आमनागरिकमा आतंक सिर्जना गर्ने निर्णय फिर्ता लिन माधव नेपालको आग्रह

फाइल फोटो

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोनाका बिरामीको नि:शुल्क उपचार नगर्ने निर्णय फिर्ता गर्न सरकारसँग आग्रह गरेका छन् ।

कोरोनाको उपचार व्यक्ति स्वयंले गर्नुपर्ने निर्णयले जनतामा आतंक सिर्जना गरेको उनको गुनासो छ । 


Advertisement

नेता नेपालले मंगलवार एक विज्ञप्ति प्रकाशित गरी सरकारले निःशुल्क उपचार बन्द गरेका कारण आमनागरिक मारमा परेको भन्दै सो निर्णय फिर्ताको माग गरेका हुन् । 

‘संकटको बेला राज्य सबै नागरिकको रूपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय बिलकुल अनुचित छ,’ नेपालले विज्ञप्तिमा भनेका छन् । यसअघि सरकारी अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार हुने गरेकोमा सरकारले कात्तिक २ गतेदेखि शुल्क लिने निर्णय गरेको थियो । 


Advertisement

हेर्नुहोस्, विज्ञप्ति :

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्