×

NMB BANK
NIC ASIA

छात्रालाई बाँड्न किनिएका ९८ साइकल गोदाममै थन्किए, खरिदमा जालझेल

कात्तिक ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सामुदायिक विद्यालयमा अध्ययनरत मुस्लिम तथा दलित छात्रालाई वितरण गर्न जनकपुरधाम उपमहानगरले किनेका साइकल हालसम्म पनि वितरण भएका छैनन् ।

Sagarmatha Cement
Muktinath Bank

उपमहानगरले किनेका ९८ साइकल गोदाममै थन्क्याएर राखिएकाले अब पुरानो समेत भइसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बालिका शिक्षा अध्ययन छात्रवृत्ति अन्तर्गत खरिद गरिएका ४७५ साइकलमध्ये ३७७ साइकल वितरण गरिएको भए पनि ९८ साइकल वितरण गर्न बाँकी रहेको उपमहानगरको शिक्षा शाखाका शाखा अधिकृत अञ्जु पाण्डेयले बताइन् । सबै साइकल वितरण हुन नसक्नुको कारण कोरोना महामारी रहेको उनले बताइन् । ‘अब छठ बिदापछि विद्यालय सञ्चालनमा आउने वित्तिकै बाँकी साइकल पनि वितरण गर्नेछौं,’ उनले भनिन् ।


Advertisment
Nabil box
Kumari

नयाँ साइकल किनेको भए पनि गोदाममा राख्दा पुरानो भइसकेकाले सबै साइकलको मर्मत गरेर वितरण गरिने उनले बताइन् । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत प्रदेश सरकारले साइकल वितरण गरेका विद्यालयमा नै उपमहानगरले पनि साइकल वितरण गरेको थियो । 

Vianet communication
Laxmi Bank

प्रदेशको अभियानले ८ कक्षासम्मका सम्पूर्ण छात्रालाई साइकल वितरण गरेको थियो । तर उपमहानगरले ९ देखि १२ कक्षासम्मका दलित तथा मुस्लिम छात्रालाई मात्र साइकल वितरण गर्ने हुँदा प्रदेश सरकारबाट  साइकल पाइसकेका छात्रालाई भने उपमहानगरले नदिएको उनले बताइन् । ‘एउटै छात्राले २ पटक दोहोरिएर साइकल नपाऊन् भनेर हामीले सम्बन्धित विद्यालयबाट सूची मागेर नै वितरण गरेका र आगामी दिनमा पनि त्यसै गर्नेछौं,’ पाण्डेले भनिन् । 

साइकल खरिद प्रक्रियामा जालझेल 

७ हजार २५० रुपैयाँ प्रति साइकलको दरले ३४ लाख ४३ हजार ७५० रुपैयाँमा उपमहानगरले ४७५ साइकल किनेको थियो । सर्लाहीको मलंगवास्थित रौनक सप्लायर्सबाट साइकल खरिद गरिएका जिन्सी शाखाका प्रमुख गणेशकुमार यादवले बताए । साइकल खरिद गर्दा के कस्तो प्रतिस्पर्धा गराइयो भन्ने फाइल नभेटिएकाले विस्तृत बताउन नसकिने उनले बताए ।

बोलपत्र आह्वान गरिएको र प्रतिस्पर्धा गरेर प्रतिस्पर्धामा न्यूनतम मूल्य प्रस्ताव गरेका आपूर्तिकर्ताबाट नै साइकल खरिद गरिएको खरिद प्रक्रियामा संलग्न उपमहानगरका इञ्जिनीयर दीपककुमार चौधरीले बताए । कुन आपूर्तिकर्ताले कति मूल्य प्रस्ताव गरेका थिए भन्नेबारे उनले पनि खुलेर बताएनन् । ‘फाइल लेखा शाखा वा जिन्सी शाखामध्ये कुनै शाखामा राखिएको छ, खोज्दा पनि नभेटिएकाले अहिले त्यसको विस्तृत विवरण दिनसक्ने अवस्था छैन,’ चौधरीले भने । 

