माघ ५, २०८०
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
कात्तिक ५, २०७७
भूकम्पले भग्नावशेषको रूपमा परिणत गरेको रानीपोखरीले नयाँ रूप पाएको छ । पुनःर्निमित रानीपोखरीको राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार उद्घाटन गर्दैछिन् ।
राष्ट्रिय पुनः निर्माण प्राधिकरणका अनुसार दिउँसो १ बजे राष्ट्रपति भण्डारीले रानीपोखरी र बालगोपालेश्वर मन्दिरको उद्घाटन गर्नेछिन् ।
२०७२ सालमा आएको विनाशकारी भूकम्पले रानीपोखरी पनि भग्नावशेषको रूपमा परिणत भएको थियो । त्यसपछि रानीपोखरीलाई कसरी ब्युँताउने भन्ने विषय सर्वत्र चासोको रूपमा रहेको थियो ।
सरकारले रानीपोखरीको पुनःनिर्माणका लागि काठमाडौं महानगरपालिका र पुरातत्व विभागलाई जिम्मा दिएको थियो ।
जसअनुसार महानगरले पोखरी र विभागले पोखरीको बीचमा बालगोपालेश्वर मन्दिर बनाउनुपर्ने थियो ।
शिलान्यासपछिको अवरोध र सीईओ ज्ञवालीको सक्रियता
भग्नावशेषको रूपमा परिणत भएको रानीपोखरी पुन:निर्माणमा सरकारले चासो देखाएसँगै सोही वर्ष (२०७२) माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानी पोखरी पुनः निर्माणका लागि शिलान्यास गरेकी थिइन् ।
२०७३ कात्तिकसम्ममा निर्माण सक्नेगरी सोही वर्षको वैशाखमा ठेक्कापट्टा समेत भएको थियो । यद्यपि काठमाडौं महानगरपालिका र पुरातत्व विभागको विवादका कारण कामले गति लिन सकेको थिएन ।
निकै लामो रस्साकस्सीका कारण रानीपोखरीको पुनःनिर्माण अगाडि नबढेपछि सरकारले २०७५ माघ १४ गतेको बैठकले रानीपोखरी लगायतका सम्पदाको पुनःनिर्माणको जिम्मा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई दिएको थियो ।
प्राधिकरणले जिम्मा पाएसँगै रानी पोखरी पुनःनिर्माण अगाडि बढेको हो ।
निगरानी र समन्वयको अभावमा शुरूमा रानीपोखरीको काम हुन नसकेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लोकान्तरसँग बताए ।
उनले भने, ‘शुरूमा जिम्मेवारी प्राप्त निकायहरूबाट काम गर्न ढिलाइ भएकै हो । बीचको समयमा प्राधिकरणको तर्फबाट पनि निगरानी नहुँदा सम्पदा पुन:निर्माण नै ओझेलमा पर्न गयो ।’
रानीपोखरीको विवाद त छँदै थियो, पोखरीभित्र रहेको बालगोपालेश्वर मन्दिर पनि कुन शैलीमा बनाउने भन्ने विषयमा मत बाझिएको थियो ।
प्राधिकरणले सबैसँग छलफल गर्दै काम अगाडि बढाएको स्मरण गर्दै सीईओ ज्ञवाली भन्छन्, ‘मन्दिर पनि सही ढंगले बनाउन नसकिएको अवस्था थियो, हामीले विज्ञहरूसँग धेरै नै छलफल गर्यौं,’ उनले थपे, ‘विज्ञहरूको छलफलबाट निचोड निस्किएसँगै रानीपोखरीको काम पुरानै शैलीमा अगाडि बढ्यो ।’
विवाद नै विवादका बीचमा पुनःनिर्माणको काम अगाडि बढेको थियो । प्राधिकरणका सीईओ ज्ञवालीको सक्रियता र समन्वयका कारण अहिले रानीपोखरी सजिसजाउ छ भने बालगोपालेश्वर मन्दिरको पनि गजुर ठडिएको छ ।
