कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
कात्तिक ५, २०७७
कैलालीको घोडाघोडीका गणेश कुँवर भारतमा कोरोना संक्रमण बढ्दै गएपछि बिस्कुट कम्पनीको काम छाडेर गत वैशाख महिनामा घर आए ।
कोरोना त्रास बीचको नेपाल–भारत बन्दाबन्दीले उनले एक महिना गौरीफन्टा सीमा क्षेत्रको क्वारेन्टीनमा बिताए ।
सीमा क्षेत्रको क्वारेन्टीनमा चरम दुःख भोगेका उनी अब रोजगारीका लागि भारत नजाने सोच्दै एक महिनापछि नेपाल प्रवेश गर्न पाए । परिवारको आर्थिक अवस्था कमजोर छ । घरमा बुढा बुवा–आमा, श्रीमती र कलिला बालबच्चा छन् । आम्दानीको स्रोत केही नहुँदा घर आएको ३ महिनापछि त छाक टार्नै मुस्किल पर्न थाल्यो ।
त्यसपछि आफ्नै गाउँ ठाउँमा कामको खोजीमा भौँतारिए तर लागेन । त्यसपछि निराश बनेर भारततर्फ हिँडेका उनले भने, ‘अहिले मुखमै आएको दशैं छोडेर भारत जाँदैछु ।’
‘कलिला छोरा–छोरी अनि बुढा बुवाआमा दशैं मनाएरै जाउँला जानै परे अहिले नजाऊ भन्दै हुनुहुन्थ्यो तर कसरी दशैं मनाउने ?’ आँखामा टिलपिल आँसु पार्दै उनले भने,’ के गर्ने बाध्यता छ । आफ्नै ठाउँमा काम गर्न मन थियो । घरपरिवारसँगै दशैं मनाउन मन थियो । तर आफ्नो ठाउँमा ८/१० हजारको पनि काम पाइएन । बाध्यताले दशैं नमनाएरै अर्काको देशमा जाँदै छु,’ उनले भने ।
दशैंभन्दा साहुको ऋण ठूलो
परिवारसहित भारत जाँदै गरेको अवस्थामा डोटीको बढीकेदारका बिर्खबहादुर साउद बुधवार त्रिनगर नाकामा भेटिए । काखमा दूधे बालक च्यापेकी उनकी श्रीमती, अनि उनी भारत प्रवेशका लागि लाइनमा थिए । रोगभन्दा भोक ठूलो भयो अनि बाध्य भएर कमाउन भारत जादैँछौं,’ बिर्खबहादुरले भने, ‘साहुले सताएका छन् । अर्को वर्ष असारको भाका छ । समयमै मैले ऋण तिर्न नसके मेरो घरजग्गा साहुले लिलाम गर्छन् । त्यसैले परिवारसहित दशैंमा रोजगारीको खोजीमा भारत जाँदैछु ।’
उनी मात्रै हैन दशैंको समयमै अहिले प्रदेशका गौरीफन्टा, गड्डाचौकी नाका हुँदै दैनिक सयौँको संख्यामा नागरिकहरू रोजगारीका लागि भारत जाँदैछन् ।
४ महिनामा एकै नाकाबाट ५१ हजार जना भारत प्रस्थान
उनीहरू जस्तै हजारौं संख्यामा नागरिकहरू सुदूरपश्चिमका नाका हुँदै रोजगारीका लागि भारत जाँदैछन् । विगतका वर्षमा दशैंको समयमा भारतबाट आउनेहरूको लर्को हुन्थ्यो, तर यस वर्ष भने परिस्थिति ठीक उल्टो छ । सुदूरपश्चिमका नाकामा स्वदेश फर्किने भन्दा भारत प्रस्थान गर्नेहरूको संख्या ठूलो छ ।
पछिल्लो ४ महिनाको अवधिमा एउटै नाकाबाट ५१ हजार ३ सय ५९ जना भारत गएको सुदूरपश्चिम प्रदेश सरकारको तथ्याङ्क छ । त्रिनगर नाकाबाट मात्रै चार महिनाको अवधिमा ५१ हजार बढी नागरिक रोजगारीका लागि भारत प्रस्थान गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तेज प्रकाश जोशीले बताए ।
चैतयता नेपालीहरू भारतबाट आउने क्रम निकै बढेको थियो । भारतमा पनि कोरोनाको संक्रमण बढ्दै गएपछि नागरिकहरू त्रासले घर फर्केका थिए,’ प्रवक्ता जोशीले भने, ‘यो अवधिमा चार लाख नागरिक सुदूरपश्चिम आएका थिए । जेठसम्म प्रदेशका नाका हुँदै भारत जानेको संख्या शून्य थियो तर जेठपछि भने बढ्दै गइरहेको छ । हालसम्म यो नाका भएर मात्र ५१ हजार बढी नागरिक भारत गएका छन् ।’