साइकल खरिदका लागि पहिलो पटक २०७५ असार १४ गते बोलपत्र आह्वान गर्दा प्रिन्स साइकल ट्रेडर्स जनकपुर, ओम ट्रेडर्स मलंगवा र रौनक सप्लायर्स मलंगवा, सञ्जय शारदा झापाले प्रस्ताव दर्ता गरेका थिए । सूचीकृत ४ वटा आपूर्तिकर्तामध्ये २ वटा आपूर्तिकर्ता प्रिंस साइकलले ६ हजार ४४१ रुपैयाँ र संजय शारदाले ८ हजार १०० रुपैयाँ भ्याटसहित प्रतिसाइकलको प्रस्ताव दर्ता गरेका थिए । 

असार २१ गते फेरि छुट र सुविधासहित प्रस्ताव मागिएको थियो । इञ्जिनीयर चौधरीका अनुसार प्रिन्स साइकलले सुविधा थप्दै मूल्य पनि बढाएर प्रस्ताव गर्‍यो । ‘६ महिना साइकलको बडीको ग्यारेन्टी, बरसाती २ थान, ब्रेक कभर २ थान, सीट कभर १ थान, हब २ थान सहितका सामान थप सुविधा उपलब्ध गराउने भनेर संस्थाले प्रस्ताव गरेको थियो,’ चौधरीले भने, ‘शुरूमा भ्याटसहित ६ हजार ४४१ रुपैयाँ प्रस्ताव गरेको संस्थाले सुविधा थप्दा ६ हजार ८८० रुपैयाँ प्रस्ताव गर्‍यो ।’ पहिलो पटकभन्दा थप छुट र सुविधाका लागि प्रस्ताव माग गर्दा पहिलो पटक पेश गरिएको दररेटभन्दा बढी मूल्य प्रस्ताव गरेका कारण सार्वजनिक खरिद ऐन २०६३ को दफा २६ को उपदफा १ अनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उमेश ढुंगानाले खरिद प्रक्रिया रद्द गरेका थिए । 

लगत्तै गरिएको अर्को खरिद प्रक्रियामा रौनक सप्लायर्स मलंगवाबाट ७ हजार २५० रुपैयाँको दरले साइकल खरिद गरेको थियो । जुन पहिलो पटकको प्रक्रियाभन्दा महंगो हो । बढी मूल्य भएको भन्दै पहिलोपटक प्रक्रिया रद्द गरिए पनि दोस्रोपटक त्यसभन्दा बढी मूल्यमा खरिद गरिएको छ । तर खरिद प्रक्रियाको विस्तृत विवरण उपमहानगरले लुकाएको छ । 

साइकल कहिले खरिद भयो र कसरी खरिद भयो भन्नेबारे कार्यपालिका सदस्यलाई केही पनि जानकारी नभएको कार्यपालिका सदस्य समेत रहेका जनकपुरधाम उपमहानगरपालिका–९ का वडाध्यक्ष परमेश्वर साह बताउँछन् । ‘विना खरिद कार्यविधि साइकल मात्र होइन, नगर बस, जेसीबी लगायत अन्य सवारीसाधन समेत खरिद गरिएको छ,’ उनले भने, ‘भन्नका लागि सार्वजनिक खरिद ऐनको आधारमा नै सबै कुरा किन्ने गरेको बताए पनि ती सबैमा व्यापक भ्रष्टाचार भएको छ ।’

७ हजार २५० रुपैयाँको दरले खरिद गरिएका साइकलको मूल्य त्यतिबेला ६ हजार ४०० भन्दा बढी नभएको तर कमिसनको लागि महंगो दरमा साइकल खरिद गरिएको उनी बताउँछन् । विना योजना कमिसन खानकै लागि खरिद गरिएका साइकल कुन–कुन विद्यालयमा वितरण गर्ने भन्ने स्पष्ट खाका नभएका कारण नै साइकल थन्किएर राखिएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x