जेठ ११, २०७९
औंला पड्काउँदा आवाज आउँछ नि । कहिल्यै याद गर्नुभएको छ किन आवाज आउँछ भनेर ? अनि यसो गर्नु खतरनाक हो कि होइन ? एउटा कुरा सुनिश्चित छ । औंला पड्काउँदा बाथरोग लाग्दैन । कसैले लाग्छ भन्यो भने त्यो झुटो हो । ...
फलफूल हाम्रो शरीरका लागि पौष्टिक तत्त्वका गजब स्रोत हुन् । हामीले नियमित फलफूल खाने गर्नुपर्छ ।
फलफूल जतिखेर खाएपनि हुन्छ भन्ने हामीलाई लाग्छ र कुसमयमा खाँदा स्वास्थ्यलाई राम्रो गर्दैन । फलफूल खाने सही समय हामी बताउँछौं ।
बिहान खाली पेट फलफूल खाने सबभन्दा सही समय हो । शरीरलाई कुनै पनि आहारको पोषक तत्त्व पचाउनका लागि एन्जाइम बनाउने आवश्यकता हुन्छ ।
खाली पेटमा फलफूल खाँदा शरीरका एन्जाइमले फलका पोषक तत्त्व सजिलै पचाउँछन् ।
खाना खानेबित्तिकै फलफूल नखानुस् । भरिएको पेटमा फलफूल खाँदा शरीरले पचाउन गाह्रो मान्छ । पेट पोल्ने, अपच, भारी हुने जस्ता समस्या यसबाट आइलाग्छन् ।
त्यसैले खाना खाएको तीन घन्टापछि मात्र फलफूल खानुस् ।
पोषणविद्हरूका अनुसार बिहान खाली पेटमा अनि दिउँसो ब्रेकफास्ट र लन्चका बीचमा फलफूल खाँदा सबभन्दा बढी फाइदा हुन्छ ।
सही समयमा फलफूल खानु त पर्छ नै, सही तरिकाले खानु पनि उत्तिकै जरूरी छ । फलफूललाई सलादका रूपमा खाँदा बढी फाइदा हुन्छ ।
दहीसँग वा नूनसँग फलफूल खाँदा गजब हुन्छ तर एसिडिटीको समस्या छ भने चाहिँ सलाद नखानुस् ।
बच्चाहरू प्रायः फल खान किचकिच गर्छन् । त्यसैले बच्चाहरूलाई फलफूलको जुस पिलाउनु उपयुक्त हुन्छ ।
उनीहरूलाई जुस स्वादिलो लाग्छ अनि त्यसमा भएका पौष्टिक तत्त्व पनि उनीहरूले प्राप्त गर्छन् ।
एजेन्सी
औंला पड्काउँदा आवाज आउँछ नि । कहिल्यै याद गर्नुभएको छ किन आवाज आउँछ भनेर ? अनि यसो गर्नु खतरनाक हो कि होइन ? एउटा कुरा सुनिश्चित छ । औंला पड्काउँदा बाथरोग लाग्दैन । कसैले लाग्छ भन्यो भने त्यो झुटो हो । ...
विश्वका धेरै मुलुकमा देखापरेको मंकीपक्स रोगको जोखिममा नेपाल पनि रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मंकीपक्सका संक्रमित फेला नपरेका ...
व्यस्त जीवनशैली, गलत खानपिन र तनावका कारण पेट खराब हुन थाल्छ । यसको खराब असर हाम्रो पाचनप्रणालीमा पर्छ । यो समस्याबाट मुक्तिका लागि घरेलु उपाय नै भेटिन्छन् । दिनदिनै यी उपाय अपनाएर पाचनप्रणालीलाई सुधार्न सक...
मुस्ताङको लोमान्थाङमा शुक्रबारदेखि ऐतिहासिक र सांस्कृतिक महत्वको ‘तिजी’ पर्व मनाउन सुरु भएको छ । लोमान्थाङ दरबारमा बौद्ध धर्मगुरु पदम्सम्वा रिम्पोचेको तस्बिर अङ्कित ठूलो आकारको थाङ्का प्रदर्शनी र धार्मिक...
काठमाडौं — पर्फ्युम बनाउनका लागि फूल वा सुगन्धित बोटबिरुवाहरूको मात्र प्रयोग हुन्छ भन्ने ठान्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । तपाईंलाई छक्क लाग्ला तर आकर्षक पर्फ्युमका लागि अचम्मका कुराहरू प्रयोग गरिन्छन्...
नेपालीलाई दाल, भात र तरकारीसँग अलिकति अचार पनि चाहिन्छ नै । अचार स्वादिष्ट हुनाले खाना रुचाउन यसले मद्दत गर्छ । बट्टामा खाँदिएको अचार बजारमा सजिलै पाइन्छ । तर नियमित रूपमा अचार खाँदा यसले स्वास्थ्यम...
हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालको वाम आन्दोलनलाई दिशानिर्देश...
दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...