नेपाल र भारतबीच तीन दिनका लागि खुल्यो झोलुंगे पुल

सुदूरपश्चिम प्रदेशमा रहेको दार्चुला जिल्लालाई भारतको धारचुलासँग जोड्ने अन्तर्राष्ट्रिय झोलुंगे पुल तीन दिनका लागि पुनः खुला गरिएको छ । 

भारतीय सेना तथा अन्य संगठनमा काम गरेका नेपाली नागरिकलाई पेन्सन लिन जानका लागि पुल खोलिएको हो । 
 


Advertisement

बुधवारदेखि शुक्रवारसम्म दिनको पाँच घन्टाका लागि पुल खोलिनेछ । 

बुधवार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म पुल खोलिएको थियो । पेन्सन लिनका लागि २३८ जना नेपाली नागरिक भारत प्रवेश गरेका थिए र १५१ जना भारतीय नागरिक नेपाल पुगेका थिए,’ धारचुलाका तहसीलदार मोहन गोस्वामीले बताए । 


Advertisement

सबै पेन्सनरहरूलाई प्रत्येक महिना बैंकबाट पैसा झिक्नका लागि यो सुविधा उपलब्ध गराइने धारचुलाका डेपुटी कलेक्टर अनिल कुमार शुक्लाले बताए । ‘नेपालको अनुरोधमा यी पुलहरू भारतीय सेनाका पूर्व सैनिक र सेवानिवृत्त कर्मचारीहरूका लागि खोलिएको हो, उनले बताए । 

द टाइम्स अफ इन्डियाबाट

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्