेको थियो । 
 

खुलेकै दिन रुडीले पहिलो ५० ग्राहकलाई सित्तैमा बेकन नामक खानेकुरा उपलब्ध गराउने भएको छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्