×

NMB BANK
NIC ASIA

महासंघमा चुनावी सरगर्मी

कात्तिक ६, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : कान्तिपुर दैनिक
Premier Steels
Marvel

नेपाल उद्योग वाणिज्य महासंघले निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

Muktinath Bank

महासंघको ५४औं वार्षिक साधारणसभा तथा कार्यकारिणी समितिको निर्वाचन मंसिरमा गरिँदै छ । आगामी मंसिर ११ र १२ मा वार्षिक साधारणसभा अनि १३ गते निर्वाचन गरिने महासंघका मुख्य निर्वाचन अधिकृत उपेन्द्रकेशरी न्यौपानेले जानकारी दिए । गत चैतमा हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण पटकपटक स्थगन भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंसिर ४ को साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दाखिला गर्न पाइनेछ । मतदान गर्न पाउने सदस्यको पहिलो नामावली मंसिर २ गते प्रकाशित गरिने महासंघले बताएको छ । मतदान गर्न पाउने सदस्यहरूको नामावलीमाथि दाबी विरोध गर्ने समय मंसिर ३ को बिहान ११ देखि साँझ ५ बजेसम्म कायम गरिएको छ ।


Advertisment
Nabil box
Kumari

कोभिड–१९ को परिस्थितिलाई दृष्टिगत गरी उम्मेदवारको मनोनयनलगायत प्रतिनिधिपत्र दर्ता इमेलमार्फत गर्ने कामलाई प्राथमिकता दिइएको महासंघले बुधबार प्रकाशन गरेको सूचनामा उल्लेख छ । इमेलबाट पठाइएका सबै कागजातको सक्कल मंसिर ४ को साँझ ५ बजेभित्र महासंघको सचिवालयमा आइपुग्नुपर्ने र अन्यथा मनोनयन बदर हुनेछ । उम्मेदवारको पहिलो नामावली मंसिर ४ को साँझ ६ बजे प्रकाशन गरिने न्यौपानेले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

उम्मेदवारी मनोनयनपत्र माथिको दाबी विरोध गर्ने समय मंसिर ५ को बिहान साढे ११ देखि दिउँसो २ बजेसम्म रहने उनको भनाइ छ । उम्मेदवारले मनोनयन फिर्ता लिने समय मंसिर ६ को बिहान ११ देखि मंसिर ८ गते दिउँसो ३ बजेसम्म रहनेछ । उम्मेदवारको अन्तिम नामावली मंसिर ८ गते साँझ ५ बजे प्रकाशन गरिनेछ । साथै निर्वाचन १३ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्म हुनेछ । मतदान गर्दा एक पटकमा २५ जनाभन्दा बढी व्यक्ति जम्मा नहुने गरी भौतिक दूरी कायम गरिने न्यौपानेले बताए ।

स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरी निर्वाचन गराइनेछ । राष्ट्रिय प्रज्ञा प्रतिष्ठान, कमलादी, कार्की ब्यांक्वेट, बबरमहल र महासंघ कार्यालय टेकुमा छुट्टाछुट्टै रूपमा निर्वाचन हुनेछ । गृह मन्त्रालयको स्वीकृति एवं स्वास्थ्य मन्त्रालयको मापदण्ड पूरा गरी निर्वाचन कार्यक्रम सञ्चालन गरिने सूचनामा जनाइएको छ ।

यसैबीच महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका छन् । महासंघको केन्द्रीय कार्यालय टेकुमा बुधबार उनको प्यानलका सबै उपाध्यक्ष पदका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराएका हुन् ।

गत वर्ष मंसिरमा ढकालको गृहजिल्ला बागलुङमा बागलुङ उद्योग वाणिज्य संघले ढकाललाई महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवार प्रस्ताव गरेको थियो । पछि फागुनमा काठमाडौंमा औपचारिक कार्यक्रममार्फत ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । त्यस्तै असारमा ढकालसहित सबै उपाध्यक्षले सामूहिक उम्मेदवारी घोषणा गरेका थिए । उम्मेदवारी दर्तापछि ढकालले कोभिड–१९ र अन्य विभिन्न कारणबाट उत्पन्न व्यावसायिक समस्या समाधान र मुलुकको आर्थिक समृद्धिमा सशक्त निजी क्षेत्रको खाँचो रहेकाले आफूले उम्मेदवारी दिएको प्रतिक्रिया दिए । अहिलेको जटिल परिस्थितिमा महासंघमा सशक्त र डाइनामिक नेतृत्वको आवश्यकता रहेको उनको भनाइ छ ।

आफ्नो समूह मात्र अहिलेको समय र परिस्थितिअनुकूलको नेतृत्व भएको उनको दाबी छ । ‘देश कोभिड–१९ को महामारीको चपेटामा छ । अर्थतन्त्रका सबैजसो अवयव क्षतविक्षत भएका छन् । व्यवसाय र व्यवसायी दुवै संकटमा छन्,’ उनले भने, ‘यस्तो जटिल परिस्थितिमा व्यवसाय र व्यवसायीलाई जोगाउन सकिएन भने यसले मुलुकको अर्थतन्त्र र विकासमा समेत दीर्घकालीन प्रभाव पर्छ ।’ व्यवसाय र व्यवसायीलाई बचाउन, अहिलेको समस्याबाट मुलुकको समग्र अर्थतन्त्रलाई बचाउन, मुलुकको विकास र समृद्धिमा सरकारसँग हातेमालो गर्न र निजी क्षेत्रको विकासमा रचनात्मक भूमिका निर्वाह गर्न आफूहरूले उम्मेदवारी दिएको उनको भनाइ छ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x