सीईओ ज्ञवाली भन्छन्, ‘हामीले धेरै छलफल गर्यौं । स्थानीयको पनि विवाद र गुनासाहरू थुप्रै थिए, सकेसम्मको सम्बोधन गर्ने प्रयास गर्यौं, मुख्य कुरा समन्वय गर्न सक्यौं र काम गर्न सहज भयो ।’
स–साना विषयमा पनि विवाद निक्लिरहेको अवस्था थियो । महानगर, पुरातत्व विभाग तथा अन्य सम्बन्धित क्षेत्रका स्थानीयहरूलाई समन्वय गरेर काम गर्नुपर्ने चुनौति प्राधिकरणलाई थियो । तर प्राधिकरणका सीईओ ज्ञवालीले त्यतिखेर नै आफ्नो कार्यकौशलता देखाए, यी सबैलाई मिलाएर ।
‘बिस्तारै आधार तयार गर्दै काम गर्नुपर्ने बाध्यता पनि थियो, त्यसकारण हामीले समन्वयात्मक ढंगले काम गरेर रानीपोखरीलाई आजको यो अवस्थासम्म ल्याइपुर्याएका हौं,’ उनी भन्छन्, ‘हामीले प्राचीन शैलीलाई कायम राख्न सकियोस् भनेर भक्तपुरबाट पनि कालीगढहरू ल्यायौं र काम गर्यौं ।’
कुनै पनि निकायले आफ्नो कुरा इगोको रूपमा राख्नु हुँदैन । खुला हृदयका साथ छलफल गर्न तयार हुनुपर्ने बताउँदै सीईओ ज्ञवाली भन्छन्, ‘प्राधिकरणले गर्न सक्नेसम्मको नीति खुला रूपले अवलम्बन गर्यो, हामीले सबैसँग समन्वय गरेर प्राचीन स्मारक ऐनअनुसार काम गर्न हामीले महानगर र विभाग दुवैलाई भन्यौं, त्यसपछिका दिनमा उनीहरूमा विवाद रहेन ।’
उनले रानीपोखरी निर्माण वैज्ञानिक तवरले गरेको बताउँदै गुणस्तर र दिगोपनामा कुनै पनि सम्झौता नगरेको दावी गरे । उनले भने, ‘हामीले ल्याब टेस्ट गरेर, वैज्ञानिक तवरले सम्पूर्ण कामहरू गरेका छौं, रानीपोखरीमा वा अरू कुनैमा हामीले गुणस्तरमा कुनै पनि सम्झौता गर्दैनौं, गरेनौं ।’
रानीपोखरी कस्तो छ ?
पुनर्निर्मित रानीपोखरीको विशेषताबारे सीईओ ज्ञवालीले भने–
हामीले पहिले गुम्बा शैलीको रानी पोखरी देखिरहेका थियौं । त्यो भन्दा अहिले पृथक छ । यो प्रताप मल्लकालीन शैलीमा बनेको छ । गुम्बा शैलीको भवन नभत्किएको अवस्था हुँदा हामीले त्यो भत्काएर प्रताप मल्लकालीन ग्रन्थकुट शैलीमा जाने कुरा हुँदैनथ्यो । जब भत्की नै सकेपछि पुरानै शैलीमा जाने अवस्था रह्यो । रानी पोखरीमा विगतमा वरिपरि संरक्षण गरिएको थिएन । तर अहिले पुनःर्निमाण गरिएका संरचनाहरूलाई संरक्षण गरेका छौं । भूकम्पले भत्केको वा अन्य कारणले भत्केको अवस्थामा भएका सबै संरचनालाई पुनःनिर्माण गरेका छौं । आजको रानीपोखरीले काठमाडौंको पहिचान बोक्छ । रानीपोखरी राष्ट्रिय एकता, सांस्कृतिक एकताको प्रतीक पनि हो ।
।
के छन् विशेषता ?
रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा मुख्य गजुर १२३.७ केजी तामा प्रयोग गरी निर्माण गरिएकोे छ । जसमा करीब २५ तोला सुनको जलप लगाइएको छ । गजुरको उचाइ ६ फिट १० इञ्च छ ।
त्यसैगरी मन्दिरको चारै दिशामा रहेका चारवटा मण्डप शैलीका बुर्जाको शीर्ष भागमा पनि गजुर राखिएको छ । ती साना प्रत्येक गजुरको तौल ३.३३ केजी रहेको छ जसमा १.९३ तोलाका दरले सुनको जलप लगाइएको छ ।
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...