सरकारी कार्यक्रम कार्यान्वयनमा आएनन्
कोरोनाको त्रासका कारण बेरोजगार भएर सुदूरपश्चिमका नागरिक धमाधम भारतबाट फर्किन थालेपछि यहाँको प्रदेश सरकार र स्थानीय सरकारहरूले उनीहरूलाई स्वदेशमै रोजगारीका अवसर दिने भन्दै चर्का नारा लगाए । त्यति मात्रै हैन चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममै विभिन्न कार्यक्रमहरू राखे ।
सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याएको पनि चार महिना बित्न लागको छ तर ती कार्यक्रमहरू भने अझै कार्यान्वयनमा आएका छैनन् । स्वदेशमा रोजगारीका अवसरहरू नहुँदा नै आफूहरू बाध्य भएर भारत जानुपरेको कञ्चनपुरका अशोक थापाले गुनासो गरे ।
‘हामीहरू भारतबाट आउँदा यहीँ व्यवस्थापन गर्छाैं भनियो तर अहिले परिवारमा छाक टार्नै मुस्किल परिसक्यो, तर राज्य स्तरबाट कसैले हेरेन,’ उनले दुःखेसो पोखे ।
‘सरकाले कोरोना प्रभावितहरूका लागि भनेर व्यवसायमूलक कार्यक्रम ल्यायो । आवेदन माग्यो । मैले पनि दिएँ तर खै सरकारले सहुलियत ऋण दिएको ?’ उनले आक्रोश पोखे ।
‘सरकारले ल्याएका कार्यक्रमहरूमा पनि राजनीति नै हुन्छ । जस्तासुकै कार्यक्रम ल्याए पनि उनीहरूका कार्यकर्ताहरूले मात्रै पाउँछन् । वास्तविक पीडितले पाउँदैनन्’, धनगढीका पदम सुनारले भने, ‘हामी त चुनावका बेला भोटबैंकका रूपमा मात्रै प्रयोग हुन्छौं, त्यसैले आफ्नो परिवार पाल्न भारत जानै पर्छ ।’
सरकार भन्छ, ‘६० हजार आवेदन आएको छ, व्यवस्थापन हुँदैछ’
प्रदेश सरकारले कोरोना प्रभावितहरूलाई लक्षित गर्दै डेढ अर्बको सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोष ल्याएको छ,’ मुख्यमन्त्री त्रिलोचन भट्टले भने त्यो कार्यान्वयनको चरणमा छ । हामीले एक अर्ब रकमको साना तथा मझौला उद्यमलाई बैंक तथा वित्तीय संस्थामार्फत कर्जा दिनका लागि र नयाँ उद्यमीलाई कर्जा प्रवाह गराउनका लागि न्यूनतम ब्याजदरमा दिने गरी एक अर्ब रकम बजेटमार्फत विनियोजन गरेका छौं । त्यो पनि एक महिनाभित्रै कार्यान्वयनको चरणमा जादैँछ ।’
‘कृषि मन्त्रालय र पर्यटन तथा औद्योगिक मन्त्रालयमा विभिन्न अनुदानका कार्यक्रमहरू छन्,’ उनले थपे ।
कृषि कार्यक्रमका लागि मात्रै ६० हजार बढीको आवेदन परेको छ,’ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. किसनलाल भट्टले भने, ‘अबको केही दिनमै सबै कार्यान्वयनमा आउँछन् र यसले गर्दा स्वदेशमै केही गर्न चाहनेहरूलाई सहज हुन्छ । एकै घरका पनि बढी आवेदन परेकाले कार्यान्वयनमा ढिलाइ भएको हो, अब व्यवस्थापन हुँदैछ ।’
‘प्रदेश सरकारले ल्याएका कार्यक्रमहरू कार्यान्वयनमा गए रोजगारीका लागि भारत जानुपर्ने बाध्यता अन्त्य हुन्छ,’ मुख्यमन्त्री भट्टले भने ।
मुख्यमन्त्रीले यसो भनि रहेपनि नागरिकहरू बाध्य भएर भारत फर्किरहेका छन् ।
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...