कोरोना संक्रमित बोक्ने एम्बुलेन्स चालकलाई मकवानपुरमा थप प्रोत्साहन भत्ता

वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाका एम्बुलेन्स चालकले कोभिडका बिरामी बोकेबापत थप प्रोत्साहन भत्ता लिन पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मंगलवार प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षमा भएको जिल्ला एम्बुलेन्स सञ्चालन तथा समन्वय समितिको बैठकबाट यस्तो निर्णय भएको हो । 


Advertisement

मकवानपुरबाट काठमाडौं बिरामी लिएर जाने चालकलाई थप १ हजार र चितवन जाने चालकलाई थप ५०० रुपैयाँ साविकको भाडा दरमा थप गरी लिनेसक्ने गरी निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए । सो थप गरिएको प्रोत्साहन बापतको रकम कोभिडका बिरामी बोकका एम्बुलेन्स चालकले मात्र लिन पाउने छन् ।

साविककै भाडादर कायम रहने गरी कोभिडका बिरामी बोकेबापत चालकले थप प्रोत्साहन भत्ता भाडादरमा जोडेर लिन पाउने गरी निर्णय गरिएको हो । 


Advertisement

बैठकमा सहभागी जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोभिडका बिरामी बोक्ने एम्बुलेन्स चालकको समस्यालाई मध्यनजर गर्दै प्रोत्साहन भत्ता लिन सक्ने गरी निर्णय गरिएको जानकारी दिए । जोखमको असहज परिस्थितिलाई मध्यनगर गर्दै भएको सो निर्णयले एम्बुलेन्स चालकलाई ऊर्जा मिलेको एम्बुलेन्स चालक संघका सचिव राजु मुक्तानले जानकारी दिए । 

समितिको यस अगावैको निर्णयअनुसार हेटौंडाबाट काठमाडौं ७ हजार ५००, हेटौंडाबाट चितवन ३ हजार, हेटौंडाबाट वीरगञ्ज २ हजार, हेटौंडा बजार ४ किल्लाभित्र ३०० र नगर बाहिर ३०० सहित प्रतिकिलोमिटर २५ रुपैयाँ मूल्य निर्धारण गरिएको थियो । यस जिल्लामा कूल ३१ वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् । 

कमेन्ट गर्नुहोस्